Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

स्मार्ट लाइसेन्स वितरण नगर्दै डाटामा समस्या

\"Smart-Licence-Card\"काठमाडौं । सरकारले डिजिटल प्रविधिको सवारी अनुमति प्रमाणपत्र (लाइसेन्स) वितरण प्रक्रिया शुरु नगर्दै डाटामा समस्या देखिएको छ । आइतबारदेखि यातायात ब्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरण गर्ने बताए पनि कार्ड वितरण नगर्दै डाटामा समस्या देखिएको हो । डाटामा समस्या देखिएपछि तत्काल स्मार्ट लाइसेन्स वितरण प्रक्रिया रोकिएको छ । आवश्यक भौतिक पूर्वाधारबिनै नै स्मार्ट लाइसेन्स वितरण गर्न खोज्दा समस्य उत्पन्न भएको विभागले जनाएको छ । तर ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगर्दा स्मार्ट लाइसेन्स वितरण रोकिएको हो । ठेकेदार कम्पनीले तथ्यांक भण्डारणका लागि आवश्यक सर्भर, डाटा अपडेट लगायतको काम गरिदिने सम्झौता विभागले गरेको थियो । तर कम्पनीले समयमै काम नगरेपछि स्मार्ट लाइसेन्स वितरण कार्य रोकिएको हो । मद्रास सेक्युरिटी प्र्रिन्टर्स प्रालिले सम्झौता लाइसेन्सको डाटा अपडेट तथा सर्भरको जिम्ममा पाएको थियो । यातायात व्यवस्था विभागले आइतबारदेखि स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी गरेको थियो । पहिलो चरणमा बाग्मती यातायातबाट स्मार्ट लाइसेन्स वितरण शुरु गर्ने र त्यसपछि अन्य अञ्चलहरुमा पनि क्रमशः लागू गर्ने विभागको योजना थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले अघिल्लो सोमबार विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स हस्तान्तरण गर्दै मंसिर २० गतेदेखि सर्वसाधारणलाई वितरण गरिने घोषणा गरेका थिए । विभागका प्रवक्ता बसन्त अधिकारीले केही प्राविधिक समस्या समाधान लगेपछि स्मार्ट लाइसेन्स वितरण प्रक्रिया शुरु गरिने बताए । अहिले देशभर २० लाख कागजी लाइसेन्स वितरण भएका छन् । कागजी लाइसेन्स पानीले भिज्ने, च्यातिने जस्ता समस्या भएकोले कागजी लाइसेन्स ३–५ वर्षभित्र हटाइ स्मार्ट कार्ड प्रयोगमा ल्याउने सरकारले तयारी गरेको छ । एसियाली विकास बैंकको १५ करोड रुपैयाँ आर्थिक सहयोगमा यातायात ब्यवस्था विभागले विद्युतीय प्रणाली (डिजिटल) अन्तर्गतको स्मार्ट लाइसेन्स वितरण गर्न लागेको हो । यो लाइसेन्सको अवधि १० वर्षको हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending