हामीजस्तै एक जोडी अलि पर झाडीभित्रबाट प्रकृतिको रस्वस्वादन गर्दै थिए । शहरकै आधुनिक युवायुवतीजस्ता देखिने तिनीहरू खै के–के गरेर एक आपसमा जिस्कँदै थिए । हेर्दाहेर्दै एक आपसको ओठमा ओठ सुपर ग्लु टाँसिएझैँ टाँसिए ।मैले उनलाई अङ्गालोमा बेर्दै भने यो नगर प्रेमीहरूको लागि हो, म तिमीलाई प्रेम गर्छु । अनि तिमी पनि मलाई प्रेम गर्छौ र त, यो दुनियाँ सुन्दर छ । अनि मनमोहक छ । प्रेम आफैमा सुन्दर हुन्छ र दुनियाँलाई सुन्दर तुल्याउँछ । नगरकोटको रिसोर्ट पुग्न त्यति टाढा छैन, धित मरून्जेल प्रकृतिको रस्वस्वादन गरौँ । त्यसपछि विस्तारै उकालो लाग्छौँ हुन्न ? मैले भनेँ । ‘श्रीमान्को जो आज्ञा’ ठट्टैठट्टामा बोलिन् उनी । मैले सोधेँ– विहे नहुँदै श्रीमान् बनिसकें म ? उनी जोडले हाँसिन् मात्र । अलि पर बाइक स्टैण्ड गरिएको थियो । हामीजस्तै एक जोडी अलि पर झाडीभित्रबाट प्रकृतिको रस्वस्वादन गर्दै थिए । शहरकै आधुनिक युवायुवतीजस्ता देखिने तिनीहरू खै के–के गरेर एक आपसमा जिस्कँदै थिए । हेर्दाहेर्दै एक आपसको ओठमा ओठ सुपर ग्लु टाँसिएझैँ टाँसिए । ‘जाऊँ क्षितिज यहाँ धेरैबेर बस्नु हुन्न’ बिचलित भएझैं उनी झस्कँदै बोलिन् । मैले ठट्टा गर्दै भनेँ । किन र ! डर लाग्यो ? अँ...छैन । एक आपसमा सम्हालिन गाह्रो पर्ला नि ! उनी बोलिन् । कतै, ठाउँ नै नभएको जस्तो कति हतारिएकी हगि छि...उनी बोलिन् । मैले भनेँ यहाँको वातावरण नै त्यस्तै छ । सबलाई आतुर बनाउँछ । प्रकृति नै त्यस्तै । र यो ठाउँ जवानी साट्ने हरूको सुन्दर बगैँचा हो । पारिवारिक घुमघाम गर्नेलाई मनमोहकता हो । साधुहरुको तपश्या गर्ने स्थल हो । यहाँ सबै कुरा छ प्रकृतिको । त्यसैले त नगरकोट मान्छेको लागि सुहाएको छ विछट्ट । अँ है भन्दै मुस्काइन् उनी । मेरो कम्मरमा उनको बायाँ हात छ । हातमा मेरो साथ । उनले मलाई डोहो¥याउँदै कारसम्म पु¥याइन् । ल, अब तिमी चालक म ड्राइभर मैले भनें, तिमी थाक्यौ होला । अब म ड्राइभ गर्छु । थाकेकी त छैन । तर आज तपार्ईं ड्राइभर । म यात्रु हाँस्दै बोलिन् उनी । सिङ्गो जीवन हाँक्नु छ तपार्ईंले । तर, एक्लैले होइन । मैले भनेँ, दुवै जनाले । जसरी आज कार ड्राइभ ग¥यौँ त्यसरी नै । कार उकालो तर्फ मोडिदै गयो । नयाँ कार ड्राइभ गर्दा छुट्टै आनन्द अनुभव गरिरहें मैले ।
मैले उनको कोमल गालामा साँझको मौका छोपी ओठको एक छापे ल्याप्चे लगाई दिएँ । उनले सानो स्वरमा भनिन् ‘ग्रेट म्यान’ । त्यसपछि हामी दुवै जना रिसोर्टतिर हानियौँ ।भक्तपुरबाट करिब २२ किलो मिटरको दुरीमा रहेको नगरकोट पुगियो । २ हजार एक सय ५८ मिटरको उचाईमा रहेको यो ठाउँ अचम्मै मनमोहक छ । स्वर्गकै एक टुक्रा पृथ्वीमा झरेको भान हुने । साँच्चै यहाँको मौसम प्रकृतिले दिएको अनुपम उपहार । सधैं शितल र ठण्डा । हामी एक रिसोर्टमा पुग्यौँ र कार पार्किङ्ग ग¥यौँ । रूम बुकिङ्ग ग¥यौं । लन्च सकेर साँझ पर्नु अगावै नगरकोटको टावरडाँडामा पुग्यौँ । चारैतर्फको उपत्यका देखिने यो उँचाई । अनि उचाईमाथि टावर । टावरबाट उत्तरी पुर्वीभागमा हेर्दा एउटा सानो पहाडी संसार । दक्षिण पश्चिमतर्फ काठमाडौँ उपत्यकाको खोंच । डाँडाबाट उत्तर तर्फ देखिने हिमाली दृश्य । नागवेली बाटोका रेखाहरू । झरना, नदी, पहाडी श्रृङ्खला, अनि हरियो संसारको अन्तर कुन्तरमा देखिने छरपस्टिएका गाउँहरू आहा ! कति मनमोहक दृश्य । आँखामै टाँसिरहुँजस्तो । मेलम्चीको फाँटैफाँट सल्वलाईरहेको इन्द्रावतीसँगै यता काठमाडौँ उपत्याकाको दृश्य एक धर्काे पहाडले छेकेको छ । हेरिरहुँँ लाग्ने सुन्दर नगरमा म र लज्जावती । अहो ! कति आनन्द, उनी डायरीमा मलाई सोध्दै टिप्दै थिइन् नगरकोटबाट देखिने सुन्दर पहाडी उपत्यका र प्राकृतिक सुन्दरताको श्रोतहरू । उत्तरतर्फको हिमाली दृश्य अझै सुन्दर छ । हिमालको काखमा अवस्थित सिन्धुपाल्चोक जिल्लाका आधिकाँश गाउँहरू नगरकोटबाट छर्लङ्ग देखिन्थे । उनले आँखामा लेन्स लगाइन् र आइग्लासका रोलहरू घुमाउन थालिन् । इन्द्रावतीका खोला किनारका गाउँहरूले नगरकोटलाई चुमेझैँ आभास हुन्थ्यो । ऐँसेलुखर्क, बाँडेगाउँ, सिपापोखरे, नवलपुर, भोटेनाम्लाङ्ग, भोताङ्ग, सेलाङ्ग, गुम्बा,पाङ्ताङ् हगाम, स्याउले, चौतारा, ठुलोसिरूवारी, इर्खु, शिखरपुर आसपासका अन्य क्षेत्रहरूसँगै च्यो,च्यो लेक साह«ै मनमोहक देखिन्थ्यो । सिन्धुपाल्चोक, दोलखा, काभ्रे आदिको दृश्यावलोकन मात्र हैन सूर्योदय हेर्नसमेत नगरकोट प्रचलित छ । जो हामी हेरेर मन्त्रमुग्ध थियौं । सूर्योदय हेर्नको लागि कि, त इलामको अन्तुडाँडा कि नगरकोट सबैको मुखमा यही झुण्डिएको छ । नजिकै फेदीमा कुन्ताबेसीको लोभलाग्दो फाँट मुसुक्क मुस्काइरहेछ । नरमान्दपाटी चाखोला बोकेर नगरकोटलाई ठाडो नजर लगाएर हेरेको हे¥यै छ । इन्द्रावती जाङ्घ फैलाएर उन्मादका साथ नगरकोटलाई जिस्काउँदै बगिरहेको छ । उता चीनको दक्षिणी भू–भागको थोरै अंश क्षितिजभरि सल्बलाउँदै यता कालिञ्चोकसँग कुरा गरेझैं उभिएको छ । गौरीशंकर हिमाल र जुगलले प्रमाणिक समय पेश गरेझैं ठडिएको छ दायाँतर्फ शिवपुरी लेकको मनोरम दृश्यले आकर्षन गरिरहेछ । बायाँ फुल्चोकी डाँडाले हातै समाएर तान्न खोजेझैं । उता नागार्जुन पर्वत गजधुम्म उभिएको छ । दक्षिणतिरको थानकोट तराईको सिमाना मै हुँ जस्तै गरेर धादिङ्गलाई ओझेल पार्न खोजेजस्तो । साँझ पर्दै गयो । हामीले सुन्दर अल्कापुरीको आभाष साटासाट ग¥योैं । विजुलीको झलमल्लमा सहरहरू झकिझकाउ देखिन्थे मन्डपमा वेहुली सिँगारिएजस्तै । मैले भनेँ, यो मन्डपभित्र तिमीलाई दुलही बनाई अन्माउने कहिले ? अँ, तपार्ईं पनि...लजाऊँदैै लज्जावती बोलिन् । मैले उनको कोमल गालामा साँझको मौका छोपी ओठको एक छापे ल्याप्चे लगाई दिएँ । उनले सानो स्वरमा भनिन्् ‘ग्रेट म्यान’ । त्यसपछि हामी दुवै जना रिसोर्टतिर हानियौँ । वाथरूम सकेर कोठामा बसिरहेकै बेला फोनको घन्टी बज्यो । मैले केही स्न्याक्स र एक फुल ‘हार्ड ड्रिङ्स’ अर्डर गरेँ । रूम व्वाई सर्भिसको लागि हाजिर भयो । सर, अरू केही ? खाली ट्रे हातमा लिँदै बोल्यो । मैले भनेँ आवश्यकता परे बोलाउँला । थैङ्क्यु सर, सर्भिसर बाहिरिन् । मैले रूम लग गरेँ । भर्खर वाथरूम सकेर आएकी ‘लज्जावती’ पारदर्शी कपडाभित्र आकर्षक देखिएकी छे । उनको आकर्षक चन्द्रबदन मुहार र ओभानो कालो कपालसँगै शरीरमा छपक्कै टाँसिएका नाइट गाउनभित्रको थुम्का पहाडका चुलीहरू सागरमा तैरिएको पारदर्शी जमेको लेउलाई जिस्काएझैं जिस्कीरहेकी छे । कता कता अनौठो तरङ्ग अनुभूतिमा छचल्किरहेछ । न्यानो घामको स्पर्शमा लाजवन्ती झारले आफूलाई सर्वाङ्ग प्रकृतिको काखमा सुम्पिएजस्तै । नतमस्तक भइ लजाएजस्तै खै के–के, सोचेँ के–के । जे मनको गहिराईबाट उत्पन्न हुन्छ त्यही । जस्को कल्पनामा गजल र गीत लेखेर सुत्नेहरू वा रोएर आफ्नो मन हल्का पार्ने विद्वान्हरू पनि बुझ्न सक्दैनन् । यो त एउटा राप हो जवानीको । लज्जावती र क्षितिजको साख्य प्रेमको जङ्गलमा बिस्तारै फैलँदै गएको एउटा राप । सिर्रसिर्र... सिर्रसिर्र...चिसो हावाको एक झोंका हरिया वन जङ्गलका लहरा र बुट्यानहरूसँग जिस्कँदै कोठासम्म आइपुग्यो । मनमा अनौठोे भावना जागृत गराएर गयो । मैले एक कुल्फी सिगरेट जलाएर भने । ...सुरू गरौँ न त । दुबैजनाको वाइन् पट् उठ्यो । चियर्स...को भाव छताछुल्ल पोखियो टेवलमाथि । सुरूप्प एक घुट्को लगाएर कुरूप्प स्न्याक्क चपाएँ । उनले पनि त्यसै गरिन् र नशालु आँखा मतिर बिछ्याइन् । के भनुँ, के भनुँ भैरहेको म प्वाक्क बोलें । लज्जावती, जब पिउँछु नि, विगतले पछ्याउन थाल्छ मलाई । थाहा छ तिमीसम्म आइपुग्न कति गाह्रो भएथ्यो मलाई ? धन्न लुँजलासँग भेट भयो र तिम्रो समीप आइपुग्न सफल भएँ । ती विगतहरू भुलिदेऊ क्षितिज । जति सम्झ्यो त्यति छाती काट्छ । वर्तमानसँग रमाएर बाँच्नु नै जिन्दगी हो । उनी प्रफुल्ल मुद्रामा थोरै मुस्कुराउँदै बोलिन् । मैले केही बुझ्न सकिनँ । धेरै अबेर ‘रोमान्टिक’ हुँदै गफियौँ हामी । हाँसखेल र ठट्टैमा रात पलाउँदै छ र ढल्दैछ । मनभरि एउटा उकुमुकुस जारी रह्यो । हुरी चल्दैछ, मनको आगो बल्दैछ नशा नशामा । उनको प्यासी आँखाहरू चिलको नङ्ग्राले चल्ला कोतरेझैं कोतरी रहेछ मेरो हृदयलाई । तोङ्वा यात्राको स्मृतिसँगै आँखा भरिभरि फेरि एकचोटि लुँजला सल्बलाइन् । तर, यो पटक भनेँ म बिचलित विल्कुल छुइन र पन्छिनेवालामा पनि थिइनँ । किनकी मेरो अँगालोमा लुँजला होइन । लज्जावती थिइन् । हृदयको हिरा । मेरी दिलकी राजकुमारी । अझ भनौं तिर्खाएको काकाकुल म, र तिर्खा मेट्ने आकाशबाट झर्र झर्र झरेकी सङ्लो झरि उनी । बस यही पर्खाइमा थिएँ म । बाहिर अचानक मौसम बदलियो । बिजुली चम्क्यो र वर्षा भयो । क्षितिजमा बादल ठोक्किएजस्तै लज्जावती ठेक्किएकी छे मेरो हृद्वयको अजङ्ग पहाडमा । बादलको कालोपन हटेजस्तै लज्जावतीको लाज हटेको छ । बिस्तारै यहाँ पनि मौसम बदली भयो । बिजुली चम्क्यो र शीत वर्षा भयो । पटकपटक मौसम बदलीरह्यो कतिखेर थामियो थाहै भएन । लछप्पै भिजाएर उनको शरीरसँगै कतिखेर जवानी पोखियो थाहै भएन । लजाऊँदैै उनको मुखबाट फुत्त एउटा मिठो शब्द उछिट्टियो । पागल... मैले पनि भनिदिएँ म लाख पागल । भलै मुर्खै सही । यो प्राकृतिक देनभित्र । र भनिदिएँ सधैं तिमी यो अवसरबाट मलाई बन्चित गर्दैनौं भने मलाई लाख पागल सह्य छ । सबेरै लज्जावतीले झक्झकाउँदै ब्युँझाइन् । बिहानको पाँच बजिसकेछ । अझै आँखा अनिदो थियो । ‘सनसाइन्’ हेर्ने हैन ? लजाऊँदैै बोलिन् उनी । कति छिटो ब्युँझिसकिछिन् । बेडको तन्ना भुइँसम्म लत्रेको थियो । छरपस्ट कपडाहरू कतिखेर आ–आफ्नो ठाउँमा शो केसमा सजिएझैं सजिईसकेछन् । ‘कति चलाख यिनी’ मनमनै भने, ‘आफ्नै धर्मपत्नीजस्ती’ । फेरि आफूले आफैलाई प्रतिवाद गरेँ, ‘के को, धर्मपत्नी जस्तीमात्र ? धर्मपत्नी नै हो नि’ फेरि अर्को मनले भन्यो, ‘हैन बिवाह नै नभई कसरी ?’ नानाथरी शब्द संग्राम चल्यो मनभरि । जे होस् लज्जावती मेरै हो नि, किन द्विविधा । स्वदेशी तथा विदेशी पर्यटकहरू मर्निङ्गवाकसँगै डाँडा वरिपरि हातमा क्यामेरा बोक्दै घुम्न थाले । सूर्योदय हुनु केहीबेर अघिनै हामी पनि ‘रूफ टप’ उग्लियौँ । सबैजना सूर्योदयको प्रतिक्षामा यताउता जीउ मर्काउँदै हल्लिरहेका थिए । ‘रूफटप’बाट वरिपरि देखिने पर्यटकहरूको चहलपहलले वातावरण मन्त्रमुग्ध बन्दै गयो । रातभरि पानी परेर छर्लङ्ग उघ्रिएको आकाशले वातावरणलाई मन्त्र मुग्ध पारिदिएको थियो । ऊ...ऊ... सनराइज हुनै आँट्यो । झण्डै उफ्रिएरै चिच्याइन् लज्जावती । दोलखा जिरी र सिन्धुपाल्चोकसँगै जोडिएको चीनको नाका हुँदै पूर्वबाट आकाशमा छुट्टै किसिमको उज्यालो खुल्दै आयो । लज्जावतीको गलामा क्यामेरा झुण्डिएर छातीसम्म फैलिएको छ । उनी साह्रै खुशी देखिन्थिन् । बिस्तारै पहेँलो सुनको चोक्टाजस्तो सानो भाग अकाश माथि–माथि स¥यो । मौका पारेर थुप्रै फोटो खिच्यौँ । हामी जे गर्दैै थियौँ अरू जोडीहरू पनि त्यही गर्र्दै थिए । कति रमाइलो बिहानी । मौसमले साथ दियो । पुरै चौबीस घण्टा कुर्नै पर्छ सूर्योदय हेर्न । हेर्दाहेर्दै पहेँलो घाम चम्कियो र रापिलो हुँदै गयो । अन्डाभित्रको नानीजस्तो पहेँलो देखिएको घाम धेरैवेर टिक्न सकेन । बिस्तारै बैंशको उकालो चढ्यो । बस् केवल एक दिन हो सूर्यको जीवन र जवानी । क्षणभरमा उदाउने, क्षणभरमै हुर्कने र क्षणभरमै अस्ताउने मान्छेको जीवनजस्तै । घामले बाह्र÷तेह्र घन्टामा आफ्नो कर्तव्य पुरा गरेर जान्छन्् तर हामी वषौँ बाँच्छौँ र पनि केही गर्न अघि सर्दैनौ । कर्तव्य बिर्सेर मर्छौं र पनि बाँच्छौँ । बस् मान्छे र सूर्यमा फरक यही छ । (पुस १ गते बिमोचित जितेन्द्र रसिकको लज्जावती उपन्यासबाट)
प्रतिकृया लेख्नुहोस्: