Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

नयाँ शक्तिको आम्दानी एक करोड ७६ लाख, खर्च एक करोड पाँच लाख

\"naya-shakti\"काठमाडौं । नयाँ शक्ति नेपालले आफ्नो पार्टीको आम्दानी एक करोड ७६ लाख तथा खर्च एक करोड पाँच लाख रहेको अनुमानित आय ब्यय विवरण सार्वजनिक गरेको छ । औपचारिक रुपमा पार्टी घोषणा गर्नुअघि एक दिनअघि नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले विज्ञप्ति जारी गर्दै खर्चको सो अनुमानित विवरण सार्वजनिक गरेका हुन् । एक लाख १४ हजार पाँच सय ४६ सदस्यको रेकर्ड प्राप्त भएको र सो सदस्यताबाट प्राप्त हुने रकम रु. एक करोड २० लाख २७ हजार तीन सय ३० रहेको जनाइएको छ । यस्तै, प्रतिनिधि प्रवेश शुल्क प्रतिब्यक्ति पाँच सयका दरले १५ सय जनाको गरी सात लाख ५० हजार, सचिवालय सदस्यहरुबाट रु १० हजारका दरले छ लाख ६० हजार प्राप्त हुने जनाएको छ । अन्तरिम केन्द्रीय परिषदका सदस्यहरुलाई कम्तीमा रु. पाँच हजारमा नघटाई स्वेच्छिक सहयोग गर्न अनुरोध गरिएको उल्लेख गर्दै त्यसबापत कम्तिमा रु. १० लाख उठ्ने अनुमान गरिएको प्रवक्ता देवकोटाद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ । आन्तरिक स्रोतका साथै समर्थकहरुबाट प्राप्त सहयोग रु. २५ लाख गरी बैंक खातामा रु. सात लाख २७ हजार नौ सय ९३ रुपैयाँ बचत रहेको गरी कूल एक करोड ७६ लाख ६५ हजार तीन सय २३ रुपैयाँ आम्दानी हुने जनाइएको छ । यस्तै नयाँ शक्तिले अनुमानित खर्च विवरण पनि सार्वजनिक गरेको छ । अनुमानित खर्च विवरणअनुसार प्रचार–प्रसार, प्रकाशन मा रु. ३७ लाख, पार्टी घोषणा सभा व्यवस्थापन (मञ्च लगायत सम्पूर्ण व्यवस्थापन)रु. २० लाख, छलफल सत्रको खर्च (दुई दिनको) रु. १२ लाख, प्रतिनिधिहरुलाई वसोवास सहितको व्यवस्थापन रु. १४ लाख, जनपरिचालन खर्च रु. १० लाख, विविध रु. १२ लाख गरी कूल एक करोड पाँच लाख रुपैयाँ रहेको जनाइएको छ । आइतबार औपचारिक पार्टी घोषणा कार्यक्रममा देशैभरी र प्रवासवाट समेत गरी एक लाख १४ हजार पाँच सय ४६ जनाको सदस्यता फारम प्राप्त भएको जनाइएको छ । बेलायत, कोसोभो, हंगेरी, श्रीलंका, भुटान, भारत, चीन, पाकिस्तान, वंगलादेशमा क्रियाशील राजनैतिक पार्टीहरुलाई निमन्त्रणा पठाइएकोमा जसमध्ये युरोपियन अल्टरनेटिभ, रेड पार्टी नर्वे, द अल्टरनेटिभ डेनमार्कबाट आफ्नै पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको जानकारीसहित शुभकामना पत्र प्राप्त भएको देवकोटाद्वारा विज्ञप्तिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE