Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

इन्धन अभावले मिडिया संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण

\"FNJ\"काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभावका कारण मिडिया क्षेत्रमा समस्या परेको भन्दै सहयोगका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारसँग माग गरेको छ । भारतले गरेको नाकाबन्दीका कारण मिडिया क्षेत्र नै बन्द हुने अवस्था भएको भन्दै महासंघ काठमाडौं शाखाले ब्यवस्थापनको माग गर्दै मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई ९ बुँदे मागपत्र पेश गरेको हो । इन्धन अभावका कारण पत्रिकाहरुलाई कागज अभाव भएको, नाकाबन्दीको कारण इन्धन अभावसँगै लोडसेडिङले गर्दा थप समस्या झेल्नु परेको महासंघको ज्ञापनपत्रमा उल्लेख छ । लोककल्याणरी विज्ञापनको रकम ५ करोड ११ लाख १५ हजार अपुग भएको भन्दै सूचना विभागले सञ्चार मन्त्रालयलाई समेत ध्यानाकर्षण गराइएको सन्दर्भमा पनि आवश्यक रकम निकासा गरिदिन महासंघले अर्थमन्त्रालयको ध्यानाकर्षण गराएको छ । महासंघको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले मागप्रति आफू सकारात्मक रहेको बताएका छन् । अर्थमन्त्री पौडेलले सञ्चार माध्याम तथा पत्रकारहरुको समस्याप्रति सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त बैठक डाकेर छलफल गर्ने आश्वासन दिएको महासंघ काठमाडौं शाखाका सचिव रामकृष्ण अधिकारीले जानकारी दिए । मन्त्री पौडेलले राजनीतिक परिवर्तनदेखि विभिन्न समयमा सञ्चारमाध्यामको भूमिका महत्वपूर्ण रहेको भन्दै नयाँ संविधान जारी भएपछि मुलुकको आर्थिक विकासका लागि पनि सरकारलाई सघाउन मिडियाको भूमिका हुने बताए । पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा सरकारले नाकाबन्दीका कारण पत्रकारहरुलाई समस्या भएको भन्दै हरेक शुक्रबार पेट्रोल उपलब्ध गराउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending