Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

चीनसँग इन्धन सम्झौता गर्ने सरकारको तयारी

\"kamal-thapa-1\" काठमाडौं । भारतले लामो समयदेखि नाकाबन्दी गरी संकट निम्त्याएपछि सरकारले चीनसँग इन्धन सम्झौता गर्ने तयारी गरेको छ । भारतको विकल्पमा सरकारले चीनसँग सम्झौता गर्ने तयारी गरेको हो । लामो समयको नाकाबन्दी हुँदा पनि सरकारले विकल्प खोजी नगरेको भन्दै आलोचना भइरहेको बेला सरकारले चीनसँग इन्धन सम्झौता गर्न लागेको हो । यसअघि आपूर्तिमन्त्री गणेशमान पुनले चीन भ्रमण गरेर फर्किएका थिए । उनी फर्किएपछि नेपाल आयल निगमका कर्मचारीको टोली चीन भ्रमणमा जाने भनिए पनि रोकिएको थियो । साना कर्मचारीसँग सहमति नहुने भएकाले सरकारले नै सहमति गर्ने तयारी गरेको हो । चीनसँग द्विपक्षीय सम्झौताका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । मन्त्री थापाले यही पुस ९ गतेदेखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका हुन् । चीन सरकारको निमन्त्रणामा थापाले चीनको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति मार्फत जनाएको हो । उपप्रधानमन्त्री थापा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही पुस ८ गते चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री थापाले पुस १० गते चिनियाँ विदेशमन्त्री वाङ विसँग भेटवार्ता गर्ने र सो क्रममा दुई पक्षीय हितका बारेमा छलफल हुने बताइएको छ । भ्रमणका क्रममा उनले चिनियाँ उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending