Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अधिकार माग्ने नाममा बन्द हड्ताल नगरौं : पूर्व राष्ट्रपति यादव

\"lumbiniकाठमाडौं । संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अधिकार माग्ने नाममा बन्द हड्ताल गर्न नहुने बताएका छन् । लुम्बिनीको शान्तिद्विपवाट सद्भाव साईकल ¥यालीको उद्घाटन गदैं मधेशका जनताले लोकतन्त्रमा आफ्रनो सामाजीक, आर्थिक लगाएत अन्य अधिकारहरु माग्न पाईने तर सो अधिकार माग्ने नाममा बन्द हड्ताल गर्न नहुने बताएका हुन् । उनले सद्भावका लागी त्र्रिmकेट टुर्नामेन्टमा सहभागी राष्ट्रिय क्रिकेटका खेलाडीले नेपाललाई संसार सामु चिनाएको र यसले पनि विश्वमा सद्भाव वढाएको भन्दै यस्ता सद्भाव मैत्रि खेलले आगामी दिनहरुमा नेपालको नेपाली जनताको विबादलाई सद्भावमा बदल्ने बताए यादवले भने –नेपाल मुलुक दुईवटा सभ्यताको विचमा रहेको छ जसमा उत्तरमा मंगोल सभ्यता र दक्षिणमा हिन्दु सभ्यता रहेको छ । यसरी हामी नेपालमा आफ्नै सभ्यतामा विकाश भएको मुलुक किन हामी आफै लडाई गरि रहेका छौ ? उनले हामी धार्मिक, साँस्कृतिक, राजनैतिक कुरामा अलमली रहेका जिकीर गरे । यादबले नेपाल राणाकालीन शासनको विरुद्धदेखी गणतन्त्रको स्थापना सम्म आईपुग्दा लोकतन्त्र र समावेशी जस्ता कुराहरु समाजमा प्रत्याभुत भईसकेको बताउदै त्यस्ता कुरालाई ब्यवहारमा उतार्नु पर्ने र अब संबिधान कार्यान्वयनमा सबैले ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए । खेल मार्फत नेपाली जनताहरु बिच राष्ट्रिय सद्भाव अभिबृद्धी गरी मुलुकमा शान्ति, समृद्धी र विकासको मार्गमा अघि बढ्न सकिन्छ भन्ने बिश्वास सहित सबैलाई सम्मान गरौं, सबैलाई बिश्वास गरौं भन्ने मुल भाव बोकेर शुरु भएको सद्भाव बर्ष २०१६ को सद्भाव साइकल र्यालीमा प्रेमबहादुर थापा प्रथम, जीवन ज्ञवाली द्वितिय र नागेन्द्र सहनी तृतिय भएका छन् ।  उनिहरुले क्रमश १० हजार ५ हजार प्राप्त गरेका छन् । कार्यक्रममा गायिका इन्दिरा जोशीले सद्भावको गीत प्रस्तुत गरी सद्भाव क्रिकेटको माहौल तताएकी थिइन । त्यस्तै सदभाब क्रिकेट प्रतियोगीतामा अन्तर्राष्ट्रिय अम्पाएर सञ्जय गुरुङलाई बल र राष्ट्रिय खेलाडी शक्ति गौचनलाई पुर्व राष्ट्रपती डा. रामबरण यादववाट व्याट हस्तान्तरण गरी सद्भाव क्रिकेटको उद्घाटन भएको थियो । मौसमका कारण १५ ओभरमा छोट्याईएको खेलमा शक्ति गौचनको कप्तानीमा रहेको नेपाल निलोले ३८ रनले जीत हात पारेको थियो । खेलका बिजेता टोलीलाई रु.५०,हजार र उपविजेता टोलीलाई रु. ३०हजार। पुरस्कार प्राप्त गरेको कार्यक्रमका व्यवस्थापक धिरेन्द्र पन्तले जानकारी दिए ।  खेल मार्फत सम्पुर्ण नेपाली जनतालाई एकताको सुत्रमा बाँध्न नेपालमा असाध्यै रुचाईएको र मधेसमा सबैभन्दा धेरै खेलिने क्रिकेटलाई सद्भाव जागृत गर्ने माध्यमको रुपमा रोजीएको आयोजक मध्यका एक मदन अर्यालले बताए । यस्ता कार्यक्रमे कार्यक्रम मधेसका अरु बाँकी छ वटा शहरमा समेत गरिने उनले जानकारी दिए । सद्भाब विना शान्ति कायम नहुने भएकोले आफुहरुले सद्भावको अभियान अगाडी बढाएको रामरोहन पन्तले बताए । सो सद्भाव बर्ष २०१६ को कार्यक्रम Global Peace Foundation, JYSP, Tour de Lumbini, Lumbini World Peace Forum ले आयोजना गरेको थियो ।\"lumbini \"lumbini
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies