Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

किन चर्कियो टिकापुर आन्दोलन ?

\"Tharuhat\"काठमाडौं । काठमाडौंका कोठे बैठकमा प्रमुख राजनीतिक दलका नेताहरुले संघीय प्रदेशको कित्ताकाट गरेपछि कैलाली र कञ्चनपुरसहितका थारु बहुलक्षेत्रमा तीव्र असन्तुष्टी रहँदै आएको थियो । सोही असन्तुष्टी र नेताहरुको स्वार्थ जोडिंदा सोमबार कैलालीको टिकापुरमा भएको थारु र प्रहरीबीचको झडपमा ७ प्रहरी र एक नाबालक मारिएका हुन् । थारु बहुल क्षेत्रलाई पहाडसँग जोडेर सिमांकन गरिएको भन्दै उनीहरुले छुट्टै थारु प्रदेशको माग दुई सातादेखि जारी राख्दै आन्दोलनरत थिए । कांग्रेस, एमाले, एमाओवाद र फोरम लोकतान्त्रिकबीच ६ प्रदेशको सीमाकंनमा सहमति जुटे लगत्तै दुई सातोदेखि थारुहरु यस्तो मागमा थिए । चार दलको निर्णयमा असन्तुष्ट पश्चिमका सुर्खेत र कर्णालीको मागलाई सम्बोधन गरिए पनि उस्तै माग लिएर आन्दोलनरत थारुहरुको मागमा सम्बोधन नभएपछि थारुहरु झन् असन्तुष्ट बनेका हुन् । पछिल्लो समयमा झन सात प्रदेशमा सहमति भएपछि थारुहरु झनै असन्तुष्ट बन्न पुगेका थिए । त्यसपछिका आन्दोलन झन् उग्र बन्दै गएका छन् । थारु समुदायको यस्तो आन्दोलनमा कांग्रेस, एमाले, एमाओवादी, थारु पार्टी र मधेसी दलहरुको मधेसी मोर्चाको साथ र संलग्नता छ । उनीहरुले कैलाली, दाङ, बाँके, बर्दियासहितका स्थानमा प्रदर्शन र आन्दोलन गरिरहेका छन् । थारु सभासद् संघर्ष समिति, थारु कल्याणकारिणी सभा, थरुहट संयुक्त संघर्ष समिति, मधेसी मोर्चाका नाममा यसरी तराईका विभिन्न जिल्लामा पहिचान सम्बोधन हुनुपर्छ भन्दै आन्दोलन भइरहेको हो । आफ्नो मागलाई बेवास्ता गरिँदै सिमा निर्धारण गरेको भन्दै थारु नेताहरुको बैठकले आन्दोलन शान्तिपूर्ण भए पनि प्रहरीले घेरा हाल्दा कैलालीको टीकापुरमा प्रतिकार भएको निष्कर्ष निकालेका छन् । लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष सभासद रुक्मिणी चौधरीले सरकारी कार्यालयमा थरुहटको बोर्ड राख्न खोज्दा प्रहरीले घेरा हालेको र त्यसको प्रतिकार गर्दा अनपेक्षित घटना भएको दाबी गरिन् । ७ प्रदेशमा भएका सहमतिप्रति असन्तुष्ट देखिएका फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले पनि राज्य पक्षकै कारण कैलालीमा दुखद् घटना घटेको बताए । गच्छदारले घटनालाई ‘राज्य संचालनको गैरजिम्मेवार व्यवहारको परिणती’ भनेका छन् । ‘मैले जे नहोस् भनेर तीन दलका नेताहरूलाई पहिल्यै सम्झाएको थिएँ, आखिर त्यही भएरै छाड्यो,’ गच्छदारके भनार्इ उद्धृत गर्दै फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले भने, ‘हामीले हिंसा चाहेका छैनौं, राज्यले संयम देखाओस् ।’ टीकापुरमा अमरेश, उपेन्द्र र महतोको यस्तो थियो उर्दी दुई हप्ता अघि नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका राजेन्द्र महतोले कैलालीको टिकापुरमै पुगेर पहाडे समुदायविरुद्ध जाइलाग्न निर्देशन दिएका थिए । उनीहरुको सार्वजनिक अभिव्यक्तिपछि वर्षौदेखि मिलेर बसेका थारु र पहाडियाबीच सद्भाव विथोल्न खोजेको भन्दै संसदमा उनीहरुको आलोचना भएको थियो । आइतबार मात्र लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष सभासद रुक्मिणी चौधरीले संसदमा खुँडा, भालाले प्रतिकार गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएकी थिइन् । त्यसको भोलिपल्टै टीकापुरमा उच्च अधिकारीसहित प्रहरीका सात र एक नाबालकलाई आक्रमण गरी हत्या गरियो । गैह्र जिम्मेवार देउवाहरु कुनै हालतमा कैलाली कंचनपुरलाई थरुहट राज्य बनाउन तयार नभएका कांग्रेस नेता शेरबहादुर देउवा र उनलाई गतिलो साथ दिंदै आएका एमाले नेता भीम रावल, एमाओवादी नेता लेखराज भट्टहरुको अडानका कारण पनि थारुहरुको माग सम्बोधन हुन नसकेको नेताहरुको भनाई छ । कांग्रेस र एमालेभित्रै ‘सुर्खेतबासी र कर्णालीका माग सम्बोधन गर्ने तर, थारुहरुलाई बेवास्ता गर्न नमिल्ने’ भन्दै माग उठे पनि देउवाहरु टसमस भएनन् । केही दिनअघि मात्र शिर्ष नेताहरुको बैठममा देउवाले ‘थारुहरुलाई रौं पनि दिन नसकिने’ भन्दै बैठकबाट उठेर हिँडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies