Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नेपाल र भारतबीच सीमापार बैठक

चितवन । नेपाल र भारत बीच वन्यजन्तुको संरक्षणमा देखिएका चुनौतीका विषयमा सीमापार बैठक मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सम्पन्न भयो । बैठकमा चितवन राष्ट्रिय निकुञ्जका तर्फबाट प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र भारतका तर्फबाट वाल्मिकी टाइगर रिजर्भका फिल्ड डाइरेक्टर आर वी सिंहले दुई देशबीच वन्यजन्तुको आवतजावत, त्यसमा देखिएका समस्या एवम् समाधानका विषयमा जानकारी गराएका थिए । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष भारतको वाल्मिकी टाइगर रिजर्भसँग जोडिएका छन् । दुई देशबीचको जङ्गल इलाकामा वन्यजन्तु आवतजावत गर्ने गर्दछन् । बैठकमा वन्यजन्तुको अवैध व्यापार रोक्न र आवतजावतका बेला उनीहरुको बासस्थान संरक्षणका विषयमा छलफल भएको थियो । बैठकमा सहभागी चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार सूचनाको आदानप्रदान, गस्ती, सीमापार वन्यजन्तुको आवतजावत, बाटो लगायतका विषयमा छलफल भएको थियो । बाघ, गैँडाका अतिरिक्त गिद्धको संरक्षणका लागि दुवैतर्फ अपनाउनुपर्ने सतर्कताको विषयमा पनि छलफल गरिएको उनले बताए । घरपालुवा जनावरमा प्रयोग हुने डाइक्लोफेनेकका कारण गिद्धमा असर पर्ने भएकाले नेपालमा यो विषादीको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । भारतमा अझै यसको प्रयोग केही स्थानमा हुने गरेकाले त्यसमाथि प्रतिबन्ध लगाउन बैठकमा आग्रह गरिएको थियो । नेपालका नदीमा छाडिएका घडियाल गोहीसँगै डल्फिन भारतीय भूमिमा पुगेपछि नफर्कने समस्या छ । ती प्राणीको संरक्षण एवम् बासस्थानको विषयमा समेत बैठकमा छलफल भएको थियो । बाघ दुवै देशमा आवतजावत गरिरहने भएकाले उनीहरुको गणना दोहोरो नहोस् भन्नका लागि एकै साथ गणना गर्नुपर्ने प्रस्ताव अघि सारिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । नेपालका तर्फबाट मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयका उपनिर्देशक विष्णु पौडेलसहित चितवन र पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत, दुवै निकुञ्जका निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनका गणपति, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो, चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका जिल्लाका वन अधिकृत, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति थियो । यस्तै बैठक गत वर्ष वाल्मिकी टाइगर रिजर्भमा भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending