Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

५२ वर्ष लामो विद्रोह छाडेर शान्ति प्रक्रियामा आएको फार्क कस्तो पार्टी हो ?

\"kolambiya-farc\" द रिभोल्यूश्नरी आर्म फोर्सेज अफ कोलम्बिया अर्थात फार्क कोलम्बियाको सबै भन्दा ठूलो विद्रोही समूह हो । फार्कको स्थापना सन् १९६४ मा भएको हो । यो कम्युनिष्ट पार्टीको सशस्त्र शाखा थियो । फार्क माक्र्सवादी–लेलिनवादी विचारधाराबाट प्रेरित समूह हो । फार्कको मुख्य संस्थापन छोटे किसान तथा श्रमिक थिए, जो कोलम्बियामा त्यतिबेला असमानताकाविरुद्ध संघर्षमा एकजुट भएका थिए । फार्कमा केही सहरी समूह भए पनि मुख्य रुपमा यसको पहिचान ग्रामीण गुरिल्ला संगठनकै रुपमा रहेको छ । फार्कको ६ देखि ७ हजारसम्म सक्रिय लडाकु रहेको सुरक्षा बलको अनुमान छ । फार्कका साथमा करिब ८ हजार ५ सय आम नागरिकको पनि समर्थन रहेको सुरक्षा बलको अनुमान छ । जुन फार्कको सहयोगी नेटवर्क निर्माण गर्दछन् । अनुमानका अनुसार सन् २००३ मा करिब फार्कको पास २० हजार सक्रिय लडाकु थिए । तर पछिल्लो समयमा भने फार्कको समर्थनमा निकै कम देखिएको हो । फार्कको गठन ऐतिहासिक रुपमा कोलम्बिया एक यस्तो देश हो, जहाँ ठूलो असमानताको खाडल रहेको छ । निम्न वर्गका मानिसहरु उच्च वर्गको जमिन लिजमा लिएर खेती गर्ने गर्दछन् । यसका विरुद्ध १९ औं शताब्दीको अन्त्य तथा २० औं शताब्दीको प्ररम्भमा कोलम्बिया सरकारले ऋणमुक्त गर्न भन्दै जमिनको ठूलो हिस्सा निजी मालिकलाई विक्री गरिदियो । फार्कको संस्थापकको केही टोलीका प्रान्तको मारकिटेलियाले एक कृषि कम्युन निर्माण गरेका थिए । सन् १९५० को दशकमा क्यूवाको क्रान्तिबाट प्रेरित भएर उनले जमिनमा अधिक अधिकार तथा नियन्त्रणको माग गरे । तर उनको कम्युनिष्ट विचारधाराको ठूला जमिनदार तथा सरकारले खतरनाक ढंगले उनको संस्था भंग गर्न सेना परिचालन गरेको थियो । फार्कको मुख्य दुश्मन कोलम्बियाको सुरक्षा बल नै हो । फार्कको लडाकु पुलिस स्टेशन, सेनाको पोष्टलाई निशाना बनाउने गरेका थिए । साथै उनीहरुले तेल पाइपलाइन, विजुलीको खम्बा, पुल तथा सामाजिक संस्थाहरुलाई पनि निशाना बनाएका थिए । फार्क विद्रोहकिो हमलामा आम सर्वसाधारण पनि परेका थिए । फार्कको हमलामा परि केही बालबालिकाको पनि मृत्यु भएको छ । फार्क विद्रोहीले फिरौंतीका लागि हजारौं नागरिकलाई अपहरण पनि गर्ने गरेका थिए । केही वर्षपहिला कोलम्बियाको सुरक्षा बलले फार्कमा ठूलो क्षति पुर्याएको थियो । अमेरिकी सरकारले कोलम्बियाको सेना तथा पुलिसलाई केही लाख डलरको पनि सहायता तथा प्रशिक्षण दिएको थियो । गएको एक दशकको दौरानमा फार्कको केही मुख्य नेता पनि मारिएका थिए । \"farc_reuters\" सन् २००८ मा बरिष्ठ विद्रोही नेता राउल रेयेस एक छापामार कारबाहीमा मारिए भने फार्क संस्थापक म्यानुअल म्यारुलाण्डाको पनि निधन भएको थियो । सन् २०११ मा भएको हमलामा परि अल्फोन्सो कानोको पनि मृत्यु भएको थियो । करिब चार वर्षदेखि चलेको वार्तापछि फार्क विद्रोही शान्ति सम्झौताका लागि तयार भएका हुन् । कोलम्बियाका राष्ट्रपति सान्तोषले फार्क विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन शान्ति सम्झौतामा हस्ताक्षर गराएका हुन् । तर जनमत संग्रहमा भने फार्कको विपक्षमा मत देखिएपछि शान्ति प्रक्रिया संकटमा परेको छ । (एजेन्सीकाे सहयाेगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies