Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

बेलायती बहिर्गमन, क्यामरुन र धारा पचास

\"david-cameron-598776\"ब्रेक्जिट वा बेलायती बर्हिगमन : बर्तमान वहस
४१ बर्ष पछि पुन भएको जुन २३ को इयुबाट बेलायत बाहिर जाने वा नजाने भन्नेबिचको जनमत संग्रहले बेलायत साँच्चै बाहिरिने भएपछि विश्वको भुराजनीतिक र आर्थिक भविस्यको प्रक्षेपण निकै भए । बारम्बार अरु इयु देशहरुको आपत्तिको चङगुलमा फसेर आफ्नो आर्थिक प्रगतिमा बाधा परेको, इयुको कडा बजार ब्यबस्था सम्बन्धी नियमले बेलाबखत प्रताडित हुनु परेको र अब सदस्यता खर्च पनि कटौती हुने भएकोले एकाग्र चित्तका साथ अघि बड्न बाटो खुलेको भनी बर्हिगमनका फाईदाहरु गाउने बिश्लेषकहरु पनि रहे ।   [caption id=\"attachment_81282\" align=\"alignleft\" width=\"300\"]\"रविन्द्र रविन्द्र अधिकारी[/caption] त्यस्तै ओबामा प्रशासनका पूर्व आर्थिक सल्लाहकार तथा क्लिन्टन ट्रेजरीका सचीब ल्यारी समर्सले भने दोस्रो विश्वयुद्ध देखिको यो यूरोपको लागि ठुलै दुर्घटना हो र यस्ले बेलायत स्वयमलाई आर्थिक मन्दी तिर धकेल्न सक्ने अनुमान गरेका छन । उनको तर्क थियोः ब्रेक्जिटको यो धक्काले सिर्जित आर्थिक समस्या हल गर्न सक्ने तागत कसैमा छैन नकी विश्वका केन्द्रिय बैंकहरुसँग । हुनत थुप्रैले अब स्कट्ल्यान्ड र जिब्राल्टर समेत् ब्रिटेनको पकडबाट फुत्किन सक्ने विकराल भबिस्यवाणी पनि गरिरहेका छन । बर्हिगमनको तत्कालीक स्वदेशी प्रभाव बेलायती बहिर्गमन (ब्रेक्जिट) पछि एक हप्ता नबित्दै पाउन्डको भाउमा गिरावट आएको, बेलायतको मार्केट आंशिक रुपमा धरासयी भएको र स्ट्यान्डर्ड एन्ड प्वर संस्थाले ब्रिटेनलाई एकैपटक ट्रिपल ए रेटिङ बाट डबल ए मा झारिदिएको तथ्यले एकातिर बिदेशी लगानिकर्ताहरु ब्रिटिश भुमीमा लगानी गर्न हच्किने अवस्था सिर्जन भएको छ भने अर्कातिर स्कटिस जनताले ब्रेक्जिटको बिपक्षमा खसालेको भारी मतका बाबजुत पनि नतिजा उल्टो आएकाले स्कट्ल्यान्ड्लाई युकेबाट अलग्याउन पुन जनमत गर्ने भन्ने सवालहरु पनि उठ्न थालेका छन् । अर्थात स्कटिस जनता र नेताहरुको भनाइ अनुसार ब्रेक्जिटको नतिजाले उनिहरुको “सेन्टिमेन्ट” प्रतिबिम्बित गर्दैन । जुनको अन्तिम साता जनमत संग्रहको नतिजा प्रति असन्तुष्टी जाहेर गर्दै स्कट्ल्यान्ड्ले पुन इयुमा रहन अनुरोध गरेकोमा प्रमुख इयु राष्ट्रहरुले त्यस्को अस्विकार गरेका छन् । तथापी बहिर्गमनका पक्षधरहरु तत्काल ब्रिटेनमा केही समस्या देखिएपनि दिर्घकालिन रुपमा यो एतिहासिक कदम देशको लागि धेरै नै राम्रो सिद्द हुने बताउछन् । उनिहरुको तर्क बिशेषतः आप्रवाशन समस्या बाट ब्रिटेन मुक्त हुन सक्ने र स्वतन्त्र रुपमा सार्वभौमिकता रक्षा गर्न सकिने भन्ने तथ्यमा केन्द्रित देखिन्छ । ब्रेक्जिट जस्तै केही समय अघि ग्रेक्जिटको कुरा पनि उठ्यो, ग्रीस चाँही गरीब भएका कारणले निकालिन खोजिएको मुलुक हो । विविध ऋण र सौलियतले ग्रीसलाई इयुमै स्थापित गराइयो । बेलायत इयुबाट बाहिरिने पहिलो मुलुक हो, यस्ले एउटा खतरनाक परिपाटीको सुरुवाती सङ्केत को काम पनि गर्न सक्छ । त्यो हो यदी ब्रिटेन बाहिरिन सक्छ भने अरु मुलुक किन सक्दैन ? इयुको धेरै कुरा चित्त नबुझेका मुलुकहरु यस्बाट बाहिरिने अभ्यास गर्न ढोका खुलेको अवस्था छ । यसरी इयुको संस्थागत इन्टेग्रिटी, प्रतिस्ठा र दिर्घकालिनता माथि नै प्रश्न चिन्ह खडा हुन नसक्ला भन्न सकिन्न ।
डेवीड क्यामरुन र उनको राजनैतिक स्थान
कन्र्जभेटिब पार्टीका नेता तथा प्रधानमन्त्री डेविड् क्यामरुनले अफु स्वयम ब्रेक्जिटको बिपक्षमा रहेतापनी प्रजान्तान्त्रिक अभ्यास स्वरुप जनमत संग्रहलाई प्रसय दिइ नतिजालाई सहर्ष स्विकारे साथै उनले नैतीकताको आधरमा राजीनामा पनि दिए । उनलाई यो अभियानमा लेबर पार्टि तथा तेस्का नेता जेरेमी कर्बिनको यथेस्ट सहयोग पनि रह्यो । तथापी आगामी अक्टोबरसम्म आफ्नो पार्टीको अधिबेशनमा नयाँ नेतृत्व नछानिन्जेलसम्म सरकारी बाग्डोर थामिदिने उनले बताएका छन् । त्यसपछि उनी बेलायतको प्रधानमन्त्रीबाट बाहिरिने छन् । सन् २०१० को ११ मे बाट पद्भार सम्हालेका डेविड् २०१५ को मे ७ मा पुनः फेरी निर्वाचित भए । उनको टोरी पार्टिले यस्पटक ३३० सिट जिती बहुमत ल्याएको थियो र आफ्नो एकल सरकार बनाउन सफल भएको थियो । उनी आफुलाई इतिहासका पानाहरुमा यस्तो प्रधानमन्त्रीको रुपमा चिनाउन चाहदैन थिए जस्ले बेलायतलाई इयु बाट अलग्यायो । तसर्थ, नैतिकताको हिसावले पनि २००५ को डिसेम्बर देखी पाटीको नेतृत्व गर्दै आएका उनले गत २४ जूनमा आफुले सोचे बिपरित इयु जनमतको परीणाम आएपछि टेन डाउनिङ स्ट्रिट अगाडि उनकी श्रीमती समान्था क्यामरुन सँगै बसी मलिन अनुहारमा राजीनामा घोषणा गरे । तर पनि समलिङगी बिवाहलाई बैधता दिएको र ब्रिटेनलाई अर्थिक सम्बृद्धिको शिखरमा पुर्याएको जस उनले पाउनेछन् । आफ्नै पाटी भित्र सदैब ब्रिटेन यूरोप मै रहनु पर्छ भनेर वकालत गर्दै आएका उनले पार्टीलाई नेतृत्व लिएपछिको पहिलो सम्बोधनमा समेत् इयुबाट बेलायत लाई अलग्याउने भनेर कचकच नगर्न उनले करीब आधा जति बिपरीत बिचार भएका टोरी नेताहरुलाई आग्रह गरेका थिए तर तेही पहिलो सम्बोधनमा उनले कोट्ट्याएको मुद्दाले उनको राजनैतीक भविस्य समाप्त पार्यो । क्यामरुनको सट्टामा प्रधानमन्त्री पदको लागि (वा टोरी नेतृत्वको लागि)े प्रवल् संभावना रहेकी ब्यक्तित्व हुन ः टेरिजा मे, सर्बसाधारण तथा कनर्जभेटीव मतदाताबीच युगव(थ्यगन्यख)ले गरेको मत सर्वेक्षणमा उनी सर्वाधिक रुचाइेकी नेत्री हुन । अरु पकितस्पर्धीहरुमा माइकल गव, लियाम फक्स र आन्ड्रीया लिडसम हुन् । बोरिस जन्सन, एक प्रवल ब्रेक्जिट अभियन्ताले र्भखरै आफू प्रधानमन्त्रीको दाबेदार नहुने घोषणा गरेका छन् र वर्तमान अर्थमन्त्री जर्ज ओश्वर्न पनि रेस बाट बाहिरेका छन् । त्यसपछि न्युन संभावना बोकेका नेतामा स्टेफेन क्र्याब पनि हुन् । उम्मेदवारी दिने म्याद जुन ३० मा सकियो र अब जुलाइ ५ देखि चरणबद्ध निर्वाचन चल्नेछ । इयुको सर्वोपरीलाई स्वीकार्दै आएका डेविडले ब्रसेल्समा भएको इयुबाट ब्रिटेन बाहिरने प्रकृया सुरुवात गर्नु पर्ने भन्ने भेलामा पनि ब्रिटिश नागरिकलाई इयु माथि पिठ्यु फर्काउन नहुने थियो भनेका छन । अब ब्रेक्जिटको कल्पनालाई सत्यतामा उतार्न इयु लिडरहरुसँग नेगोसियसन सुरु हुने छ तर उक्त नेगोसियसनको सुरुवात डेविड् आगामी प्रधानमन्त्रीबाट भईदियोस भन्ने पक्षमा छन । कुनै बेला “ब्रिटेन इयुबाट छुट्टिनु भनेको हाम्रो देशको अर्थतन्त्र मुनि बम राख्नु हो” भनेका नेताले निश्चय पनि बहिर्गमनका बिबिध बिषयमा नेगोसियसन गर्न सक्ने छैनन् ।
के हो त धारा पचास ?
अब बुझौं बेलायती बहिर्गमनको प्रकृया अन्तर्गत हिजो आज ’हट टपिक’ मा रहेको “आर्टिकल फिफ्टी” का बारेमा । इयुको संबैधानिक आधार सन् २००७ को लिश्बनको सन्धिमा सदस्य राष्ट्रहरुबीच हस्ताक्षर भई तय भएको थियो । यो सन्धिको एउटा सानो किस्सालाई आर्टिकल फिफ्टी अर्थात धारा पचास् भनिन्छ । पाच वटा छोटा प्याराग्राफमा उल्लेखित २५० शब्दको उक्त धारा इयु सदस्य राष्ट्र युनियनबाट बाहिरिदाको प्रकृयाको बारेमा केन्द्रिकृत छ । यस्ले भन्छ, “आफ्नै संबैधानिक दायरा अनुसार सदस्य राष्ट्र युनियन बाट बाहिरिने निर्णय लिन स्वतन्त्र छ ।“ यो धारामा छोड्ने राष्ट्रले पहिला आफ्नो सदस्यता परित्याग गर्ने मनसाय युनियनलाई सुचित गराउने , सम्बन्धित विविध विषयमा नेगेसियसन गर्ने र इयु राष्ट्र हरुसँगको भावी सम्बन्धका बारेमा कानुनी आधार खडा गर्न सक्ने भन्ने बुँदाहरु समाबेश गरका छन् । साथै यो प्रकृया अघि बड्न सदस्य राष्ट्रहरुको बहुमत र यूरोपियन संसदको सहमती पनि आवश्यक छ । सबैभन्दा मत्वपूर्ण कुरा छोड्ने मनसुबा सुचित गरेको दुई बर्ष भित्र उक्त राष्ट्र सम्पूर्णतः बाहिरिसक्नु पर्ने छ । यदी यसो गर्न सकेन भने नयाँ अन्य सदस्य राष्ट्रहरुको सहमति बिना नयाँ ब्यवस्था हुन सक्दैन तर सहमति जुट्न सकेको खन्डमा समयावधि थप्न भने सकिनेछ । यो धाराले संवादका लागि को मध्यस्तकर्ता बस्न सक्ने भन्ने स्पस्ट सँग बोलेको छैन तर पनि यूरोपियन परिषद लाई अग्रणी भूमिका खेल्न सक्ने भनेर संकेत गर्दछ । धारा पचास् सक्रिय गराएपछि तुरुन्त बहिर्गमन कार्यन्वयनका लागि धारा २१८(३) सकृय हुन्छ । इयूमा पूनः गाभिन धारा ४९ सकृय गराउनु पर्छ, अर्थात धारा पचासको उल्टो काम धारा ४९ ले गर्दछ ।  
ब्रेक्जिटमा धारा पचासको सन्दर्भ
अबको शक्तिसंघर्ष बिशेषतः बेलायतले धारा पचास् सक्रिय गराउनु पूर्व आफ्नो स्वार्थपुरक मुद्दाहरुमा पुर्व संवाद गर्न खोज्ने छ । हिजो ब्रेक्जिटका संसद भित्र र बाहिरका अभियन्ताहरुले पनि क्यामरुनलाई (जस्ले यदी जनमत बमोजिम ब्रेक्जिट सत्यतामा बदलिएको खन्डमा तुरुन्त प्रकृया अगाडि बढाउने भन्दै आएका थिए) सो धारा शीघ्र सक्रिय नगराउन दबाब श्रृजना गर्ने सङ्केत प्रस्टै देखिन्छ । दुई बर्ष कम् समय भएकोले हुन सक्ने सम्म फाईदाको डिल उक्त धारा सुचारु हुनु अघी नै उनिहरु गरिसक्न चाहन्छन् । तर अर्र्काितर फ्र्यांको ओल्ल्यन्ड, एन्जेला मर्केल लगायतका प्रमुख इयु राष्ट्रप्रमुखहरुले तुरुन्त बहिर्गमनको प्रकृया सुरु गर्न युकेलाई आव्हान गरेका छन । उनीहरुले युकेले धारा पचास सकृय नगराएसम्म वार्तामा नजाने र यदी युकेले साझा बजार माथि पहुच राखी राख्न चाहन्छ भने इयु नागरिकको स्वतन्त्र आवागमनको अवधारणालाई सम्मान गर्नै पर्छ भनेका छन् । यसैबिच यूरोपियन परिषदका अध्यक्ष डोनाल्ड टस्कले युकेले आफुले चाहेको कुरा छान्ने र नचाहेको कुरा छाड्ने गर्न नपाउने कुरा प्रस्टै पारेका छन् । तर बेलायतले उत्पादन र सेवामा उदारीकरणको नीति लिन सक्ने देखिएतापनि म्यानपावर आवतजावतमा पास्र्पोटीङनै लगाउने कुरा प्राय निश्चत जस्तै छ । बाहिरिने नै भएपछी शीघ्र प्रकृयामा लाग्दा ब्रेक्जिटको मुलभुत उद्देश्य प्राप्तिका लागि बाटो खुला हुने थियो र युकेलाई स्विजर्ल्यान्ड वा नर्वे जस्तै स्वतन्त्र मुलुक भए पनि अझ बढी सम्रिद्ध बनाउन संबादबाट साझा बजार पहुचको खातिर निश्चित रकम तिर्ने र इयु भित्रका मानबिय स्रोत साधनलाई परस्पर स्थानान्तरण गर्न सकिने ब्यवस्था भए यूरोप एउटा महादेशकै लागि राम्रो हुने ठहर्छ । लेखक रेयुकाई आँखा अस्पतालमा दृष्टि विशेषज्ञको रुपमा कार्यरत छन् । सम्पर्क ravinems@iom.edu.np, 9851124240
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies