Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

देशभर भूमि समस्या समाधान समिति गठन, ७७ जिल्लामा परिपत्र

खबरडबली संवाददाता

काठमाडौं । सरकारले देशभरका ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाहरूमा परिपत्र जारी गर्दै समिति गठनको जानकारी गराएका हुन्।

मन्त्रीस्तरीय निर्णयअनुसार प्रत्येक जिल्लामा ७ सदस्यीय समिति रहनेछ। समितिको अध्यक्षता सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले गर्ने व्यवस्था गरिएको छ।

समितिको संरचना निम्नानुसार रहनेछ:

अध्यक्ष: प्रमुख जिल्ला अधिकारी
सदस्य: प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रको कुनै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत
सदस्य: जिल्ला समन्वय अधिकारी
सदस्य: जिल्ला सदरमुकामस्थित भूमि प्रशासन कार्यालयका प्रमुख
सदस्य: जिल्ला सदरमुकामस्थित डिभिजन वन कार्यालयका प्रमुख
सदस्य: जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि
सदस्य–सचिव: जिल्ला सदरमुकामस्थित नापी कार्यालयका प्रमुख

यसअघि गत जेठ १९ गते मन्त्रिपरिषद्को निर्णयबाट बलभद्र बास्तोलाको अध्यक्षतामा केन्द्रीय भूमि समस्या समाधान समिति गठन भइसकेको छ।

सरकारले नवगठित जिल्ला समितिहरूलाई भूमिसम्बन्धी समस्या पहिचान, तथ्य संकलन तथा समाधानका लागि आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ।

यसअघि केन्द्र र जिल्लास्तरमा भूमि समस्या समाधान आयोगमार्फत काम हुँदै आएको थियो। उक्त आयोगमा राजनीतिक नियुक्तिको अभ्यास रहँदै आएकोमा सरकारले हालै अध्यादेशमार्फत आयोग खारेज गरी नयाँ संरचनाअनुसार समिति गठन गरेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नभएका प्रमाणहरू सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देशको रूपमा प्रस्तुत गर्न खोजियो: निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहको हालैको संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको...

मन्त्रिपरिषद्का चार निर्णय: जलविद्युत् आयोजनालाई वन प्रयोग स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था व्यवस्थापन र छानबिन प्रतिवेदनसम्बन्धी चार प्रमुख निर्णय गरेको छ। बैठ...

देशभर भूमि समस्या समाधान समिति गठन, ७७ जिल्लामा परिपत्र

काठमाडौं । सरकारले देशभरका ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा स...

पुन: गृहमन्त्रीमा नियुक्त भए सुधन गुरुङ, आजै शपथ ग्रहण

काठमाडौँ, सांसद सुधन गुरुङ पुन: गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवास मा हुने त...

सुनको भाउ तोलामा २ हजार रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतित...

भो, यस्तो सुशासन चाहिँदैन” भन्नुपर्ने अवस्था आयो: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सु...

मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजे

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending