Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रसियाली प्रतिपक्षी नेताको हत्या

मस्को,  रसियाली प्रतिपक्षी नेता बोरिस नेमत्सोभको शुक्रबार राती भएको हत्याको विश्वव्यापी रुपमा निन्दा र आलोचना गरिएको छ । उहाँलाई शुक्रबार राति क्रेमिलिन नजिकै हिँडिरहेको अवस्थामा गोली हानी हत्या गरिएको थियो । यस घटनाको अन्तर्राष्ट्रिय रूपमा भत्र्सना भएको छ । विश्वका नेताहरुले सो हत्याको छानबीन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग पनि गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहीसकेका ५५ वर्षीय नेमत्सेभको हत्याप्रति क्रेमलिनले भत्र्सना गरेको छ । उनि रसियाका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनका एकजना कडा आलोचक पनि हुन ।

उनिले केही दिनपछि वर्तमान सरकारका विपक्षमा एक भेलाको आयोजना गरेका थिए । सो भेलाको तयारीका साथै रसियाली जनतालाई सरकारको आलोचनाका लागि सडकमा आउन आग्रह गरिरहेका बेला उनको हत्या भएको छ ।

त्यसैले कतिपयले यस हत्यालाई सरकारसँग पनि जोडेर हेरेका छन् । उनीहरुले हत्याको जिम्मेवारी नै सरकारले लिनुपर्ने बताइरहेका छन् ।

प्रतिपक्षी दलका कार्यकर्ताहरुको यसै हप्ता हुन लागेको एक बृहत भेलाको नेतृत्व गर्ने योजनामा रहेका बेला भएको यस हत्याका कारण रसियाभर स्तब्धता देखिएको छ । हत्याराको पहिचानका लागि उच्चस्तरीय छानबीन समिति गठन गर्न सरकारलाई दबाब दिइएका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले नेमत्सोभको हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनले यसलाई क्रूर भन्दै हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन  रसिया सँग अाग्रह समेत गरेका छन् ।

त्यसैगरी विश्वका अन्य कयौं नेताले यो हत्या षडयन्त्रपूर्वक छ भन्दै यसमा सरकारले सत्यतथ्य छानबीन गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी जर्मन चान्स्लर एन्जेला मार्केलले पनि सो हत्याको निन्दा गरेकि छिन् । उनले उक्त हत्यालाई कायरतापूर्ण भन्दै हत्यामा संलग्नहरुलाई छिट्टै न्यायको कठघरामा ल्याउन आग्रह गरेकिछिन् ।

उनले यो हत्या सुनियोजित हो भन्ने कुरा निश्चित हो भन्दै यसमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनका लागि रसियाली राष्ट्रपतिले सबैलाई आश्वस्त पार्न पनि आग्रह गरेकि छिन् ।

रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले आवश्वक मात्रामा अनुसन्धान अघि बढ्ने जानकारी गराएका छन् । उनले रसियाली राष्ट्रपतिले नै अनुसन्धानका लागि विशेष पहल थालिसकेको बताएका छन् ।

राष्ट्रपति पुटिनको १५ वर्षको कार्यकालमा यसलाई एक निकै ठूलो हत्याका रूपमा लिइएको छ । यसले सन् २००६ मा क्रेमलिन विरोधी पत्रकार अन्ना पोलित्कोभ्स्कायालाई गोली हानी गरिएको हत्यालाई सम्झाएको पनि बताइएको छ ।

क्रेमलिनभन्दा केही मिटरनजिकै एक पुलमा एक युक्रेनी महिलासँग हिँडिरहेको अवस्थामा नेमत्सोभलाई गोली हानी हत्या गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

हत्या सुनियोजितः छानबीन आयोग यसैबीच सो हत्याको बारेमा अनुसन्धान सुरु भएको छ । सरकारी स्तरबाट भएको एक अनुसन्धानले उक्त हत्या सुनियोजित भएको भन्दै त्यसमा संलग्नहरु पेसेवर हत्यारा नै भएको अनुमान गरिएको छ ।

प्रारम्भिक सूचनाअनुसार बोल्सोइ मोस्कभोरेत्स्की पुलमा हिडिरहेको अवस्थामा एक गाडीबाट अज्ञात व्यक्तिले बोरिस नेमत्सोभलाई ७–८ पटक गोली हानेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

उक्त प्रतिवेदनले उहाँको हत्याका लागि आधुनिक हतियारको प्रयोग भएको र अत्यन्तै नजिकबाटै उहाँको हत्याको योजना बनाइएको देखिन आएको देखाएको छ ।

सो प्रतिवेदनअनुसार हत्याराले विपक्षी नेता नेमत्सोभलाई अत्यन्तै नजिकबाट चिनेको र उहाँको बारेमा सबै थाहा पाएरमात्र यो हत्या सम्भव भएको देखिएको बताइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता यलेना एलेक्सेयभाले नेमत्सोभलाई चार गोली लागेको जानकारी दिए । हत्या हुनुभन्दा केही घण्टाअगाडि नेमत्सोभले रसियाली जनतालाई प्रतिपक्षीले योजना गरेबमोजिमको प्रमुख भेलाका लागि सडकमा आउन आग्रह गरेका थिए ।

सो हत्याको छानबीनका लागि एक शक्तिशाली छानबीन आयोग गठन गरिएको छ । सरकारी प्रयासमा निर्मित सो आयोगले प्रारम्भिक प्रतिवेदन पनि शनिबारै सार्वजनिक गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies