Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पाकिस्तानको लज्जास्पद हार

अष्ट्रेलिया/न्युजिल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगितमा पाकिस्तानले वेस्ट इण्डिजसँग लज्जास्पद पराजय बेहोरेको छ । ३११ रन पछ्याएको पाकिस्तान १६० रनमा अलआउट हुँदा १५० रनको भारी अन्तरले पराजित भएको हो । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा वेस्ट इण्डिजका जरोमी टेलर र एन्ड्र रसलले ३/३ विकेट लिए । सम्मानजनक योगफल पछ्याउने क्रममा ब्याटिङ थालेको पाकिस्तान पहिलो ओभरदेखि नै दबाब पर्यो । पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको पाकिस्तान ३ दशमलव १ ओभरसम्म पुग्दा जम्मा एक जोड्दै चार विकेट गुमाउन गुम्यो । त्यसपछि खेलमा लड्खडाएको पाकिस्तान १६० रनभन्दा माथि जान सकेन ।
पाकिस्तान लगातार दुई खेल हार्दा एसोसियट आयरल्याण्डसँग हारेको वेस्ट इण्डिजलाई राहत
सुरुका तीन ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । अहमेद सेहजादले एक रन जोड्दा कप्तान मिसवाह उलहकले ३४ बलमा ७ रनको मात्र योगदान दिए । पाकिस्तानका तर्फबाट तीन खेलाडिले मात्र दोहोरो अकंमा रन बनाए । उमर अकमलले ५९ र सोहेव मकसुदले ५०  र सहिद अफ्रिदीले २८ रनको योगदान दिए । सम्मानजनक योगफल बनाउने क्रममा वेस्ट इण्डिज टोलीका लागि दिनेश रामदिनले ५१, लेन्डल सिमोन्सले ५० रनको योगदान दिए ।डरेन ब्राभो ४९ रनमा रिटायर्ड हर्ट भए । मारलोन सामुल्सले ३८, डरेन सामीले ३० रनको योगदान दिंदा एन्ड्र रसेलले नटआउट ४२ रन जोडेका थिए । पाकिस्तानको बलिङ पनि राम्रो हुन सकेन । उसले २३ रन अतिरिक्त दियो । ३१० रन जोड्ने क्रममा पूरै ओभर खेल्दा वेस्ट इण्डिजे ६ विकेट मात्र गुमायो । पाकिस्तानका सबै बलर महंगा सावित भए । साढे चार रनभन्दा कम बलिङ औसत पाकिस्तानी बलरको हुन सकेन । ६ देखि ८ रनको औसतमा बलिङ गरेपछि वेस्ट इण्डिजले सम्मानजनक रन बटुल्ने मौका पायो । जारी विश्वकमा एसियाली टोली पाकिस्तानको यो लगातार दोस्रो पराजय हो । यस अघि छिमेकी भारतसँग पाकिस्तान पराजित भएको थियो । विजेता राष्ट्र वेस्ट इण्डिज पनि पहिलो खेलमा एसोसियट आयरल्याण्डसँग चार विकेटले पराजित भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies