Khabar Dabali Logo
  October 21, Mon

वहसमा पप्पी फूल

काठमाडौं, ५ वैशाख । काङमाङ नरेश राईको कविता संग्रह ‘पप्पी फूल’माथि वहस भएको छ । सोमबार राजधानीमा आयोजित कृतिको विमोचन समारोहसँगै यसमाथि वहस गरिएको हो ।

विमोचन पश्चात पत्रकार तथा लेखक दीपक सापकोटाले सहजीकरण गरेको विमर्श कार्यक्रममा बोल्दै कवि भूपाल राईले युद्धको ‘आइडियोलोजी’ आफू बाँच्नु रहेको बताए । ‘युद्धको रुप र आयाम फरिन्छ, तर कुनै न कुनै रुपमा युद्ध भइरहेकै हुन्छ’ राईले भने । उनले समकालीन नेपाली कविताको दुनियाँमा नरेशका कविता नयाँ विषय भएको बताए । साथै उनले नेपालमै पनि दश वर्षे जनयुद्धपछि आख्यानको तुलनामा कविता कम सिर्जना भएको स्वीकार गरे ।

आख्यानकार युग पाठकले भने युद्ध ‘कम्फर्ट जोन’मा रहँदा परेवा उडाएर बस्नेहरुले युद्धलाई घृणा गर्ने बताउँदै युद्धलाई निरपेक्ष रुपमा हेर्न नहुने तर्क अघि सारेका थिए । उनले युद्धका बारेमा निश्चिन्त भएर लेख्न नसकिने पनि बताएका थिए । त्यसैगरी ब्रिटीश आर्मीहरुका बारेमा बोल्दै पाठकले भने, ‘विश्वयुद्धहरुमा संसारका सबै स्रोतसाधन प्रयोग गरिए । त्यसमध्य गोर्खा सिपाही पनि हो ।’

पाठकले पहिलो विश्व युद्धपश्चात नेपाल फर्किएपछि लाहुरेहरुले नेपाली समाजलाई नयाँ ढंगले अगाडि बढाएको बताउँदै दोस्रो विश्वयुद्धको अन्त्यसम्म आइपुग्दा राणा शासनलाई नै ढल्नुपर्ने स्थितिमा पु¥याएको बताए ।

त्यसैगरी कार्यक्रममा आख्यानकार प्रगति राईले गाउँको क्यान्भासबाट लामो समय हराएको मान्छे वर्षौंपछि कवि भएर आएको र उनका कविताले लाहुर नजान सुझाएको हो की भन्ने दृष्टिकोण व्यक्त गरेको बताइन् ।

पहिचानको पक्षमा वकालत गर्दै आएका काङमाङ नरेश राईले युद्ध साहित्य पनि पहिचानकै आन्दोलन रहेको बताए । लाहुरेहरुको प्रत्येक पल्टनमा मन्दिर हुनुपर्ने, त्यसका लागि पूजारी पण्डित पठाइनुपर्ने र हिन्दुका विरुद्ध उनीहरुले विद्रोह गर्न नपाउने व्यवस्था गरिएको भन्दै उनले युद्ध ध्वंस मात्रै नभएर निर्माण पनि भएको बताए ।

संग्रहको नाम ‘पप्पी फूल’ राख्नुको कारण खोतल्दै यूरापको केन्द्रविन्दु मानिने मेनिन गेटमा धेरै गोर्खालीहरुको नाम लेखिएको, तर उनीहरुको पहिचान नेपाली नभएको उल्लेख काङमाङले उल्लेख गरे । युद्धसँग मात्रै सम्बन्धित काङमाङको कविता कृतिलाई चिन्डो बुक्सले बजारमा ल्याएको हो ।

बैशाख ५ गते, २०७४ - १२:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top