Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

क्रियाशील सदस्यता विवादलाई तीन दिनभित्र टुङ्गो लगाउन काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता छानबिन समितिलाई तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउन र सोहीअनुसार सभापतिले निर्वाचन समितिमा पठाउन निर्देशन गरेको छ ।

\"Nepaliपार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनसम्म चलेको बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदनबारे टुङ्गो लगाउँदै सो निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

सभापति सुशील कोइरालाको सभापतित्वमा सम्पन्न बैठकमा पार्टीको आसन्न १३औँ महाधिवेशनको तयारीका साथै समसामयिक राजनीति र मधेस आन्दोलनलाई सम्बोधन गर्ने सम्बन्धमा पनि बृहत् रुपमा छलफल भएको थियो ।

क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवादमाथि नेताहरुबीच चर्को बहस भएको थियो । अधिकांश सदस्यले क्रियाशील सदस्यता वितरणको पारदर्शिता, मापदण्डका विषयमा प्रश्न उठाउँदै पुनरावलोकन गरिनुपर्ने धारणा राखेका थिए भने केही सदस्यले त्यसको बचाउ गरेका थिए ।

गत बुधबादेखि बसेको काँग्रेस केन्द्रीय समिति बैठक आज सम्पन्न भएको हो । आजको बैठकमा बोल्नेमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शशाङ्क कोइराला, एनपी साउँद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, रामकुमार चौधरी, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, कविताकुमारी सरदार वाँतर, मीनाक्षी झा, सुजाता परियार र डिल्लीराज रेग्मी, आमन्त्रित सदस्यहरु केशव सिंह, महेन्द्र शर्मा, कल्याणकुमार गुरुङ र नारायण कोइराला तथा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरु रमेश लेखक र रामकृष्ण यादवले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

बैठकमा पेस भएको प्रतिवेदनअनुसार काँग्रेसमा पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending