Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

माओवादी केन्द्रसँग एकताको पहल गर्दै नयाँ शक्तिका नेताहरु

\"\"काठमाडौं, चैत ९ । नयाँ शक्ति नेपालमा पहिरो जाने क्रम झनै बढेर गएको छ । मलेशियामा संस्थापकसहित २६ जनाले राजीनामा दिएको भोलीपल्ट नवलपरासीको पुरै कमिटीले पार्टी परित्याग गरेको घोषणा गरेको छ । पार्टीभित्रका असन्तुष्ट एकसय बढी अन्तरिम परिषद सदस्यहरुले भने समानान्तर पार्टी गठनका लागि तयारी राखेको बताएका छन् । नयाँ शक्ति नेपालमा परित्याग गर्ने क्रम एकपछि अर्को बढ्दै गएपनि पार्टी संयोजक बाबुराम भटटराईले खासै चासो नदेखाएपछि एमाओवादीबाट नयाँ शक्तिमा गएका नेताहरु समेत असन्तुष्ट बनेका छन् । नयाँ शक्ति गठन भएपछि बाबुरामले सामूहिक छलफल र निर्णय भन्दा पनि आफुखुशी निर्णय गरेको भन्दै एमाओवादीबाट गएका नेताहरुले माओवादी केन्द्रसँग एकताका लागि अनौपचारिक कुराकानी अगाडि बढाएका छन् । नयाँ शक्ति श्रोतले दिएको जानकारी अनुसार, तत्कालिन एमाओवादीबाट नयाँ शक्तिमा गएका नेता देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, रामचन्द्र झा लगायतका नेताहरुले चुनाव अघि नै माओवादी केन्द्रमा फर्किने मनस्थिति बनाएका हुन । नयाँ शक्तिले संगठन बिस्तारमा अपेक्षा गरेभन्दा राम्रो सफलता हात पारेपनि वैचारिक स्पष्टता नहुने र कार्यकर्तामा उत्साह देखिएपनि नेतृत्व तहमा निर्णय प्रक्रिया र विधिसम्मत ढंगले पार्टी चल्न नसक्दा नयाँ शक्तिलाई अगाडि बढाउने उत्साह घटदै गएको हो ।  दुर्गा सोव, महेश कर्मोचा, परशुराम खापुड., केशब दाहल, डा. जनक शाहलगायतका नेताहरुले पनि पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेका छन् । श्रोत भन्छ, “देवेन्द्रजीले त उहिल्यैदेखि असन्तुष्टि राख्नु भएको हो, अब बिस्तारै अरुको पनि मन मर्दै गएको छ ।” यद्यपी एकलरुपमा माओवादी केन्द्रमा फर्किने सम्भावना भने नरहेको श्रोतले बतायो, “एक दुई जना फर्किँदा माओवादी केन्द्रभित्र पनि खासै हैसियत रहन्न । छोडेर गएको केही नपाएपछि फर्केर आयो भन्ने पर्ने हुन्छ, त्यसैले पार्टी एकता नै गर्ने किसिमले सकिन्छ कि भनेर पहल शुरु भएको छ ।” नयाँ शक्तिभित्रका शीर्ष नेताहरुले माओवादी केन्द्रसँग एकताको कुरा अगाडि बढाएपछि केन्द्रभित्र समेत यसबारेमा छलफल भएको छ । “औपचारिकरुपमा कुराकानी नआएपनि व्यक्तिगतरुपमा नयाँ शक्तिमा गएका पूर्व माओवादी नेताहरुसँग कुराकानी चलिरहेको छ ।” माओवादी सचिवालय श्रोतले भन्यो, “माहौल बनेको छ, तर आकार लिइसकेको छैन” । नयाँ शक्ति ढिक्कै एकताका लागि कतिपय माअ‍ोवादीबाट गएका नेताहरु तयार भएपनि पार्टीको संरचनाका कारण त्यो सम्भव हुन नसकेकोले कसरी एकता गर्ने त भन्ने विषयमा अन्यौल भएकोले एकता हुन नसकेको नयाँ शक्तिका एक नेताले बताए । “चौतारी जस्तै बन्यो, को कुन बाटोबाट भेला भए, अब सबै त माओवादी केन्द्रमा जाँदैनन्, कति बुर्जुवा छन्, कति के छन कस्ता छन् । हामी माओवादीबाट आएकाहरुमात्रै जानका लागि विद्रोह गर्नुपर्यो । त्यो विद्रोह देशव्यापी भए त एउटा अर्थ हुन्थ्यो नत्र दुई चार जना नेता निस्केर जाँदा फेरी केन्द्रभित्र पनि सम्मानजनक अवस्था नहुन सक्छ । यता पनि बस्न नसक्ने, उता जान मन भएपनि यही समस्याले तत्कालै जान नसक्ने अवस्थामा हामीहरु छौं । त्यसैले कसरी एकता गर्ने भन्ने बारेमा छलफलमा छाै‌ ।” माओवादी केन्द्रका सचिवालय श्रोतले भने बाबुराम भट्टराईले समेत एकता गर्न खोजेको दावी गरेका छन् । “बाबुरामजी नै एकताको पक्षमा भएको कुरा आयो, पत्याउन त सकिएन तर बाबुरामकै विश्वस्त श्रोतले त्यो कुरा गरेपछि यसबारेमा प्रचण्डजीलगायतका बीचमा छलफल पनि भयो । तर बाबुरामजीलाई ल्याउने विषयमा कोही सहमत भएनन्” श्रोतले भन्यो, “के आधारमा बाबुरामजीलाई ल्याउने र त्यसले माओवादी केन्द्र र समग्र माओवादी आन्दोलनलाई के फाइदा हुन्छ भन्ने कुरा स्पष्ट नभईकन बाबुरामजीलाई ल्याउन हुन्न भन्ने अधिकांश नेताको मत रहेको छ ।” नयाँ शक्ति नेपाल गठन भएको दुई वर्ष नबित्दै पार्टीमा देखिएको संगठनात्मक समस्याले पार्टीको भविष्य नदेखेर एकलरुपमा पलायन हुनेहरुको संख्या समेत बढेको छ । स्थानीय तहका पूर्व माओवादी नेताहरु पलायन हुने, कांग्रेस या एमालेमा जाने सम्भावना समेत रहेको श्रोतले बतायो । तर सैद्दान्तिकरुपमा प्रतिबद्ध र आन्दोलनको इतिहास भएकाहरु सबै माओवादी केन्द्रमैं फर्किने उनले बताए । बाबुराम भट्टराईको व्यक्तित्वले मात्रै पार्टी नचल्ने निष्कर्शमा पुगेका कतिपय गैर माओवादी पृष्ठभूमिका नेताहरुले आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिने र केहीले अन्य पार्टी प्रवेश गर्ने सोचाई बनाएको समेत श्रोतको दावी छ । –एभरेष्ट दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies