Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी चोर्यो एमालेले अरुको एजेण्डा

\"\"काठमाडौं, १४ बैशाख । जसको खलो उस्को दाँई, नेपालीमा एउटा उखान प्रचलित छ । २०४६ सालपछि नेपाली काँग्रेसले ग्रामीण स्वावलम्बन कार्यक्रम ल्यायो । गाविसलाई एकमुष्ठ रुपमा अनुदान दिने व्यवस्था ग¥यो । बुद्धु काग्रेसले त्यसको प्रचार प्रसार गर्न जानेन । वार्षिक बजेट मार्फत ल्याइएको सो कार्यक्रम ग्रामीण क्षेत्रमा सरकारको सोझै बजेट पु¥याउने पहिलो जनपक्षीय निर्णय थियो ।
‘काँग्रेसको ग्रामीण स्वावलम्बन कार्यक्रम चोरेर एमालले आफ्नो गाँऊ आफै बनाऊ बनाइएको थियो’
हुँदै नहुनु भन्दा कानो मामा नै निको भने जस्तै गाविस तहमा बजेट दिने परम्पराको सुरुवात काँग्रेसले गरेको थियो । काँग्रेसले त्यो मात्रै होइन, गाविस स्तरमा जनतालाई प्रत्यक्ष लाभ दिने खालका अन्य कार्यक्रम पनि अगाडि सारेको थियो । तर प्रचार प्रसार नहुँदा काँग्रेसको कार्यक्रम ओझेलमा प¥यो हरायो । पछि छट्टु एमालले सोही कार्यक्रमको नाम फेरेर ‘आफ्नो गाँऊ आफै बनाऊ’ भन्ने बनायो । लक्ष्य उही थियो, कार्यक्रम उही थियो, उद्देश्य पनि उही थियो । काँग्रेस सरकारले रु ५० हजारको बजेट उपलब्ध गराएको थियो । वार्षिक रुपमा बजेट बढाउँदै लैजाने काग्रेसको घोषणा थियो । तर एमालले एकै पटक रु पाँचलाखको बजेट आफ्नो गाँऊ आफै बनाऊ नाममा गाविस स्तरमा नै बजेट दिने कार्यक्रम ल्यायो । बुद्धु र छट्टु हुनुको भेद यही छ । काँग्रेसले प्रचार गरेन , एमालले प्रचार ग¥यो र काँग्रेसको ग्रामीण स्वालम्बन कार्यक्रम ओझेलमा प¥यो । प्रचण्डले बढाएका थिए समाजिक सुरक्षा भत्ता एमालले वृद्ध वृद्धालाई रु एक सय सामाजिक सुरक्षा भत्ता दिने अर्को कार्यक्रम ल्यायो । २० वर्षसम्म सुरक्षा कार्यक्रममा कुनै परिवर्तन भएन । जब तत्कालीन नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकार बन्यो तब सामाजिक सुरक्षा भक्तामा १५० प्रतिशत वृद्धि भयो । ७५ वर्षको उमेर हदलाई ७० बनाइयो । एकल, महिला, कर्णाली क्षेत्रका वृद्ध वृद्धालाई ६० वर्षमा नै समाजिक भक्ता दिने अभियान सुरु भयो । एमालले उठाएर छाडेको कार्यक्रमलाई माओवादीले गति दियो, संस्थागत ग¥यो । पछिल्लो पटक गरिबका लागि सरकार कार्यक्रम अगाडि आएको छ । यो कार्यक्रम विगतको भन्दा फरक कार्यक्रम हो तर खड्ग ओलीहरु अरुका राम्रा एजेण्डा चोर्न सिपालु छन् । उनीहरु केवल हल्लाका लागि काम गर्छन, उनीहरुलाई जनताको जीवनस्तरसँग कुनै सरोकार छैन । विगतमा काँग्रेसले ल्याएको ग्रामीण स्वालम्बनको नारा चोरेर एमाले सेठ भयो र आफूले नै सबै गरेको घोषणा गरायो । संविधानसभाको पहिलो निर्वाचनपछिको सरकारले युवा स्वरोजगार कार्यक्रम ल्यायो । आज एमाले भन्दैछ त्यो कार्यक्रम हाम्रो हो, माओवादीले चो¥यो । युवालाई स्वरोजगार बनाउने विभिन्न उपायको खोजी गर्ने भन्ने कार्यक्रम नेपाली काँग्रेसले २०४८ सालको निर्वाचन पछि गठन भएको सरकारले ल्याएको थियो । २०४८ सालको निर्वाचन पछि गठन भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम हेर्दा फरक नपर्ने काँग्रेस नेता धनराज गुरुङको भनाइ छ । गत साल खड्ग ओली प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक वृद्धिदर ०.०१ प्रतिशत थियो । केन्द्रीय तथ्यांक विभागको प्रतिवेदन पूरानो भएको छैन । चालु आवको आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । खड्ग ओलीले धेरै हल्ला गरेका थिए । समुन्द्र नै नभएको मुलुकमा पानी जहाज चलाउने सपना बेचे । हवाई सपनाको त्यो फेहरिस्त पानीको फोका भन्दा फरक थिएन । ओलीले हावाबाट विजुली निकाल्ने अर्को सपना पनि बेचे । जुन कम्पनी उनले छानेका थिए, त्यो फटाहा कम्पनी थियो । जसको अधिकृत पूँजी एक डलर मात्रै थियो । ब्रिटिश गोर्खा नामक कम्पनीको हवाई सपनामा ओली बहकिएका थिए । पानी जहाज समुन्द्रमा चल्छ, चलाउन सकिन्छ । तर नेपाल भित्रै पानी जहाज चलाउने हवाई सपना बाड्ने ओली कति मूर्ख थिए भन्ने सिद्ध भइसकेको छ । सडक विस्तारमा समेत खड्ग ओलीको विरोध थियो काठमाडौंमा सडक विस्तार हुँदै थियो । ओली त्यसको विरोध गर्न उक्साउँथे । मुद्दा हाल्न आफ्ना कार्यकर्ता परिचालन गर्दथे । राजधानी उज्यालो बनाउने योजना सरकारले ल्याउँथ्यो , ओली नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटलगायतलाई उचाल्थे र यो सम्भव छैन भन्न लगाउँथे । तर सिंहदरबारबाट आफै भन्थे लोडसेडिङ हटाइन्छ । पछिल्लो पटक विद्युत् चोरीमा २४ जना प्राधिकरणका कर्मचारी समातिए, त्यसमा ओलीको पार्टीका मात्रै १६ जना परे । आज फेरी ओली भन्दैछन् लोडसेडिङ त हामीले हटाएको हो । उनी प्रधानमन्त्री हुँदासम्म त १२ घन्टा लोडसेडिङ थियो तर उनी त्यो सम्झदैनन् । माओवादी , काँग्रेसले दिएको विजुली नबाल्ने भन्दै ओलीकै पार्टीको नेता राजेन्द्र पाण्डेले त धादिङमा ह्वीप नै लगाए । गत साल आर्थिक वृद्धि ०.०१ प्रतिशत थियो , यस वर्ष सात प्रतिशत पुगेको छ, अब एक दिन ओलीले फेरी भन्नेछन् यो सबै हवाई कल्पना हो । उनी अरुले राम्रो गरेको देखिसहँदैनन्, अरुको उछित्तो काढ्न मात्रै उनलाई आउँछ भन्ने घटनाक्रमहरुले पुष्टि गरेको छ । नेपाली काँग्रेस र माओवादीको एजेण्डा चोरेर, त्यसको नाम परिवर्तन गरेर, त्यसमा पालिस लगाएर स्याललाई बाघको खोल ओढाउने खेलो फड्कोमा मात्रै ओली अब्बल छन् । २०४६ सालपछि सबैभन्दा बढी समय एमाले सरकारमा रह्यो । एमालले कुन वर्ष आर्थिक वृद्धि बढाउन सक्यो त ? एमाले नेता भरतमोहन अधिकारी नै भन्छन् ‘हल्ला गरेर हुन्न, एमालेले गर्न नसकेकै हो । सार्वजनिक कार्यक्रममा अधिकारीले दर्जनौ पटक भाषण गरेका छन् । गर्न नसकेको विषय समेत एमाले स्वीकार गर्न सक्दैन । समस्या सुल्झाउन कि माओवादी , कि काँग्रेस नै चाहिन्छ अरुको खुट्टा काटेर आफू अग्लो बन्छु भन्ने मानसिकतामा एमाले छ । अरुको अस्तीत्वलाई स्वीकार गर्नै नसक्ने बालरोग एमालेमा छ । जसका कारण मुलुक अधोगतिमा गएको हो । एमालेका कारण मुलुक समस्या पर्छ, सुधार गरिदिन कि त माओवादी आउनुपर्छ, कि त काँग्रेस तम्सनु पर्छ । काँग्रेसको एजेण्डा चोरेर आफ्नो बनाउने र हिरो बन्ने छुट छैन एमालेलाई । काँग्रेस नेता धनराज गुरुङले टुइटमा लेखेका छन् ‘ नेपाली काँग्रेसले २०४८ सालमा सुरु गरेको ग्रामिण स्वालम्बन कार्यक्रमको अर्को नाम हो आफ्नो गाँऊ आफै बनाऊ कुरा सक्कली नै गरौ ।’’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies