Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दशैंका यात्रु ओसार्न नेपाली सेनाको निःशुल्क बस सेवा सञ्चालन

\"army-bus\" काठमाडौं, १८ असोज । बडादशैंमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरुका लागि बस सेवा सञ्चालन गरेको छ । मंगलबारदेखि नै सेनाले दशैंका यात्रु ओसार्न बस सञ्चालन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । काठमाडौबाट उपत्यका बाहिर मंगलबारदेखि शुरु गरिएको बस सेवा असोज २३ गतेसम्म सञ्चालन हुनेछ । सेनाको बस सेवा काठमाण्डौंबाट इटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म जाने र आउने ब्यवस्था गरिएको छ । ती बसहरु प्रत्येक दिनको विहान ६ बजे छुट्ने जनाइएको छ । दशैं विदामा घर जाने सेनाको सबै दर्जाका तथा उनीहरुका आश्रित परिवारका चार जनालाई एउटा बसमा निःशुल्क यात्रा गर्ने ब्यवस्था मिलाइएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसैगरि, महानवमीदेखि एकादशीसम्म ( असाेज आश्विन २४ गतेदेखि २६ गतेसम्म) काठमाण्डौं उपत्यकाभित्र सैनिक तथा आम नागरिकका लागि ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस सेवा सञ्चालन हुने पनि निर्देशनालयले जनाएको छ । सेनाले उपत्यकामा प्रत्येक दिन ६ बजे, ११ बजे र १६ बजे भद्रकालीबाट ३० सिट क्षमताको एक एक वटा बस निःशुल्क संचालन गर्ने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies