Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काइने

\"map_afghanistan_kabul\"काठमाडौ । अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ल्याउने व्यवस्था गरेको छ ।

सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो । काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकारसम्मेलनमा श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी गराए ।

उनका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन थालेको छ । “शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छाँ”, उनले भने, “यही आउने चाहने इच्छुकलाई जहाजमै राखेर ल्याउँछौँ ।”

सहसचिवसमेत रहेका भूर्तेलले शव र घाइते तथा इच्छुक स्वदेश फर्कन चाहनेलाई फर्काउन बन्दोबस्त गर्न पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूतलाई खटाइएको जानकारी गराए । “कार्यवाहक राजदूतलाई मङ्गलबार बिहानैदेखि हामीले अफगानिस्तान खटाएका छौँ”, भूर्तेलले भने, “उहाँसँगै नै अफगानिस्तानमा रहेका नेपालीले समन्वय गरेर जहाजमा फर्कन सक्नेछन् ।”

सोमबार काबुलमा आत्मघाती बम विस्फोटनमा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो भने सातजना नेपाली घाइते भएका छन् ।

वैदशिक रोजगार विभागमा महानिर्देशक शत्रुघ्न पुडासैनीले अफगानिस्तानमा असुरक्षित भएकाले व्यक्तिगत श्रम स्वीकृत नदिएको भन्दै कतिपय बाहिरी मुलुकबाट गएका छन् भने ।

उनका ‘ग्रिन जोन’ क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र विदेशी कूटनीतिक नियोगमा सुरक्षाकर्मीका लागि मात्र पाकिस्तानस्थित नेपाली राजदूतले माग गरे मात्र श्रम स्वीकृति दिने गरेको बताए ।

उनका अनुसार अहिले संस्थागत र व्यक्तिगत गरी पाँच हजार २९१ जना श्रमस्वीकृत लिएर अफगानिस्तानमा सुरक्षाकर्मीका रुपमा काम गरेका छन् ।कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकालले अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउनेलाई कडा कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले फितलो कानुन र भारतसँगको खुला सिमानाका कारण दलालहरुले भारत, दुवई र श्रीलङ्काबाट अवैधानिक रुपमा अफगानिस्तानमा ठूलो सङ्ख्यामा नेपाली वैदेशिक रोजगारमा पठाएका छन् भने।

सरकारले अफगानिस्तानसहित ११० देशमा श्रम स्वीकृत दिने गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE