Ntc summer Offer
Khabar Dabali ८ असार २०८२ आईतवार | 22nd June, 2025 Sun
Investment bank

माओवादीकाे ध्यान सरकार ढाल्नेतिर छैन: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

दैलेख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पार्टीले ध्यान नदिएको उनले बताए । 

जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गर्नुभयो। यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ थियो ।

“बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौँ”, अध्यक्ष दाहालले भने, “तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दैआएको छु ।” तराइ मधेस जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताए । 

मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए । मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू  प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताए । 

राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ की भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताए । माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पुर्‍याएको उनले बताए । 

अध्यक्ष दाहालले भने, “जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका र जनताका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ थियो । मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने अध्यक्ष दाहालले बताए । 

दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उनले बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए । पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताए । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरुको उपस्थिति रहेको थियो । यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान सुरु भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुर्खेतमा ट्रयाक्टर दुर्घटनामा परी दुईको मृत्यु, नौ घाइते

सुर्खेत । सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । शनिबार राति चौकुने गाउँपालिका– ६, साल्मबाट पञ्चपुरी नगर...

सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु

सर्लाही । सर्लाहीको बागमतीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बागमती नगरपालिका– ११, निवासी बागलाल स्याङतानकी श्रीमती ३६ वर्षकी ...

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराजले भेटे प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री ...

इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् । “हामी इरानसँग कुरा गर्ने...

काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । काठेखोला गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार गाउँपाल...

टाइम्स बास्केटबल लिग च्याम्पियन

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रम...

पशुपतिकाे शव जलाउने बिद्युतीय मेसिनमा पनि भ्रष्टाचार

पशुपति विकास कोषका सदस्यसचिवसहित १७ जनाविरुद्ध मुद्दा

ताप्लेजुङमा सिरिजङ्घाको बजेट ५८ करोड ७५ लाख

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरक...

रुपा गाउँपालिकामा असार महिनामै ८० प्रतिशत खर्च

पाेखरा । आर्थिक वर्षको चौथो त्रैमासिक र अझ असार महिनामै तीन तहकै सरकारले ठुलो मात्रामा बजेट खर्च गर्छन् ।  वर्षको अन्तिममा हतारहतार काम र भुक्तानी ...

ढोरपाटन जिप दुर्घटना अपडेट: मृतकको सङ्ख्या पाँच पुग्यो

बागलुङ । बागलुङको ढोरपाटनमा गत शुक्रवार (जेठ २) भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ ।  दुर्घटनामा परी घाइते हुनुभएकी ढोरप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending