/  Fri, November 16, 2018

यसरी सफल भइन्, लोकगायिका मुना थापा मगर

  • चैत ९ गते, २०७१ - १४:२८

लजाईलजाई मञ्चमा उक्लेकी उनले त्यसयता कहिल्यै तल झर्नुपरेन। एउटी साथीको घाँटीको समस्याले उनलाई उकाल्यो मञ्चमा ।

मञ्चको सहारामै काठमाडौं आइपुगिन् उनी । काठमाडौंले उनलाई नाम दियो । नामले उनलाई गीत दियो ।

सम्झिन्छिन्– ‘आम्मै ! सुरुसुरुका दिनमा दुःख त कति हो कति ।’ तर, आज अरु दुःख छैनन्, पाएको चर्चा जोगाउने दुःखबाहेक ।

‘मैले मन पराएकी छु…’

– लैनचौरको जाममा बालाजु यातयात उनकै गीत बजाएर उघ्राइरहेको थियो ।

मलाई उनीसँग भेट्नु थियो । भनेकी थिइन्– व्यस्त छु । काठमाडौंको जाममा उनी छुटिन् भने के हुन्छ ! उनलाई भेट्दा एक हरफ गाउन लाउँला भनीठानें । उही बालाजु यातायातले घन्काएको गीत, उनकै मुखबाट अर्थात् मुना थापा मगरकै मुखबाट ।

000

_91A6082-600

भेट भयो ।
छ्याप्छ्याप्ती छन् उनका फोटा । ‘गुगल’ नै उनकै झैं लाग्छ । जानुअघि ‘सर्च’ गरेको थिएँ । यसअघि भेट नभए पनि चिन्न कुनै पहिचान चाहिएन् ।

फुकाइयो कुराकानीको पोयो । सोह्रखुट्टेको फास्टफुड क्याफेमा । चर्चित गायिका मुना लजाएजस्तो लाग्यो । खासमा उनीसँग म झन् अप्ठ्यारोमा थिएँ । उस्तै पहाडिया मगरपन । तर, मसिनो लवज ।

र, सुरु भयाे कुराकानी…

गोरखा,सिलिङ लामाछापको सामान्य किसान परिवारमा जन्मिएकी मुना थापा मगरले गीत गाउन थालेको झन्डै १३ वर्ष भएछ । तनहुँको आँबुखैरेनीस्थित सत्रसय भन्ने ठाँउमा साथीको घाँटीमा समस्या देखिएपछि मञ्चमा पहिलो पटक उक्लिएकी मुनाले कहिल्यै मञ्चबाट झर्नु परेन । यस्ता मञ्चहरु उक्लने क्रममा उनले गायनको त्यो स्थान हासिल गरिन्, जहाँ कुनै समय लोकदोहोरीमा बीमाकुमारी दुरा, विष्णु माझीहरु आसिन थिए ।

सामान्य मानिसका मसिना कुराहरुलाई आफ्ना गीतमा उनेर मधुर स्वरको लेपन लगाउन सिपालु यी गायिकालाई दर्शकले हेर्ने नजर पनि उस्तै छ । जीवनका दैनन्दिन घटनाहरुलाई गीतिलयमा ढालेर श्रोतामाझ पुर्‍याउने मुनाको हालको जीवन पनि कम संगीतमय छैन ।

दुःखका दिनहरुमा पनि नआत्तिईकनै गायनक्षेत्रमा निरन्तरता दिइरहेकी मुनाले हालसम्म झन्डै तीन सय गीतमा स्वर भरिसकेकी छन् ।

मुना जीवनको पहेली

छिरिङ लामाछापबाटै मादलको झन्कार र दोहोरीको लय सुन्दै हुर्किएकी मुनालाई अझै पनि ती दिनका संगीतमय सम्झनाहरु स्मरणमा जस्ताको तस्तै छन् । आफ्नी फुपुका साथ डाँडाकाँडा डुल्दै दोहोरी कार्यक्रमहरुमा पुग्ने उनमा त्यसबेला सपना थियो– ‘मैले पनि मज्जाले फुपुकै जसरी गाउँन पाए….!’

कुराकानीको क्रममै मुनाले सम्झिइन् आफ्नी फुपुलाई– ‘मेरी फुपु गीत गाउन निक्कै सिपालु । फुपुको पछि लाग्दालाग्दै मलाई पनि गायनमा रस बस्यो । मैले मेरो गायनयात्राको सुरुआत त फुपुसँगै गरेकी हुँ ।’

‘मलाई पहिलो दिन गीत गाउन मञ्चमा उकाल्ने अनि पछिसम्म सहयोग र साथ दिने मान्छे भेना नै हुन् । उहाँको भूमिका, प्रेरणा र प्रोत्साहन नभइदिएको भए शायद मैले यहाँसम्मको यात्रा गर्न सक्ने थिइँन ।’

गीतहरुसँग खेल्दै, हुर्किंदै र मेलापात गर्दै विभिन्न कार्यक्रममा पुगेर सामान्य सहभागिता जनाउने बेलासम्म त उनमा कुनै ‘विशेष जिम्मेवारी’ थपिइसकेको थिएन । तर, त्यस्ता दिनहरु बित्दै जाँदा एक दिन उनमा त्यो ‘जिम्मेवारी’ समेत थपियो । अथवा, भनौं– उनको ‘सपनाको दिन’ पनि नजिकै आयो– विना कुनै पूर्वसूचना । ‘जीवन भनेकै मानिसहरुको साथ र सहयोगमा जिम्मेवारी लिने र चुनौतीहरुसँग खेल्ने कुरा नै त रहेछ’– मनको भाव खोलिन् उनले ।

मुख्य श्रेय : करसिंह भेना र फुपुलाई…

त्यही आँबुखैरेनीस्थित सत्रसयबाट थालिएको जिम्मेवारीसहितको गायनयात्रामा उनले झन्डै १३ वर्ष बिताइसकिन् । गायनयात्राको अभ्यासमा बिताएका दर्जन वर्षका सुखमय–दुःखमय मोडहरुमा उनलाई साथ दिए अनेकौं मानिसहरुले । तिनै सहयात्रीहरुका छुटाउनै नमिल्ने नामहरुमध्ये एउटा नाम छ– उनले ‘भेना’ उपनामले सम्बोधन गर्ने करसिंह थापा ।

_91A6087-600अतीतका दिनहरु सम्झँदै मुना भन्छिन्– ‘मलाई पहिलो दिन गीत गाउन मञ्चमा उकाल्ने अनि पछिसम्म सहयोग र साथ दिने मान्छे भेना नै हुन् । उहाँको भूमिका, प्रेरणा र प्रोत्साहन नभइदिएको भए शायद मैले यहाँसम्मको यात्रा गर्न सक्ने थिइँन ।’

आँबुखैरेनीमा मञ्चमा उकाल्ने मात्र नभई करसिंहले मुनालाई काठमाडौं आउन तथा एल्बम् निकाल्न पनि उत्तिकै प्रेरित, प्रोत्साहित र ‘सपोर्ट’ गरिरहे । आफ्नो प्रेरणामा भविष्यकी एउटी चर्चित गायिकाको जीवन लुकेकोमा विश्वस्त रहेछन् भेना थापा । उनले नै सिकाए मुनालाई काठमाडौं आएर संघर्ष रोज्न ।

‘मैले आज गाउँने गीतहरु मैले मेरै बाल्यकालबाट सापटी ल्याएका खजानाहरु हुन्’, बाल्यकालको गाँउले जीवन सम्झँदै उनी भन्छिन्– ‘किनभने त्यसबेला लोकगीत गाउँपाखामा गाइन्थ्यो । गाउँमा रोधी बस्ने चलन हराउँदै गएको भए तापनि हामी पूजा, ब्रतबन्ध तथा बिहेका अवसरलाई भरपूर सदुपयोग गर्न चुक्दैनथ्यौं ।’

संघर्षका ती दिनका अनेकौं यादहरु संगालेकी छन् उनले । ‘मैले आज गाउँने गीतहरु मैले मेरै बाल्यकालबाट सापटी ल्याएका खजानाहरु हुन्’, बाल्यकालको गाँउले जीवन सम्झँदै उनी भन्छिन्– ‘किनभने त्यसबेला लोकगीत गाउँपाखामा गाइन्थ्यो । गाउँमा रोधी बस्ने चलन हराउँदै गएको भए तापनि हामी पूजा, ब्रतबन्ध तथा बिहेका अवसरलाई भरपूर सदुपयोग गर्न चुक्दैनथ्यौं ।’

तिनताका रंगीन टिभी हेर्न नपाइए पनि सादा (ब्लाक एन्ड ह्वाइट) टिभीमा शिला आले र राजु परियारलगायतका गीतहरु हेरेर–सुनेर आफूले तिनको बारम्बार अभ्यास गर्नेगरेको सुनाउँदै उनले भनिन्– ‘एक दिन उनीहरुकै ठाँउमा पुग्न पाए हुन्थ्यो भन्ने सपना मैले त्यतिबेलै देखेकी थिएँ ।’

शिला आले र राजु परियारलगायतका गीतहरु हेरेर–सुनेर आफूले तिनको बारम्बार अभ्यास गर्नेगरेको सुनाउँदै उनले भनिन्– ‘एक दिन उनीहरुकै ठाँउमा पुग्न पाए हुन्थ्यो भन्ने सपना मैले त्यतिबेलै देखेकी थिएँ ।’

सानो छँदाका ती सपना आज पूरा भए त ? खबरडबलीको जिज्ञासामा मुना बोलिन्– ‘ती सपना आंशिक रुपले पूरा भए नै तर यतिले मात्रै मैले आफ्ना दर्शक र श्रोताप्रतिको कर्तव्य पूरा गर्न सकेकी छु भन्नेचाहिँ लाग्दैन ।’

आखिर कस्तो हुनेरहेछ त दर्शक–श्रोताको भोक ? शायद उनले मनमनै सोच्दै थिइँन्– यो पनि हाम्रो पेटजस्तै न हो !

खाने थाल सापटी, तन्नाबिनै ओछ्यान

गाँउबाट राजधानी सहरको यात्रा तय गर्नु उनका लागि सहज थिएन । एउटी गाउँले छोरीमान्छे, त्यो पनि अरु काम गर्न नभई गायिका बन्ने भोकमा राजधानीतर्फ पाइला चाल्दै छे ! तर, के संघर्षविनै मान्छेलाई यो स्थान त्यत्तिकै हासिल हुन्छ र ?

मुना भन्छिन्– ‘हामी भनेका मध्यमवर्गीय परिवारका मान्छे हौं । छैन भनौं भने केही त छ तर छ भनौं भने पनि खास केही छैन । यस्तो अवस्थामा भविष्यको रेखा कोर्न आफैं दलिनु, घिस्रिनुको अर्को कुनै विकल्प नै थिएन ।’

_91A6096-600उनी काठमाडौं छिरेको १० वर्ष लाग्यो । बितेका ९ वर्षका सजिला थिएनन् । सुरुआती दिनहरुमा उनले के नै पो गरिनन् र ! राजधानी छिरेपछिका दुई महिना उनले शकुन्तला थापाको कोठामा ‘रुम पार्टनर’ भएर बिताइन् । शकुन्तलालाई उनी अहिले पनि सम्झिरहन्छिन् र आफ्नै दिदी ठान्छिन् ।

समयले उनलाई दिदी शकुन्तलासँगबाट अलग्यायो । छुट्टिएर अर्को कोठा त लिइन् तर कोठामा भात खाने थाल समेत नहुँदा सधैं छिमेकी दिदीसँग माग्नुपरेका दिनहरुको सम्झनाले उनलाई अहिले पनि दुःखित तुल्याउँछन् । ती दिनका स्मरणहरु उनलाई आफ्नो उतारचढावमय जीवनको भित्तामा झुन्ड्याइएका तस्बिर झैं लाग्छन् ।

छिमेकी दिदीले त्यसबेला सापटी दिएको थाल पछि आफूले कमाएपछि किनेर फिर्ता दिएको उनले सुनाइन् । त्यसबेला आफूसँग तन्ना किन्ने पैसा नभएकाले लामो समयसम्म डसनामाथि मात्रै सुत्नुपरेको पीडादायी अतीत सुनाउन पनि उनी चुकिनन् ।

छिमेकी दिदीले त्यसबेला सापटी दिएको थाल पछि आफूले कमाएपछि किनेर फिर्ता दिएको उनले सुनाइन् । त्यसबेला आफूसँग तन्ना किन्ने पैसा नभएकाले लामो समयसम्म डसनामाथि मात्रै सुत्नुपरेको पीडादायी अतीत सुनाउन पनि उनी चुकिनन् । ती दिनहरुले आफ्नो जीवनको परीक्षा लिइरहे झैं लाग्थ्यो उनलाई ।

म उही मुना हुँ, धरातल बिर्सन्नँ

जे–जस्ता कठिनाइमा पनि हरेश नखाई निरन्तर गायनयात्राको प्रयासले अन्ततः उनी सफल गायिकाहरुको सूचीमा दरिन सफल भइन् । गायनयात्राको सफलताले उनको आर्थिक अवस्थालाई नयाँ धरातलमा उकास्यो । ‘तर पनि मुनाले आफ्नो धरातल र हैसियत कहिल्यै बिर्सन्न, यो सधैं उही मुना नै हो’– उनी भन्छिन् ।

गायनयात्राको सफलताले उनको आर्थिक अवस्थालाई नयाँ धरातलमा उकास्यो । ‘तर पनि मुनाले आफ्नो धरातल र हैसियत कहिल्यै बिर्सन्न, यो सधैं उही मुना नै हो’– उनी भन्छिन् ।

राजधानीका सुरुआती दिनहरुमा मुनालाई गलाको अभ्यास तथा भौतिक आवश्यकतापूर्तिको जोहो गर्न सहयोगी बने काठमाडौंका दोहोरी साँझहरु । त्यो क्रम अहिले ‘निरन्तर’ नभए पनि ‘जारी’ चाहिँ छ । दोहोरी साँझले उनलाई अभ्यस्त हुन सिकायो । र, उनले जीवनकै पहिलो कमाइ पनि दोहोरी साँझबाटै हात पारिन्– चार हजार रुपियाँ । ‘दोभान दोहोरी साँझ’ जहाँ शिला आले र राजु परियारले पनि गीत गाउँथे, त्यो नै मुनाका लागि सफलताको पहिलो खुड्किलो र संर्घर्षको पहिलो अध्याय सिद्ध भयो । त्यही दोहोरीमा काम गर्दागर्दै आफू गीतको रेकर्डिङमा अभ्यस्त हुँदै जान थालेको उनी बताउँछिन् ।

मुना भन्छिन्– ‘काठमाडौं आएलगत्तै मलाई ‘दोभान दोहोरी साँझ’ मा गाउने ‘अफर’ आयो तर मैले मानिनँ । तर, पछि त्यही दोहोरीमा काम गरें । अन्ततः त्यही नै मेरो घरजस्तो भयो र त्यसैलै मलाई काठमाडौंमा हुर्किंन सिकायो ।’

शकुन्तला थापाको ‘जँड्याहा पोई’ भन्ने गीतमा आमाको भूमिकामा गाइन्, जसलाई श्रोताले मन पराए । त्यसै क्रममा एक दिन जाउलाखेलमा रामजी खाँड, शिव हमाल, राजु गुरुङसँग भेट भयो । त्यसपछि उनीहरुको ‘देउरालीको भट्टी पसल’ भन्ने एल्बममा मुनाले गाइन् । त्यही एल्बमका गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो ।

त्यसताका उनले दुईटा एल्बम्मा गीत गाइन्– शकुन्तला थापाको ‘जँड्याहा पोई’ भन्ने गीतमा आमाको भूमिकामा गाइन्, जसलाई श्रोताले मन पराए । त्यसै क्रममा एक दिन जाउलाखेलमा रामजी खाँड, शिव हमाल, राजु गुरुङसँग भेट भयो । त्यसपछि उनीहरुको ‘देउरालीको भट्टी पसल’ भन्ने एल्बममा मुनाले गाइन् । त्यही एल्बमका गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो ।

लोकगीतका पारखीहरुले उनको स्वरलाई चिनिसकेका थिए । उनले गाएका गीतले पनि निरन्तर सफलताको भर्‍याङ चढिरहेका थिए । त्यसपछि उनमा आफ्नै एल्बम निकाल्ने सोच हावी हुन थाल्यो । एल्मब त निकाल्ने तर कसरी ? त्यसका निम्ति पुग्दो आर्थिक स्रोत थिएन उनीसँग । भर्खरै चर्चा कमाउँदैगरेकी गायिकासँग पैसा नहुनु पनि स्वाभाविक नै थियो ।

दाजुको फोन आयो, मेरा पनि मान्छे रहेछन्…

गायनप्रति मुनाको लगनशीलता र उनको स्वरले दूरदेश साउदीमा बस्ने उनका दाइ निकै प्रभावित थिए । एल्बम निकाल्न आफ्नो कमाइबाट २० हजार दिन्छु भन्दै दाजुले फोन गरेको घटना अविष्मरणीय रहेको उनी सम्झिन्छिन् । ‘दाइले त्यसो भन्दै फोन गर्दा मेरो खुशीको सीमै रहेन’, उनले भावुक हुँदै सुनाइन्– ‘मेरो पनि आफ्ना मान्छे रहेछन् भनेर आँखामा आँसु आएको थियो ।’

‘दाइले त्यसो भन्दै फोन गर्दा मेरो खुशीको सीमै रहेन’, उनले भावुक हुँदै सुनाइन्– ‘मेरो पनि आफ्ना मान्छे रहेछन् भनेर आँखामा आँसु आएको थियो ।’

एल्बम निकाल्ने निधो भयो । नाम के राख्ने, निधो हुन सकेको थिएन । त्यसै क्रममा रामजी खाँड र शिव हमालले उनलाई सघाए । एल्बमको नाम ‘छोरी’ राखिने भयो । ‘छोरी’ एल्बममा प्रस्तुत छोरीको बिहेपश्चात माइतीघरलाई सम्झँदै गरिने बिलौना रहेको गीत अत्यन्तै चर्तित भयो–

‘…सिमसिम पानी पछ्यौरी भिजायो
फेरि उनकै मायाले बिझायो
चिसोचिसो हावा सरर
रुमाल फररर…’

त्यसपछि उनले ‘छोरी’ नामकै एल्बमलाई भाग २, ३ गर्दै निकालिन् । सबै एल्बमलाई श्रोताले निकै मन पराए । दर्शकबाट अत्यन्तै मन पराइएपछि अहिले उनलाई विदेश बोलाउनेको पनि घुइँचो छ । यी दस वर्षमा उनले साउदी, कतार, मलेसिया, दुशईसहितका १२ मुलुक घुमेर गीत गाउन भ्याइसकेकी छन् ।

संघर्षमय दस वर्षमा उनले केही पाएकी छन् त केही गुमाएकी पनि छन् । भन्छिन्– ‘मैले केही नपाएको होइन तर दर्शकहरुको मायालाई पूर्णरुपमा साझा तुल्याउन सकेकी छैन । यसबीच मैले मेरा आफन्तहरुलाई समय दिन पनि सकेकी छैन । के गर्ने ! संघर्षमा होमिएपछि सम्झँदासम्झँदै पनि सबै चिज बिर्सन बाध्य हुनुपर्दो रहेछ ।’

अहिले उनले सामाजिक र आर्थिक रुपमा आफूलाई मजबुत गराइसकेकी छन् । यतिबेला पनि उनले आफ्नो जीवनस्तरलाई भड्किलो, रवाफिलो र उत्ताउलो पारेकी छैनन्, सामान्य जीवनलाई नै निरन्तर जारी राखेकी छन् ।

 ‘म आफूलाई सधैं सामान्य मानिस ठान्छु । त्यसैले सामान्य जीवन जिउँने गर्दछु । एउटा स्कुटी किनेकी छु तर तीन पटक लडिसकेकी हुनाले स्कुटीको सट्टा सार्वजनिक गाडीमै हिँड्ने गरेकी छु ।’ सार्वजनिक सवारी साधनमा मानिसले धेरै पटक सोधिसके– ‘तपाईं त गायिका मुनाबहिनी होइन र ?’

मुना भन्छिन्– ‘म आफूलाई सधैं सामान्य मानिस ठान्छु । त्यसैले सामान्य जीवन जिउँने गर्दछु । एउटा स्कुटी किनेकी छु तर तीन पटक लडिसकेकी हुनाले स्कुटीको सट्टा सार्वजनिक गाडीमै हिँड्ने गरेकी छु ।’ सार्वजनिक सवारी साधनमा मानिसले धेरै पटक सोधिसके– ‘तपाईं त गायिका मुनाबहिनी होइन र ?’

                                                                                         000

मुनाको ‘मुनलाइट कथा’ सकेर हिँडें । बाटोभरि उनकै संघर्ष र सफलताको कथामा हराएछु । अफिस हिँडेको मान्छे, अन्तै पो पुगेछु ।

चैत ९ गते, २०७१ - १४:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
शहीद परिवारको घरमा प्रचण्ड र बादल

शहीद परिवारको घरमा प्रचण्ड र बादल

बेनी । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री...   
यसकारण बर्खास्तीमा परेका रहेछन्  मन्त्री सोडारी –कार्वाहीको भित्री कथा

यसकारण बर्खास्तीमा परेका रहेछन् मन्त्री सोडारी –कार्वाहीको भित्री कथा

काठमाडौं । सोमबार बिहान । मुख्यमन्त्री त्रिलोचन भट्ट एकाएक काठमाडौं आइपुगे । उनीलाई प्रधानमन्त्री...   
क्यू एण्ड यू फर्निचरले ग्राहकलाई धोका दियो

क्यू एण्ड यू फर्निचरले ग्राहकलाई धोका दियो

काठमाडौं । तपाइँले अत्यन्त आवश्यक परेको कुनै सामान अर्डर गर्नुभयो र तोकिएको समयमा लिन जाँदा त्यो अर्कैलाई...   
६ फोटोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको भाईटिका

६ फोटोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको भाईटिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट...   
अमेरिकाको पिट्सवर्गमा बन्दुकधारीद्वारा गोली प्रहार, ११ जनाको मृत्यु

अमेरिकाको पिट्सवर्गमा बन्दुकधारीद्वारा गोली प्रहार, ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान...   

मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको छः प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश...   
चितवन राइनो र बुटबल ब्लाष्टर भिड्दै

चितवन राइनो र बुटबल ब्लाष्टर भिड्दै

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो ग्याम अन्तर्गत चितवन राइनो र बुटबल...   

प्रचण्ड किन जाँदैछन् नयाँ दिल्ली ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारतको राजधानी नयाँदिल्ली...   

निर्मला हत्या प्रकरणः विष्ट र भट्टले गृहमा स्पष्टीकरण बुझाए

काठमाडौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top