Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका आ–आफ्नै रटान

\"parliament1\"काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३÷०७४ का लागि पेस गरेको नीति तथा कार्यक्रममा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले समर्थन र आलोचना गर्ने क्रम आज पनि जारी रह्यो । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने अधिकांश सदस्यले व्यक्तिगतभन्दा पनि पार्टीको अवधारणाका आधारमा आफ्ना भनाइ प्रस्तुत गरे । सरकारले आव ०७३÷७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदनसमक्ष पेस गरेको थियो । उक्त नीति तथा कार्यक्रममाथिको छलफल संसद्मा चार दिनदेखि निरन्तर चल्दै आएको छ । प्रतिपक्षका तर्फबाट बोल्ने अधिकांश सदस्यले मुलुकको आर्थिक वृद्धिदर निकै तल खस्केको, भूकम्पपीडितले राहत र सहयोग नपाएको, मधेसको समस्यालाई बेवास्ता गरिएको तथा कार्यान्वयन हुनै नसक्ने झुठो आश्वासनको पुलिन्दाका रुपमा नीति तथा कार्यक्रम आएको भनी आलोचना गर्दै गर्दै आएका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज नभएको, खाद्य पदार्थको अभाव रहेको, कालोबजारी, भ्रष्टाचार तथा अनियमितता मौलाएकामा त्यसलाई नियन्त्रण गर्न आवश्यक कदम नचालेको उनीहरुको आरोप छ । पुँजीगत खर्च कार्यान्वयन नै अहिलेको मुख्य चुनौती रहेका बेला बजेट कार्यान्वयनको क्षमता बढाउने गरी नीति तथा कार्यक्रमको घोषणा हुनुपर्नेमा यथार्थतालाई ध्यान नदिएर आएको कार्यक्रम कार्यान्वयनको सम्भावना नरहेको प्रतिपक्षीको प्रतिक्रिया थियो । शान्ति प्रक्रिया र सङ्क्रमणकालसँग जोडिएका विषयमा थप प्रष्टता आवश्यक रहेको जनाउँदै मुख्य घटक एनेकपा९माओवादी०ले भने नीति तथा कार्यक्रमको आलोचनात्मक समर्थन गरेको छ । एमाओवादी सांसदहरुले कृषि क्षेत्रको विकासका लागि आधुनिकीकरण गर्दै जमिन्दारी प्रथाको अन्त्य, रोजगारीका नाममा विदेशी जान बाध्य युवालाई स्वदेशमै रोजगारीको प्रबन्ध गर्ने कुरा नीति तथा कार्यक्रममा किन समावेश हुन सकेनन् भनी प्रश्न गरे । त्यस्तै साना राजनीतिक दलका सांसदहरुले वर्षैपिच्छे फेरिने सरकारका कारण नीति कार्यक्रम सदैव प्रचारमुखीमात्र हुने र कार्यान्वयनमा नआई असफल हुने गरेको धारणा राखे । स्थानीय निर्वाचनको पक्षमा रहेको संसद्को सबैभन्दा ठूलो दल काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दलसँग कुनै सरसल्लाह नगरी घोषणा गरेकाले तोकिएको समयमा निर्वाचन हुन नसक्ने सम्बद्ध दलका सांसदको जिकिर छ । नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएर प्रदेश संरचना कार्यान्वयनका बारेमा नीति कार्यक्रम मौन रहेको उनीहरुको टिप्पणी थियो । सत्तापक्षका सांसदहरुको भने संविधान घोषणापछि संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्दै राष्ट्रलाई एकताबद्ध बनाउने र योजना ल्याएका नीति तथा कार्यक्रमको स्वागत र समर्थनका साथ सरकारले कार्यान्वयन गरेरै देखाउने दावी छ । उनीहरुले निकै लामो समयको अन्तरालमा सरकारले मुलुकप्रतिको जिम्मेवार बोध र जनहितका कार्यक्रम घोषणा गर्न सरकार सफल भएको भनी प्रशंसा गरे । नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ । मधेसी मोर्चाको बहिष्कार जारी निर्धारित समय ठीक १० बजे सुरु भएको बैठक प्रारम्भ भएको घोषणा हुनासाथ आन्दोलनरत मधेसी मोर्चाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसको लगत्तै सभामुखले नेपाली जनता दलका सांसद हरिचर साहलाई बोल्न समय प्रदान गरिन । सांसद साहले मन्तव्यको प्रारम्भमै बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नरहेको बारे सभामुखको ध्यानाकर्ष गराउँदै मधेस आन्दोलनलाई बेवास्ता गरेको आरोप लगाए । आदिवासी, जनजाति, मधेसीको हित विपरीतको नीति तथा कार्यक्रम आफूहरुलाई मान्य हुनै नसक्ने बताउँदै आन्दोलनरत मधेसी मोर्चाले बैठक बहिष्कार घोषणा गरे । सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाली जनता दलका सांसदहरु बैठकबाट बाहिर निस्किएका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले प्रस्तुत गरेको व्यवस्थापिका–संसद्अन्तर्गतका विभिन्न समितिमा रहेका सांसदको नाम हेरफेर तथा थपघटसम्बन्धी प्रस्तावलाई सदनले सहमति जनाएको थियो । जसअनुसार सुवास नेम्वाङ विधायन समिति, तारामान गुरुङ, चीनकाजी अन्तर्राष्ट्रि सम्बन्ध तथा श्रम, सीमाकुमारी विक विधायन समितिमा रहनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending