Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

नेपाललाई थप १२० मेगावाट बिजुली दिन भारत तयार

\"Nepal-india-flag-750\" काठमाडौं, १३ असार।  नेपाललाई थप १२० मेगावाट बिजुली दिन भारत तयार भएको छ । आउँदो हिउँदमा आइपर्ने लोडसेडिङ अन्त गर्न भन्दै ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइन मार्फत थप बिजुली दिन तयार रहेको भारतले बताएको हो ।

दिल्लीमा आइतवारदेखि जारी नेपाल–भारत दुईपक्षीय बैठकमा भारतीय अधिकारीहरुले नेपाललाई आउँदो हिउँदमा आउन सक्ने लोडसेडिङको समस्या समाधान गर्न थप बिजुली दिने बताएका हुन् ।

बैठकमा सहभागी एक नेपाली अधिकारीले दिएको जानकारी अनुसार भारतीय पक्षले हालको ८० मेगावाट सहित २ सय मेगावाट बिजुली दिन कुनै कठिनाई नभएको बताएको थियो ।

बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि आवश्यक संयन्त्रहरु बनाउने तथा अन्तरदेशीय प्रसारण लाइनलाई थप विस्तार गर्ने लगायतका विषयहरुमा छलफल गर्न नेपाल र भारतीय अधिकारीहरुको बैठक नयाँदिल्लीमा जारी छ ।

भारतको यस बचनप्रति नेपाली अधिकारीहरु खुसी छन् । ‘यदि २०० मेगावाट विद्युत आयात गर्न सकियो भने पनि हिउँदको समयमा आइपर्ने लोडसेडिङलाई धेरै हदसम्म अन्त गर्न सकिन्छ,’ बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले भने ।

आइतबार पहिलो दिन ज्वाइन्ट वर्किङ ग्रुपको बैठक बसेको थियो । सो बैठकमा भारतले भविश्यमा थप विजुली दिन सकिने तर त्यसका लागि नेपालले पूर्वाधारहरु बनाउनुपर्ने बताएको थियो ।

थप बिजुली आयातका लागि हाल नेपालमा रहेका प्रसारण लाइनहरुले थेग्न सक्दैनन् । त्यसका लागि थप सवस्टेसन निर्माणको आवश्यकता पर्दछ । मुजफपुर–ढल्केवर अन्तरदेशीय प्रसारण लाइनबाट ६०० मेगावाट मात्र बिजुली आयात गर्न सकिन्छ । सो प्रसारण लाइन मार्फत हाल ८० मेगावाट बिजुली नेपाल आयात भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले आगामी डिसेम्बर महिनासम्म थप सवस्टेसन निर्माणको कार्य सम्पन्न गर्ने तयारी गरिरहेको छ । सवस्टेसन निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई दिइएको छ । तर, त्यसप्रति भारत सन्तुष्ट छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE