Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

युनिटीका ठग विश्वनाथलाई किन छुटाउन चाहन्छ कांग्रेस–एमाले ?

\"unityकाठमाडौं । अवैधानिक तरिकाले नेटवर्किङ ब्यवसाय सञ्चालन गर्दै आएको ‘युनिटी लाइफ इन्टरनेशनल’का सञ्चालक मध्येका एक विश्वनाथ गौतमले नख्खु कारागारको हावा खाइरहेका छन् । युनिटीका सञ्चालकहरु अध्यक्ष प्रसाद भनिने काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, भीमबहादुर गुरुङ, इन्द्र बिक, नेत्र राजबंशी, विश्वनाथ गौतम र महेन्द्र केसीलाई दोषी ठहर गरेको थियो । विश्वनाथा गौतमसहित १२ जना सञ्चालकलाई सर्वसाधारणको अर्बौ रकम ठगी गरेको भन्दै जिल्ला अदालत ललितपुरले काराबास सजायँ सुनाएको थियो । ती मध्येका विष्णु क्षेत्री र कृष्ण क्षेत्री ठगी प्रकरण मुद्दा परेपछि नै फरार थिए । यी दुई सहोदर दाजुभाइ हुन् । केही दिनअघि मात्रै कृष्ण क्षेत्रीले विष्णु क्षेत्रीको हत्या भएको भन्दै उनको नक्कली मृत फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि प्रहरीको चासो बढायो । त्यसलगत्तै उनीहरु भारतबाट पक्राउ परे । युनिटीकै सञ्चालक मध्येका विश्वनाथ भने सञ्चालक नभएको भन्दै कांग्रेस एमालेले मुद्दा फिर्ता लिन लिखित पत्र नै पठाएर दबाब दिएको छ । विश्वनाथ युनिटीका सञ्चालक नभई कर्मचारी मात्रै भएको भन्दै उनको मुद्दा फिर्ता लिन कांग्रेस एमालेले माग गरेको हो । तर महान्यायाधिवक्ताको कार्यालयले नमानेपछि गौतमको मुद्दा फिर्ता हुन सकेको छैन । विश्वनाथ विरुद्ध सुनसरी, बर्दिया, कास्की, बाग्लुङ, चितवन, पाँचथर र ललितपुरमा ठगी मुद्दा परेका छन् । ललितपुर जिल्ला अदालतमा विना इजाजत बैंक सञ्चालन गरेको, विना इजाजत वित्तीय कारोबार गरेको र राजस्व चुहावट गरेको मुद्दासमेत विश्वनाथको नाममा छ । तेह्रथुमको मोराहाङ निवासी विश्वनाथ गौतम ०६८ साल असार २१ गतेदेखि नख्खु कारागारमा छन् । ललितपुर जिल्ला अदालतले ०७० चैत १७ गते गौतममाथि ३ वर्ष कैद र १ करोडभन्दा बढीको बिगो जरिवाना तोकेको छ । जिल्ला अदालतको निर्णयविरुद्ध गौतमले गरेको पुनरावेदन भने विचाराधिन छ । गौतमले आफ्नो मुद्दा फिर्ता लिइदिन सुशील कोइरालाको प्रधानमन्त्री कार्यालयसमक्ष निवेदन दिएका थिए । उनले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा समेत निवेदन दर्ता गराएका थिए । गौतम एमालेले नेता हर्कमान तामाङका साढुँभाइ हुन् । गौतमको निवेदनपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले मुद्दा फिर्ता लिन गृहसचिवलाई पत्र पठाएका थिए । त्यस्तै, एमालेका निजी सचिवालयका तत्कालीन सचिव देवेन्द्र दाहालले पनि गृहलाई पत्र पठाएर गौतमको मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । दाहाल अहिले ओलीका राजनीतिक विज्ञ छन् । एमाले र कांग्रेसको सिफारिसपछि गृहले पनि मुद्दा फिर्ता लिइदिन पत्राचार गरे पनि गौतमको मुद्दा फिर्ता लिन नमिल्ने भन्दै महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रालयलाई जवाफ पठाएको थियो । अदालतले युनिटीका सञ्चालकहरुबाट १२ करोड ७५ लाख १५ हजार ३ सय १७ रुपैयाँ ७९ पैसा बिगो भराई पीडितलाई दिलाउन आदेश दिएको थियो । तर ठगिएका सर्वसधारणले भने आफ्नो पैसा अझै सम्म फिर्ता पाएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending