Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी ‘पति’ जसले सँधै प्रचण्डलार्इ झस्काइरहन्छ

\"\"काठमाडौं, ३१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सँधै ‘तीन पति’ बाट झस्किइरहने बताएका छन् । डा. विष्णु दाहालद्वारा लिखित ‘पशुपतिमा सात दिन’ नामक पुस्तक विमोचन गर्दै उनले पशुपति, राष्ट्रपति र सेनापतिका बारेमा कुरा गर्न झस्किने बताएका हुन् । पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्ड सरकारले पशुपतिनाथमा भारतीय भट्ट (पुजारी) हटाएर नेपाली पुजारी राख्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम डा. दाहाल पशुपतिका प्रमुख पुजारीमा नियुक्त भएका थिए । तर, कांग्रेस, एमाले लगायतका दलहरुको विरोधका कारण सात दिनमानै उक्त निर्णय बदर भएको थियो । सोही सरकारले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउँदै कुलबहादुर खड्कालाई सेनापति नियुक्ति गर्ने निर्णय गरेको थियो । तर, कांग्रेस एमालेको विरोधपछि तत्कालिन राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याउँदै कटवाललाई थमौती गरेका थिए । सोही घटनापश्चात प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । उनले पशुपति, राष्ट्रपति र सेनापति तीनवटैमा नेपाल राष्ट्रको आवश्यकता र नेपाली जनताको भावनालाई सम्बोधन गर्ने जमर्को गरेको बताए । प्रचण्डले ढंग पु¥याउन नसकेपनि पवित्र भावनाले उक्त काम गरेको बताए । उनले भने, ‘भखैरै क्रान्तिबाट आएकाले नेपाली जनताको भावना के छ ? राष्ट्रको आवश्यकता के हो ? भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ?, सेनापतिमा के सुधार गर्न आवश्यक छ ? राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै कन्फ्युन अहिले पनि छैन । खाली शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले सायद तेतिबेला जानिन होला ।’ प्रचण्डले आफ्नो उक्त मिसन राष्ट्र र जनताभन्दा बाहिरको नभएको बताए । अहिले पनि भावनात्मक र विचारको हिसाबमा आफू पहिलेकै ठाउँमा भएको उनको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies