Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अभियुक्त नछोड्दा एसपी कारबाहीमा

\"raju-babu-750\"काठमाडौं, ३ कात्तिक । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गैरकानुनी आदेश अस्वीकार गर्दा तीन प्रहरी उपरीक्षक (एस्पी) कारबाहीमा परेका छन् । गैरकानुनी काम गर्ने अभियुक्तलाई छाड्न नमानेका कारण निधिको ठाडो आदेशमा तीन जिल्लाका नेतृत्व गरिरहेका एसपीलाई कारबाहीस्वरूप सरुवा गरिएको हो । अाजकाे राजधानी  दैनिकमा खबर छ– आफूअनुकूल काम प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नभएको मौकामा सोमबार प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको छ । प्रहरी महानिरीक्षक अर्याल अमेरिकामा रहेको बेला मन्त्रीको आदेश अस्वीकार गर्न नसकी कार्यवाहक प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नै उनीहरूलाई सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालयको नियामित सरुवा बाँकी हुँदै मन्त्री निधिले गम्भीर अपराधमा संलग्न रहेका आफ्ना कार्यकर्ता छोड्न अटेर गरेको र अवैध हुन्डी कारोबारीलाई पनि छाड्न नमानेका कारण तीन एसपीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानेका हुन् । मधेस आन्दोलनका क्रममा पर्सा पुगेका राजुबाबु श्रेष्ठ, धनुषा पठाइएका रामदत्त जोशी र सिरहा पठाइएका श्याम ज्ञवालीलाई मन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले नियमित सरुवाभन्दा पहिला नै प्रधान कार्यालय झिकाएको छ । एसपी श्रेष्ठले १६ असोजको राति वीरगन्ज उपमहानगरपालिका–७ रेशमकोठीस्थित सन्तोष जैनको घरबाट ठूलो परिमाणको अवैध रकमसहित हुन्डी कारोबारमा संलग्न रहेका व्यापारी जैन, उनका छोरा अंकुर जैन, श्रीमती उषा जैनसहित पाँचजनालाई पक्राउ गरेका थिए । अभियुक्त प्रहरी हिरासतमै रहेको अवस्थामा गृहमन्त्री निधिले उनीहरूलाई छोड्न आदेश दिएका थिए । एसपी श्रेष्ठले गम्भीर अपराधमा संलग्न रहेकाले छाड्न नसकिने अडान लिएपछि मन्त्री निधिले उनीमाथि कारबाही गरेका हुन् । वीरगन्जका व्यवसायी तथा पूर्वसभासद् ओमप्रकाश शर्माको पहलमा गृहमन्त्री निधिले हुन्डी कारोबारीमाथि मुद्दा नचलाउन आदेश दिएका थिए । तर, एसपी श्रेष्ठले जागिर गए पनि अपराधीलाई नछाड्ने र मुद्दा चलाउने बताएपछि तत्कालै सरुवा गर्न गृहमन्त्री निधिले प्रहरी महानिरीक्षकलाई आदेश दिएका हुन् । स्रोतका अनुसार आफूअनुकूल काम नगरेको र अवैध कारोबारीलाई साथ नदिएको आक्रोशमा व्यवसायीको दबाबमा पर्सा एसपी श्रेष्ठ र माओवादी केन्द्रका नेता–कार्यकर्ताको अवैध काममा साथ नदिएको आरोपमा ज्ञवालीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानिएको हो । यसैगरी, कांग्रेस कार्यकर्ता पक्राउ गर्दा गृहमन्त्री निधिका गृह जिल्ला धनुषाका प्रहरी प्रमुखको पनि सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री निधिको दबाबमा धनुषाका एसपी रामदत्त जोशीलाई सरुवा गरेर अर्का एसपी लालमणि आचार्यलाई पठाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies