Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

सरकार रास्वपाको विधानले होइन, देशको संविधानले चल्नुपर्छ: गगन थापा

खबरडबली संवाददाता

गोरखा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार सञ्चालन पार्टीको विधानअनुसार नभई देशको संविधान र कानुनअनुसार हुनुपर्ने बताएका छन्।

मंगलबार गोरखास्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा रहेको प्रसङ्ग उल्लेख गर्दै सरकार चलाउने आधार संविधान हुनुपर्नेमा जोड दिए।

उनले भने, “रास्वपाभित्र के हुन्छ, के हुँदैन भन्ने हाम्रो सरोकारको विषय होइन। उहाँहरूले पाँच वर्ष सरकार चलाउने जिम्मेवारी पाउनुभएको छ, तर सरकार पार्टीको विधानले होइन, देशको संविधानले चल्छ।”

थापाले कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै सरकारको कामकारबाही निगरानी गर्ने जिम्मेवारी आफ्नो पार्टीको भएको स्पष्ट पारे। उनका अनुसार राम्रो काममा सहयोग गर्ने र गलत काम भए प्रश्न उठाउने काम प्रतिपक्षको हो।

उनले सार्वजनिक पदमा बसेकाहरूलाई लक्षित गर्दै सम्पत्तिको स्रोत पारदर्शी रूपमा देखाउन सक्ने साहस छ कि छैन भन्ने प्रश्नसमेत गरे।

अन्त्यमा उनले सुशासनको आवश्यकता औंल्याउँदै सरकारलाई पाँच वर्षे कार्यकालमा गरेका प्रतिबद्धता पूरा गर्न आग्रह गरे। साथै, उनले केही व्यक्तिलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणीसमेत गरेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

सरकार रास्वपाको विधानले होइन, देशको संविधानले चल्नुपर्छ: गगन थापा

गोरखा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार सञ्चालन पार्टीको विधानअनुसार नभई देशको संविधान र कानुनअनुसार हुनुपर्ने बताएका छन्। मंगलबार ...

गोरखा पेन्सन विवाद समाधानका लागि परराष्ट्रमन्त्रीद्वारा बेलायतसँग आग्रह

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता...

रास्वपा बाजुराको प्रथम अधिवेशन: सभापतिमा नवराज जैशी निर्विरोध चयन

बाजुरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। जेठ २४ गते सम्पन्न अधिवेशनले नौ सदस्यीय नयाँ क...

रास्वपा जुम्लाको सभापतिमा मक्करबहादुर भण्डारी सर्वसम्मत

जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट मक्करबहादुर भण्डारी सर्वसम्मत रूपमा...

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा गिरफ्तार

म्याग्दी। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ । लागुऔषध मुद्द...

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। लगातार विपक्षी दलहरूले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending