/  Mon, June 26, 2017

जाजरकोटको सोह्र हजार हेक्टर जमिन पानी नपर्दा बाँझै

banjho१ असार, जाजरकोट ।  जाजरकोटमा करिब सोह्र हजार हेक्टर जमिन बाँझै रहेको छ । समयमा पानी नपर्दा यहाँको ९० प्रतिशत खेती योग्य जमिन बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।

आकाशे पानीको भरमा रहेको यहाँको अधिकांश जमिन पानी नपर्दा बाँझै भएको हो । वैशाखमा लगाईसक्नु पर्ने मकैबाली पानी नपर्दा अहिलेसम्म लगाउन नपाएको नायकवाडाका किसान प्रेमविक्रम शाहीले जानकारी दिए । जाजरकोटको प्रमुख वर्षे बाली भनेकै मकै खेती हो ।

किसानले आकाशे पानीको भरमा खेती लगाउने गर्दछन् तर जाजरकोटमा दुई महिनादेखि वर्षा भएको छैन । वैशाखको पहिलो सातातिर एकपटक पानी परेको थियो । त्यही पानीमा रोपिएको मकै पनि केही दिनमै फौजी किराले सखाप पारेपछि जमिन बाँझै रहेको सक्लाका डिल्ली रावलले दुखेसो पोखे ।

समयमा पानी पर्दा बाली सप्रिए पनि खाद्य संकटले सताईरहने जाजरकोटमा आगामी दिनमा भने खाद्य संकट बढ्ने अनुमान छ ।  जिल्लाका उत्तरी उच्च भुभागमा मकै खेती गर्ने समय घर्की सकेको तर जिल्लाका दक्षिणी भेगमा भने अरुण २ जातको मकै असारको पहिलो हप्तासम्म रोप्न सकिने वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले  जानकारी दिए ।

जाजरकोटको १६ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । यस वर्षको लामो खडेरीका कारण जिल्लामा खाद्यान्नको चरम संकट पर्ने भन्दै जिल्ला खाद्य व्यवस्था समितिले सरकारसँग खाद्य संस्थान मार्फत विशेष कोटामा खाद्यान्न पठाउन माग गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोइ मोनोरेल ! महानगरको निर्णयः आफैंलाई मोबाइल किन्ने र भत्ता तोक्ने

खोइ मोनोरेल ! महानगरको निर्णयः आफैंलाई मोबाइल किन्ने र भत्ता तोक्ने

काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगरपालिकाको...   
रोनाल्डोको गोलमा पोर्चुगल विजयी

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

काठमाडौं, ८ असार । स्टार स्ट्राइगर क्रिष्टियना रोनाल्डोले गरेको एकमात्रै १ गोलले रुसमा जारी कन्फिडरेशन...   
रुदानेको जिवनीमा आधारित फिल्मको फस्ट लुक सार्वजनिक

रुदानेको जिवनीमा आधारित फिल्मको फस्ट लुक सार्वजनिक

फष्ट लुक काडमाडौं । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र...   
पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो

पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो

काठमाडौं, ७ असार । चालु आर्थिक वर्ष समाप्त हुन २४ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित...   
हामी जितेर रोल्पा जिल्लामा जनसत्ता चलाउँछौ– पूर्ण केसी

हामी जितेर रोल्पा जिल्लामा जनसत्ता चलाउँछौ– पूर्ण केसी

उम्मेदवारी दर्ता पनि भइसक्यो, कस्तो छ रोल्पामा चुनावी माहौल ? चुनावी उत्साह राम्रो छ । गाउँगाउँमा बेग्लै...   
‘एमालेका निर्देशनमा माओवादी उम्मेदवारको हत्या’–माओवादी

‘एमालेका निर्देशनमा माओवादी उम्मेदवारको हत्या’–माओवादी

संखुवासभा, ५  असार । उम्मेदवार मनोनयनकै दिन संखुवासभामा एक माओवादी केन्द्रका उम्मेदवारको हत्या भएको...   
रोल्पामा माओवादीले खाता खोल्यो, थवाङमा निर्विरोध निर्वाचित

रोल्पामा माओवादीले खाता खोल्यो, थवाङमा निर्विरोध निर्वाचित

लिवाङ, ५ असार । रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन्...   
रुकुममा वडाध्यक्ष बाहेक सबै सदस्य माओवादी केन्द्रका निर्विरोध निर्बाचित

रुकुममा वडाध्यक्ष बाहेक सबै सदस्य माओवादी केन्द्रका निर्विरोध निर्बाचित

रुकुम, ५ असार । रुकुमको भुमे गाउँपालिका वडा नं. ७ मा वडाअध्यक्षबाहेक सबै पदमा नेकपा माओवादी केन्द्रका...   
भारतलाई हराउँदै जित्यो पाकिस्तानले च्याम्पियन्स ट्रफी

भारतलाई हराउँदै जित्यो पाकिस्तानले च्याम्पियन्स ट्रफी

काठमाडौं, ५ असार  । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको...   
रेणुमाथि गाली गर्नेलाई महिला संघको नछोड्ने चेतावनी

रेणुमाथि गाली गर्नेलाई महिला संघको नछोड्ने चेतावनी

काठमाडौं, ४ असार । अखिल नेपाल महिला संघ क्रान्तिकारीले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top