Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

सपनाको दाहसंस्कार

\"keshariडेढ महिनापछि उसको लास आज नेपाल आइपुग्यो । विमानस्थलमा उसका चिनजानकाहरु भेला भए । विमानस्थलमा यताउता गर्दैमा दुई घण्टा बित्यो । दुईघण्टापछि बल्ल लास आफन्तहरुको जिम्मामा आयो ।  सबै मौन थिए, सब विस्मित थिए– उसको अनुहार हेर्दा अहिल्यै बोलीहाल्ला कि, अहिल्यै  उठेर हिड्ला कि जस्तो थियो । कोही विश्वास गर्न सकिरहेका थिएनन्, यो मान्छे मरेकै हो तर नियतिमाथि विश्वास गर्नै पथ्र्यो । छोराको तप्तपाउँदो अनुहार हेर्दा हेर्दै उसको बाबु त्यही घुप्लुक्क ढल्यो । दुई तीन जना मिलेर उसलाई उठाए । एउटाले नजिकैको पसलबाट पानी किनेर ल्यायो र बाबुचाहि“लाई अलिकति खुवायो, अनुहार धोइदियो र सामान्य अवस्थामा ल्याउने प्रयास गर्यो । “आफूलाई सम्हाल कान्छा, के  गर्ने ? मान्छे भएपछि सबै कुरा सहनै पर्दोरहेछ ।’’ माझघरे जेठाले बाबु चाहिँलाई सम्झाउने प्रयास गरे । त्यसो त उनलाई नै गाह्रो भइरहेको थियो सम्हालिन, आँखाभरि आँशु टलपलाईरहेका थिए । आफ्नै घर आ“गनमा खेलेर हुर्केको विकाशको आफ्नै छोराको जस्तै माया लाग्थ्यो उनलाई । यो खाऊँखाऊँ र लाऊँलाऊँको उमेरमा यसरी पोल्नु पर्ला भन्ने के थाहा ? त्यसैले आफ्नै चित्त बुझाउन त गाह्रो  भइरहेको थियो भने उसकै बाबुले आपूmलाई पिण्ड दिने छोरालाई कल्कलाउँदो उमेरमा आफैले आगो लगाउनु पर्दा कसरी चित्त बुझाओस् ! “उसको आमालाई ल्याउनु भएन जेठाबा ?” हर्केले भन्यो । हर्के उर्फ हर्कबहादुर गुरुङ दुई वर्षअघि कुवेत पुगेको हो । विकाशलाई तीन महिना अगाडि उसैले तानेको थियो र आफ्नो कम्पनीमा काममा लगाएको थियो । उसलाई पछुतो लागिरहेको थियो विकाशलाई कुवेत ल्याएकोमा । यदि विदेश नआएको भए यस्तो हुदैनथ्यो कि– उसको मनमा बारम्बार यही कुरा आइरहन्थ्यो । लाखौं नेपाली काम गरिरहेको ठाउ“मा आफ्नै मान्छे यसरी पर्ला भन्ने के थाहा ? त्यसो त खाडीमा गएर उसले केही कमाएकै हो, दुई वर्षको अन्तरमा उसले घरव्यवहार चलाउँदा र विदेश जाँदा लागेको सबै ऋण तिरेर पनि घरमा ढुङ्गाको छानो पनि लगाउन सक्यो । “लौ न हर्के विकाशेलाई त्यतातिर तान्न प¥यो । केटो खाइलाग्दो छ, इमान्दार छ, यहाँ काम नभएर हल्लेर खाइरहेको छ । उसको घरको अवस्था तलाई थाहै छ । एक पटक विदेशतिर जान पायो भने त्यसको त कल्याण नै हुन्थ्यो ।” जेठाबाको अनुरोधलाई स्वीकार गरेर उसले विकाशलाई तानेको थियो । ऊ पनि कहाँ अनभिज्ञ थियो र विकाशको घरको अवस्थाबाट, आफ्नो जग्गा जमिनको उब्जनीले तीन महिना खान पु¥याउन धौ धौ थियो । उसको वाबुले निमेक गरेर, ‘भारी बोकेर परिवार पालिरहेका थिए । दुःखजेलो गरेर पनि विकाशलाई १० कक्षासम्म पढाएको हो, घरको काम पनि भ्याउनु पर्ने, वाबुलाई पनि सघाउनु पर्ने पढाइमा समय दिन सकेन ।  त्यसैले विकाशले एसएलसी पास गर्न सकेन । दुई पटकसम्म जा“च त दिएको  हो तर पास गर्न नसकेपछि जा“च दिन नै छाडिदियो ।’ हर्केले अलिकति विकाशको अतितलाई संझियो । “देखिहालिस् उसको बाबुको त यो हालत छ, आमालाई ल्याएर कसरी फर्काउने, कसरी समाल्ने ।” जेठाबाले भने । “तैपनि एक पटक छोराको अनुहार त देखाउनु पर्ने हो, अब हेर्छु भनेर पाइँदैन ।” हर्केले भन्यो । जेठाबाले केही प्रतिक्रिया जनाएनन् । सायद उनको मौन स्वीकृति र विवशताको मौन अभिव्यक्ति थियो । एकछिनपछि भने– “मलाई त विश्वास नै लागि रहेको छैन विकाशले यस्तो ग¥यो होला भनेर । यो त्यस्तो खालको कमजोर केटो त हैन । कसरी यस्तो भएछ ?” जेठा बाले सोधे । हर्केले लामो श्वास तानेर छाड्यो अनि भन्यो – “खै  जेठाबा ! विश्वास त मलाई पनि छैन तर के गर्ने मान्नै पर्दोरहेछ ।” “किन ?” “त्यो ठाउ“ अन्धकारको जँघार हो, केही बुझ्न सकिन्न, केही मेसो पाइन्न । मुस्लिमहरु कति कट्टर हुन्छन तपाईंलाई थाहै छ, त्यहा“ नेपालको जस्तो कहा“ छ र ! मुस्लिम प्रशासनको कडा कानूनहरु छन् । केही बोल्न पाइदैन, भन्न पाइदैन । त्यहा“ उनीहरुले जे गरे पनि ठीक हुन्छ, विरोध गर्न पाइदैन नत्र ....” ऊ एकछिन चुपलाग्यो अनि भन्यो “... यी नियति यस्तै हुन्छ । घटनास्थलको प्रकृति हेर्दा आत्महत्या नै गरेको हो भन्ने विश्वास लाग्दैन तर के गर्ने त्यहा“को प्रहरीले आत्महत्या गरेको  ठहर गरे ।” “के भन्छ ऊसँग बस्ने साथी ?” “यस्तो लाग्छ उसलाई सबै कुरा थाहा छ, सबै घटना थाहा छ, तर ऊ केही बोल्दैन । एक त आपूmसंँग बस्ने साथी गुमाउनु पर्दाको पीडा होला, अर्को डर होला कतै आपूmलाई पनि.... । केही नबोल्ने धम्की दिएको हुन सक्छ । त्यो अँध्यारोे देशमा देखेर पनि आँखा बन्द गर्नुपर्छ, सुनेर पनि कान बन्द गर्नुपर्छ । खोइ, कताबाट भेट्यो– साँझ अलिकति रक्सी खाएको थियो रे, त्यसपछि के के भयो, बिहान उसको शव वगैँचामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।” “तैले केही थाहा पाइनस् ?” “कसरी थाहा पाउनु ? उसको र मेरो बसाइ अलगअलग छ । उसको साथी केही भन्न चाहँदैन । त्यहाँ केटीको केस सबभन्दा खतरनाक हुन्छ । अरवीहरु कुनै विदेशीले आफ्नो छोरीचेलीहरुलाई नजर लगाएको देखिसहँदैनन् । अर्को उनीहरुसंँगको विवाद पनि जोखिमपूर्ण हुन्छ । गल्ती उनीहरुकै भए पनि त्यहा“को प्रहरी, त्यहाँको कानून उनीहरुकै पक्षमा हुन्छ, हामीले न्याय पाउदैनौँ, न्याय खोज्नै सक्दैनाँैं । रक्सीको नशामा कुनै विवाद भएछ कि केही थाहा ?” हर्केले भन्यो । उसको लासलाई शववाहनले आर्यघाटसम्म पु¥याइदिने भयो । चारजना शववाहनभित्र बसे । वाबु चाहिँलाई ट्याक्सीमा राखे, अरु चार जना पनि ट्याक्सी भित्र बसे । अरु ८÷१० जना मान्छेहरु गौशाला विमानस्थलबाट आर्यघाटसम्म हिडेर जाने भए । शववाहन र ट्याक्सीलाई घाटतिर पठाएर अरुसंँगै जेठाबा र हर्के पनि घाटतिर हिडे । “कम्पनीले केही दियो ?” जेठाबाले सोधे । “दुर्घटना भएको भए कम्पनीले क्षतिपूर्ति वापत् केही रकम दिन्थ्यो । यो आत्महत्या ठहर भयो । यसमा वीमा कम्पनीले व्यहोर्छ । लासलाई यहाँसम्म ल्याउन दुईलाख खर्च भएको कागज दिएको छ । शववाकसलाई मात्र कम्पनीले असी हजार तिरेको छ । अरु केही दिएन । मात्र उसको एक महिनाको तलव ६०० रियाल र नेपालीहरुबाट सहयोग जुटाएको १५०० जुटाएर यहाँ आइपुगेको छ । त्यसभन्दा बढी जुटाउन सकिएन ।” “एक्काइस सय” जेठाबाले मन मनै हिसाब गरे – “जम्मा चालिस बयालिस हजार हुन्छ । जा“दा लागेको ऋण मात्रै सत्तरी हजार छ, अब कसरी तिर्छ त्यो गरीबले ।” उनले मन मनै सोचे । पालो पर्खाइमा रहेको विकशको लास जलाउने पालो आयो । चिता तयार हुँदै थियो । घाटमा लाग्ने खर्च सबैले अलिअलि गरेर जम्मा गरिदिए । चिता तयार भएपछि विकाशको लासलाई चितामा सुताइयो । जेठाबा भने अतिततिर फर्कदै थिए – “बाहिरतिर जान्न जेठाबा, म त पार्टीतिर लाग्ने हो ।” विदेशको कुरा उठाउ“दा एक दिन विकाशले भनेको थियो । घरको त्यो अवस्थामा सवै कुरा त्यागेर पार्टीमा लाग्ने कुरा गर्छ !– एक मन त हकाराैँ जस्तो पनि लागेको थियो उनलाई तर कतै गलत आरोप लाग्ला कि भनेर उनले हकारेनन् । उनले घरको स्थिति देखाउदै निकै सम्झाएर विदेश जानका लागि राजी गराए । ऊ बेलाबेलामा प्रशासनले अनाहकमा दुःख दिएकोमा असन्तुष्ट थियो र बदला लिनका लागि पनि पार्टीमा लागेर मोर्चामा लड्ने विचार गर्दै थियो । “मुक्तियुद्धपछि गरिबी सबै छुमन्तर भइहाल्छ – उसको यस्तै कल्पना थियो । उसलाई घरको तत्कालको समस्या समाधान गर्नका लागि तयार बनाउन निकै सम्झाउनु परेको थियो । जाने दिन निधारमा रातो अक्षताको टीका, गलामा पूmलको माला लगाएर आँगनमा उभिदै उसले भनेको थियो – “हस्त त जेठाबा, अब म लागेंँ । बा आमाको ख्याल गरिदिनु होला । अब दुई तीन वर्षपछि भेटौँला । भाइ बरालिएर हिड्न खोज्ला, गाली गरिदिनु होला । आफूले पढ्न नसके पनि त्यसलाई चाहिँ पढाउनु पर्छ । म उताबाट पैसा पठाइहाल्छु । बा’लाई पनि बढी चिन्ता नलिन भन्नुहोला ।” त्यस दिन ऊ अरुदिन भन्दा समझ्दार कुरो गर्दै थियो । एकदिन विकाशको आमा झोक्राएर बसेको देख्दा जेठाबाले भनेका थिए – “किन चिन्ता लिन्छ्यौ कान्छी ? कमाउन ठाउँमा पुगेको छ । ” “तैपनि जेठाबा यो आमा बाबुको मन, सन्तानलाई सधैं सानै देखिदो रहेछ । कहाँ बसेको छ, कसरी बसेको छ, के खाएको छ, चिन्ता लागि रहदो रहेछ ।” “खुट्टा लागेको छोराको पनि चिन्ता गरेर हुन्छ । चिन्ता गर्न छाडिदेऊ । तिम्रो पनि अब दिन फिर्ने भए । विकाशे दुई चार वर्ष उतैतिर बसेर कमाउछ, यता भाइलाई पढाउँछ पनि, घर व्यवहार मिल्दै जान्छ, घरमा टिनको छाना हाल्यो, अलिकति जग्गा किन्यो अनि भने जस्तो भैहाल्छ । ऊ फर्केपछि सुशील केटी खोजेर विवाह गरिदियो, तिमी बुहारी कज्याएर बस्न पाइहाल्छौं ।” उनले सम्झाएका थिए । “त्यो त हो जेठाबा तर खै सपनाहरु बिग्रीरहन्छन ।” विकाशकी आमाले भनेकी थिई । के थाहा उनलाई आज यस्तो दिन देख्नु पर्छ भनेर ! बाबु चाहिँले चितालाई तीन पटक परिक्रमा ग¥यो र चितामा आगो झोस्यो । घाटे ब्राम्हणले चितामा घ्यू चिनी थप्दै लास जलाउन थाल्यो । चिता भर्भराउदै बल्दै थियो । मलामीहरु निर्निमेष भावमा चिता बलेको हेरिरहेका थिए । चिताको आगोसँंगै ऋण तिर्ने सपना, भाइलाई पढाउने सपना, घर छाउने सपना जग्गा जमिन जोड्ने सपना सब सपनाहरु जलिरहेका थिए । पारीपट्टि पशुपतिका भक्तजनहरु भजनमा झुमिरहेका थिए, मानौँ त्यहा“ केही भएकै छैन– दुई दिनका पाहुना हौँ हामी यो संसारको नाट्यशालामा .......................... ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies