Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमाओवादीमा चर्काचर्की : बाबुरामको पार्टी छोड्ने र अनन्तको विद्रोहको चेतावनी

\"parisdada-400\"काठमाडौं । बहुपहिचान, प्रदेशको संख्या, शासकीय स्वरुप जस्ता विषयमा एकपछि अर्को गर्दै आफ्ना अडान छोडेको भन्दे एमाओवादीमा तीव्र विवाद र चर्काचर्की भएको छ । १४, ११, ८ हुँदै ६ प्रदेशमा आएको तर, बहुपहिचानको मुद्दा नै छोडेको भन्दै एमाओवादीका युवा नेताहरु पार्टी नेतृत्वविरुद्ध खनिएका छन् । जनताको लागि लडेको पार्टी एकथान संविधानकै लागि एकपछि अर्को गर्दै कांग्रेस र एमालेसामू घुँडा टेक्ने र सम्झौता गर्न तयार भएको भन्दै युवा नेताहरु वर्षमान पुनः अनन्त, जनार्दश शर्मा प्रभाकर, हरिबोल गजुरेलसहितले ‘अब माओवादीकै एजेण्डा बाँकी रहेन’ भन्दै विद्रोह गर्ने चेतावनी दिएका छन् । संविधानको मस्यौदादेखि दलबीच पछिल्लोपटक भएको भनिएको ६ प्रदेशको संघीयतामा माओवादीले उठाएको एजेण्डा कहीँनेर पनि नदेखिएको भन्दै सदस्यले नेतृत्वलाई घुँडा नटेक्न सुझाएको एक नेताले जानकारी दिए । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले असहमतिलाई थाती राखेर भए पनि संविधानलाई टुंगोमा पुर्याउनु एमाओवादीका लागि बाध्यात्मक भएको बताउँदै गर्दा अनन्तले बीचमै उठेर प्रति प्रचण्डको भनाईको प्रतिवाद गरेका थिए । हाइकमाण्डको बैठकमा प्रचण्डले सहमति गरेर जानुपर्यो के भनेका थिए, बीचमै उठेर जंगिदै अनन्तले भने, ‘तपाईंहरुले नै भनेको बहुपहिचानको ६ प्रदेशको अडान र मुद्दा खोई ?’ उनी नेतृत्वविरुद्ध नै खनिएपछि प्रचण्डले सम्झाउने प्रयास स्वरुप कुरा त सुन्नुस् भन्दै ‘हाम्रो सामू राजनीतिक कोर्षलाई अघि बढाउन सम्झौता गरेर जानुपर्यो’ भन्दै गर्दा पनि अनन्त झन् आगो भए ।
प्रचण्डकै शैलीमा आफूलाई बाध्यात्मक अवस्था आएको बाबुरामले बोल्न नपाउँदै अनन्त पुनः कड्कन पुगे । ‘तपाईंहरुले एकपछि अर्को गर्दै एजेण्डा छोड्ने हो भने हामी पार्टीमा विद्रोह गर्छौ
‘माओवादीलाई फसाउने खेल हुँदा पनि हामीले बहुपहिचानका मुद्दा किन छोड्नुपर्यो ? अब हाम्रा पुराना मुद्दा र एजेण्डमा दायाँबायाँ गर्न पाइदैंन ।’ पुनको आपत्तिमा गजुरेल, शर्मा, नन्दकिशोर पुनले पनि बहुपहिचानको ६ प्रदेशबाट पार्टी पछाडि फर्कन नहुने बताए । युवा र जिम्मेवार नेताहरु नै आगो भएर पुराना अडान नछोड्न दबाब दिएपछि बैठकमा बाबुराम भट्टराई उनीहरुलाई सम्झाउन अघि सरे । प्रचण्डकै शैलीमा आफूलाई बाध्यात्मक अवस्था आएको बाबुरामले बोल्न नपाउँदै अनन्त पुनः कड्कन पुगे । ‘तपाईंहरुले एकपछि अर्को गर्दै एजेण्डा छोड्ने हो भने हामी पार्टीमा विद्रोह गर्छौ ।’ संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, धर्मका विषयमा नेतृत्व झुकेको भन्दै बैठकमा अधिकांश सदस्य नेतृत्वविरुद्ध खनिन थालेपछि भट्टराईले यस्तै हो भने म पार्टी र संवाद समितिको सभापतिबाटै राजीनामा दिन्छु भनेका थिए ।
उपेक्षित, उत्पीडित, आदिवासी, दलित, महिला, मधेसीका लागि लडेको पार्टी आफ्ना पुराना अडान छोड्दै नाटकीय रुपमा सहमति गर्दै अगाडि बढेको भन्दै उनीहरु नेतृत्वविरुद्ध खनिएका हुन्
तर, सदस्यहरुले पार्टीबाट राजीनामा वा संवाद समितिबाट राजीनामाले फरक नपर्नेभन्दै आफू लड्दै आएको मुद्दा महत्वपूर्ण भएको बताएका थिए । अर्का नेता जनार्दश शर्माले पनि माओवादीका नेताहरुले पदसँग एजेण्डा साट्न नहुने बताए । टोपबहादुर रायमाझीसहितका केही नेता लुम्बिनी टुक्राउन पाइदैंन भन्दै संघीयता विरोधी हुँदै कांग्रेस र एमालेको कित्तामा उभिंदै हस्ताक्षर अभियान चलाएकोमा समेत सदस्यहरुले तीव्र विरोध जनाएका थिए । उपेक्षित, उत्पीडित, आदिवासी, दलित, महिला, मधेसीका लागि लडेको पार्टी आफ्ना पुराना अडान छोड्दै नाटकीय रुपमा सहमति गर्दै अगाडि बढेको भन्दै उनीहरु नेतृत्वविरुद्ध खनिएका हुन् । शीर्ष बैठकमा प्रचण्ड एक्लै सहभागी भएकोप्रति पनि केही सदस्यहरुले विरोध जनाएका थिए । कांग्रेस र एमालेबाट शीर्षसहित अरु नेता सहभागी भए पनि माओवादीबाट शीर्ष नेता मात्रै सहभागी हुन नहुने उनीहरुको भनाई थियो । माओवादीमा नेता नारायणकाजी श्रेष्ठले पनि कांग्रेस एमालेको कुरा मान्दै जाँदासमेत संविधान निर्माणमा उनीहरुबाटै अडान राख्ने र अर्कोतिरको विवाद झिकेको आरोप लगाएका छन् । यस अघि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा विवाद भए पनि यो मिल्दै गर्दा फेरि अखण्ड लुम्बिनी, अखण्ड अर्को के भन्दै माओवादीलाई गलाउने भएको भन्दै सदस्यहरुले १६ बुँदे र यस अघिका सहमति सम्झौताबाट पछाडि नफर्कन नेतृत्वलाई सुझाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies