Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

नेपाली साहित्यको इतिहासमा अस्वीकृत जमातदेखि पर्चा साहित्य अभियानसम्म के के भएको थियो ?

केशरी अमगाईं उपन्यासकार, कथाकार, कवि तथा अनुवादक हुन् । ५० को दशकदेखि नेपाली साहित्यमा समर्पित अमगाईंले २०५६ सालमा युद्धक्षेत्र उपन्यास प्रकाशित गरे । त्यसपछि सुकेको मुढा (२०६०), सपनाको दाहसंकार (२०६८) कथासंग्रहहरु पाठकमाझ आएका छन् । वि.सं. २०५७ सालमा अमेरिकी लेखक रेमन लोटाको कृति ‘समाजवादी अर्थशास्त्र’ अनुवाद गरेका अमगाईं, इतिहास सम्बन्धि गम्भीर अध्ययन गर्ने एक अध्यतासमेत हुन् । उनका कथा ंसंग्रह, बाल कथा सङ्ग्रह, चित्रकथा सङ्ग्रह प्रशासन उन्मुख छन् । नेपाली भाषा साहित्यको क्षेत्रमा भएका विभिन्न अभियान र घुम्तिमोडहरुलाई विभिन्न कालखण्ड र अध्यायमा वर्गिकृत गरी तयार गरिएको यो सामग्री भाषा साहित्यको क्षेत्रमा समर्पित सिर्जनकर्मीहरुलाई उपयोगी हुने ठानेर प्रकाशित गरेका छौंं । इतिहासका विभिन्न समयक्रमहरु उल्लेख गर्दै जानेक्रममा सामाग्री केही लामो हुन गएकाले आगामी अंकहरुमासमेत प्रकाशित गर्दै जानेछौं । (सम्पादक) अस्वीकृत जमात (वि.सं. २०२६) वि.सं. २०२६ सालमा देखा परेको यो समूहले २०२७मा आफ्नो साहित्यिक धारणा सहित ‘मन्त्र’ पत्रिकामा आफ्ना अवधारणाहरू सार्वजनिक गरेको थियो । कविताराम, शैलेन्द्र साकार, अन्जीर प्रधान, पुष्कर लोहनी, जगदीश घिमिरे, इन्द्रराज भण्डारी, भाउपन्थी, मनु ब्राजाकी लगायत संलग्न रहेको यो जमातमा समूह भएर पनि व्यक्तिगत स्वतन्त्र विचारहरूलाई मान्यता दिनु यसको विशेषता हो । परम्परागत सामाजिक मूल्यहरूको विरोध गर्दै परम्परा, आदर्शता, बेतनभोगी वा जागिरे लेखनको विरुद्धमा आपूmलाई अलग रुपमा चिनाउने उद्देश्यले यो जमातको गठन भएको थियो । तर कविताराम बाहेकका लेखकहरूले स्वतन्त्र रुपमा आफ्ना रचनाहरू प्रस्तुत गर्न थालेपछि अस्वीकृत मान्यतामा कविताराम एक्लो अभियन्ता बन्न पुगे जो आजसम्म पनि त्यही मान्यतामा सृजनारत छन् । अमलेख (वि.सं. २०२६) पुराना मान्यताहरूको पुनर्मूल्याङ्क गर्दै नयाँ मान्यताको खोजी र युगानुकुल चेतनाप्रति संवेदनशील भई त्यसका मूल्यहरूको अभिव्यक्त गर्ने उद्देश्य राखेर अमलेखको स्थापना भएको थियो । द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, मोहन कोइराला, मदन रेग्मी, ध्रुवचन्द्र गौतम, रत्न समशेर थापा, भुवन कोइराला लगयतका स्रष्टाहरू यसमा सम्लग्न थिए । निरङ्कुस पञ्चायती व्यावस्थाका विरुद्ध लेखकीय स्वतन्त्रको वकालत गर्ने आन्तरिक उद्देश्यका साथ अभियानको नामाकरण अमलेख अर्थात स्वतन्त्रता गरेको देखिन्छ । तत्कालीन परिस्थितिका कारण साहित्यको वैचारिक पक्षसँग सम्बन्धित यो आन्दोलन औपचारिक रुपमा घोषणा हुन सकेन । पछि ‘सिउँडी’ पत्रिका मार्फत यो समूहले आफ्ना अवधारणाहरू अघि सारेको थियो । देशव्यापी रुपमा साहित्यिक जागरण, साहित्यिक शोषणबाट मुक्तिको अवधारणा सहित अगाडि आएको यो समूहको अभियान लामो समयसम्म टिक्न नसके पनि थुप्रै नयाँ लेखकहरुलाई स्थापित गराउने काम ग¥यो । द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी, विश्वम्भर चन्चल जस्ता साहित्यिक हस्तीहरू अमलेखबाट नै अगाडि आएका थिए । बुटपालिस (वि.सं. २०३१) बुटपालिस मूलतः सिर्जनात्मक अभियान भन्दा पनि तत्कालीन सरकारी साहित्यिक संस्था र प्रशासनलाई युवा लेखकहरूले दिएको चुनौति र मौन विद्रोह थियो । युवाहरूको लेखनलाई स्थापित प्रकाशन संस्था र स्थापित पत्रिकाहरूले स्थान नदिएपछि नयाँ लेखनको प्रकाशन गर्ने उद्देश्यले ‘योङ राइटर्स फ्रन्ट’ गठन गरी प्रकाशन गर्ने जमर्को गरिएको थियो । प्रकाशनको लागि पैसा जम्मा हुन नसकेपछि वैकल्पिक उपायका रुपमा युवा लेखकहरू राजधानीको विभिन्न ठाउँमा व्यानर सहित जुत्तामा पालिस लगाउने काम गर्न थाले । यसले नेपाली साहित्यको लेखनमा शैलीगत नविनता र वैचारिक बहस ल्याउन नसके पनि स्थापित प्रकाशन संस्था, सरकारी साहित्यिक संस्था र प्रशासनलाई चुनौति दिँदै असन्तुष्टि व्यक्त गर्ने र विद्रोह गर्ने काम ग¥यो । झण्डै दुई दर्जन सर्जकहरू सडकमा जुत्ता पालिस गर्न बसेको घटनाले तत्कालीन समयमा तरङ्ग पैदा गरेको थियो । यस अभियानमा शैलेन्द्र साकार, भाउपन्थी, कविताराम, मोहन घिमिरे, सन्तोष भट्टराई, काशीनाथ तमोट, आनन्द जङ्गली, तेज खरेल, विनोद रिमाल, हरि न्यौपाने, भवानी घिमिरे, प्रेम कैदी लगायत संंलग्न थिए । [caption id=\"attachment_50143\" align=\"alignleft\" width=\"150\"]\"लेखक\"              लेखक[/caption] संयुक्त उपन्यास लेखन अभियान (वि.सं. २०३२) नेपाली साहित्यमा पद्मराज मिश्र र टुकराज मिश्रले ‘रजबन्धकी (१९९६)’ मार्फत संयुक्त उपन्यास लेखन आरम्भ गरे पनि सचेतता पूर्वक अभियानकै रुपमा संयुक्त लेखनको आरम्भ २०३२ सालमा प्रकाशित ‘आकाश विभाजित छ’ उपन्यासबाट भएको हो । यसको लेखकहरुमा केदार अमात्य, ध्रुव सापकोटा, ध्रुवचन्द्र गौतम, दौलतविक्रम विष्ट, परशु प्रधान, पुष्कर लोहनी, प्रेमा शाह, मञ्जु तिवारी, शङ्कर कोइराला र शैलेन्द्र साकार रहेका छन् । यस अभियानलाई तेह्रजना लेकखहरुद्धारा लिखित ‘अवतार विघटन (२०४५), बेञ्जु शर्मा, ध्रुव सापकोटा र ध्रुवचन्द्र गौतमद्धारा लेखिएको ‘देहमुक्त (२०४४), ध्रुव सापकोटा र ध्रुवचन्द्र गौतमद्धारा लेखिएको ‘ज्यागा (२०५०)’ जस्ता उपन्यासले निरन्तरता दिएको देखिन्छ । हवाई पत्रिका साहित्यिक अभियान (वि.सं. २०३४) साहित्यिक पत्रिकाको प्रकाशनको न्युनता र वितरणको समस्यालाई चिर्न अनि लघु रचनाहरु हवाई पत्रमा छापेर देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले हवाई पत्रिका साहित्यिक अभियान शुरु भएको थियो । कम लागत र वितरणमा सहजताको कारण २०३४ देखि २०५४को बिचामा हवाई पत्रिका निकै लोकप्रीय भएको देखिन्छ । २०३४मा चौतारो हवाई पत्रिका निस्किएपछि दुई दशकमा देशभर थुप्रै हवाई पत्रिकाहरु निस्किएको देखिन्छ । दुई दशकको हवाई पत्रिकाको गतिविधिलाई अध्ययन गर्ने उद्देश्यले कृष्ण शाह यात्रीको संयोजकत्वमा २०५४ मा ‘हवाई साहित्य समूह नेपाल’ गठन भएको देखिन्छ । यस अभियानले लघु विधाका साहित्य सिर्जनामा महत्वपूर्ण योगदान पु¥याएको थियो लीलालेखन (वि.सं. २०३४) आयामेली आन्दोलनको पृष्टभूमिमा ईन्द्रबहादुर राईद्धारा दार्जलिङमा शुरु गरेको बौद्धिक बहस र फरक सिर्जना अभियान नै लीलालेखन हो । ईन्द्रबहादुर राईले ‘कठपुतलीको मन’ मा ‘लीलालेखनगत आधार’ मा लीलालेखनको बिस सूत्रीय घोषणपत्र छपाएपछि नेपाली साहित्यमा बौद्धिक छलफल, बहस र ब्याख्या सुरु भएको हो । वस्तुलाई हरेक व्यक्तिले आफ्नो अनुकुल अथ्र्याउने हुनाले सारा सत्यहरु भ्रममात्र हुन् भन्ने मान्यता राख्ने लीलालेखनमा विभिन्न पाश्चात्य सिद्धान्तको प्रभाव भेटिन्छ । मूलतः अग्रेजी साहित्यको विनिर्माण वादसँग लीलालेखनको नजिकको सम्बन्ध देखिन्छ । ईन्द्रबहादुर राईले आफ्नो लीलालेखनको प्रस्ताव सँगै कठपुतलीको मनमा गुरुप्रसाद मैनालीको कथा परालको आगोलाई विनिर्माण शैलीमा पुनर्लेखन गर्ने काम गरेका छन् । सिद्धान्त, सिर्जना र समालोचनामा विभाजित लीलालेखन नेपाली साहित्यमा पाठकसँग पाठकीय साइनो गाँस्न भन्दा पनि प्रयोगका लागि मात्र प्रयोगमा ल्याइएको रुपवादी आन्दोलन देखिन्छ । २०३४ सालमा ईन्द्रबहादुर राईद्धारा सुरु गरिएको यो अभियानमा २० वर्षपछि २०५२ सालपछि कृष्ण धराबासी र रत्नमणि नेपाल सहभागी हुन आइपुगेका छन् । टिकटमा मुक्तक अभियान (वि.सं. २०३५) कविताको पनि मुल्य हुन्छ भन्ने मान्यताका साथ टिकटमा कविता सुन्ने अभियान नै टिकटमा मुक्तक अभियान हो । यो अभियान २०३५ सालमा पोखरेली युवा साँस्कृतिक परिवारले पोखरामा सुरु गरेका हुन् । खास गरि चोटिलो मुक्तकलाई सशुल्क सुनाएर पोखरेली युवा साँस्कृतिक परिवारले कविताको सम्प्रेषणत्मक प्रभावलाई माथि पु¥याएका छन् । यो अभियानलाई निरन्तरता दिन उनीहरुले हरेक वर्ष टिकटमा मुक्तक कार्यक्रम आयोजना गर्दै आएका छन् । यस अभियानले पोखरामा मुक्तक लेखन र प्रकाशनमा निकै उत्प्रेरण दिएको थियो । अहिले देशको विभिन्न भागमा सुरु भएको टिकटमा कविता सुन्ने र सुनाउने परम्परालाई टिकटमा मुक्तक अभियान कै विकसित रुप मान्न सकिन्छ । सडक कविता क्रान्ति (वि.सं. २०३६) सडक कविता क्रान्ति वि.सं. २०३६ सालको राजनैतिक आन्दोलनले दिएको सीमित अभिव्यक्ति स्वतन्त्रताको पृष्ठभूमिमा जन्मिएको हो । यो अभियान एकातिर २०१७ सालदेखि अभिव्यक्ति स्वतन्त्रता खोजिरहेको छटपटिको उपज थियो भने अर्कोतिर कविता दुरुह, जनजीविकाको सरोकारबाट टाढा बन्दै गएको र क्लिष्ट बन्दै गएको अवस्था विरुद्ध सरल, सरस, सहज र संप्रेष्य बनाउँदै कविता र पाठक बिचको दूरीलाई घटाउने अभियान पनि थियो । २०३६ साल जेठ २७ गते काठमाडौंंको पिपलबोटबाट भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल लगायतले सुरु गरेको यो अभियान देशका विभिन्न भागमा फैलिएको थियो । देशव्यापी रुपमा फैलँदा यस अभियानमा २५० भन्दा बढी सर्जकहरु सहभागी बन्न पुगेका थिए । समालोचक सुकुम शर्माका अनुसार साहित्य जनसमूहको सरोकारको विषय, राष्ट्र उत्थानमा दायित्वबोध, कविताप्रतिको सकारात्मक प्रभाव, भाषिक सरलता र सामूहिक आवाज सडक कविता आन्दोलनको मूल देन हो । वास्तवमा प्रयोगको नाममा क्लिष्ट बन्दै गएको सन्दर्भमा यस अभियानले कवितालाई जनजीवनसँग जोड्न, कविता सरल र बोधगम्य अनि कलात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । कोलाज आन्दोलन (वि.सं. २०३७) यो आन्दोलन शैलीगत परिवर्तनका लागि भन्दा पनि आसाममा नेपाली जातिको जातीय अस्तित्व संरक्षणका लागि चलाइएको साहित्यिक अभियान थियो । वि.सं. २०३७ सालमा भारतको आसाममा बस्दै आएका नेपालीहरुलाई त्यहाँका आदिबासी भनिनेहरुले ‘विदेशी लखेट’ आन्दोलन चलाएपछि नेपाली भाषाका सर्जकहरुले कविता मार्फत त्यसको विरोध गर्दै ‘कोलाज आन्दोलन’ चलाएका थिए । अविनाश श्रेष्ठ, देवेन सापकोटा, मित्र उपमन्यु, विजय पद्मनील, अनुराग प्रधान, दिलिप ंिसंह लगायतले चलाएको यस अभियानले नेपाली जातिमाथि भएको अन्यायको विरोधमा गाउँ गाउँमा पुगेर सन्देश फैलाउने काम गरेको थियो । भोक कविता आन्दोलन (वि.सं. २०३९) भवानी प्रसाद घिमिरे र प्रकाश बुढाथोकीको सक्रियतामा झपाबाट सुरु भएको यो अभियान भारतको आसाम, सिक्किम र नेपालका केही ठाउँहरुमा विस्तार भएको थियो । भोकमरी, गरिबी, महङ्गी, नैतिक मूल्यको ह्रास, पछौटेपन जस्ता कुराहरुलाई प्रतिकात्मक रुपमा चित्रण गर्दै यही समस्यामाथि कविता लेख्ने र वाचन गर्दै हिड्ने कार्य गरेको थियो यस अभियानले । शारीरिक भोकका साथै मानसिक भोकसँग संबद्ध कुराहरु पनि चित्रण गर्र्दै मानवीय मूल्य मान्यताको संरक्षण, अहिंसा, समानता र शोषण रहित समाजको पक्षमा प्रतिवद्धता प्रस्तुत गर्नु यो अभियानको उद्देश्य रहेको थियो । यो आन्दोलनमा कृष्ण धराबासी, अमृतलाल श्रेष्ठ, राजेन्द्र परदेशी, इन्द्रकुमार श्रेष्ठ सरित, दुर्गा दाहाल, केशव आचार्य, यज्ञराज प्रसाई लगायत सहभागी थिए । यस आन्दोलनले थुप्रै युवा लेखकहरुलाई चिनाउन ठुलो सहयोग पु¥याएको थियो । तरलवाद (वि.सं. २०४०) तरलवाद फणिन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठद्धारा घोषणा गरिएको घोषित साहित्यिक अभियान हो । २०४० साल बैशाख १ गते नौ बुँदे घेषणापत्र सहित सुरु भएको यो साहित्यिक अभियान २०४६ सालमा तीर्थ श्रेष्ठ अलग भएपछि थप दुई मान्यता सहित फणिन्द्र नेपाल र विनय रावलले तरलतावादको नामबाट सञ्चालन गरेको देखिन्छ । \"ralpha\" साहित्यको गतिशीतलालाई स्वीकार गर्दै कला र जीवनको सम्बन्ध, साहित्य तरल जस्तै द्रवणशील र पारदर्शी हुनुपर्ने धारणा, नविनताको आग्रह, शाश्वत सत्यको उद्घाटन, स्वतन्त्रता र राजनैतिक निरपेक्षतामा विश्वास, मानवताको स्थापना जस्ता कुराहरू अगाडि सारेको तरलतावादी अवधारणाले साहित्य पारदर्शी हुनुपर्ने कुरामा जोड दिन्छ । तर स्पष्ट सैद्धान्तिक दिशाबोध र अन्यबाट भिन्न सृजन सामथ्र्यको कमीको कारण तरलवाद दिग्भ्रमित बनेको देखिन्छ । पर्चा साहित्य अभियान (वि.सं. २०४२) साहित्यको सामाजिकीकरण र सर्वसुलव पहुँचमा हुनु पर्ने मान्यताका साथ पर्चा साहित्य अभियान सुरु भएको हो । यस अभियानमा साहित्यका विभिन्न लघु विधालाई पर्चाको रुपमा छापेर पाठकको हात हातमा पु¥याउने काम गरिन्थ्यो । यो अभियानको सुरुवात धरानको ‘अर्को जमात’ समुहले ‘मार्गण’ नामक पर्चा छाप्न सुरु गरेपछि भएको हो । त्यस्तै झापाबाट आविष्कार र २०४३मा विप्लव ढकालको सम्पादनमा निस्किएको ‘अर्को जँघार’ यो अभियानमा सामेल हुन आइपुगेका थिए । एक रुपैयाँ मूल्य राखिएको ‘अर्को जँघार’ पाँच अङ्कसम्म निस्किएको जानकारी पाइन्छ । क्रमशः...
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending