काठमाडाैं । ४ वर्षअघि ठेडुल्कोबाट उद्धार गरिएका टंक न्यौपानेको अवस्था पुन उस्तै भएकाे छ । २०७६ सालमा बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिया युवा टंकलाई मानसिक सन्तुलन गुमाएको भन्दै ठेडुल्कोमा राखिएको थियो ।
उनलाई उद्धार गरि भक्तपुर स्थित मानव कल्याण आश्रममा पुर्याई करिव ८ महिना संरक्षण सहित उपचार पछी सुधार भएर घर फर्किएका थिए । त्यहाँबाट घर फर्किएका टंकले घरमा पुरानै लयमा काममा सघाउने, २/४ पैसा जोहो गरि घरखर्च चलाउन सघाउने समेत गरे पनि केही दिन अघि देखि उपचार औषधी नपाएर उनले पुन सन्तुलन गुमाएपछी उनले आफ्नै बाबुलाई चिर्पट प्रहार गरेर घाईते बनाए ।
त्यस लगत्तै उनलाई गाँउलेहरुको सहयोगमा पुन ठेडुल्कोमा राखिएको छ । गरिव घर परिवारका उनी उपचार अभावमा यतिवेला पशु भन्दा बढी निरिह जीवन जिउन बाध्य भएका छन् । बाबुलाई हिर्काएपछी गाउँघरमै आतंक बढेकोले ठेडुल्कोमा हाल्नु गरेको स्थानीयहरु बताउँछन् ।
काठको जीर्ण चौकी त्यसमाथी २० इन्चीको जत्तीको करिव एक मिटर लामो काठमा दुईवटा फलाम ठोकेर त्यसैभित्र दुई साईडमा खुट्टा नेल जस्तै गरि बलियो गरि ठेडुल्को बनाईएको छ । त्यसैमा उनी कैदीभन्दा कष्टकर दैनिकी विताईरहेका छन् ।
उनकी आमा छोरालाई उपचार सहयोगका लागी काठमाण्डौ सम्म पुर्याउन सहयोग खोज्दै कहिले स्थानीय वडाहरुमा त कहिले गाउँघरका विभिन्न अगुवाहरुका घरदैलोमा विन्ती विसाउदै रुदै कराउदै भौतारिएकी छन् ।
यस्तो अवस्था भएपछी दर्पणकर्मीले उनको जीवन रक्षाका लागी यस अगाडी उनलाई संरक्षण गरेको मानव सेवा आश्रम भक्तपुरमा सम्पर्क गरेका थिए ।
आश्रमकि अध्यक्ष सुमि मावनले आफुहरुलाई टंकको अवस्था थाहा भएको तर आश्रममै आए आफुहरुले सम्पुर्ण पालन पोषण सहित उपचार गर्ने र संरक्षण गर्ने बताईन् । तर आर्थिक अवस्था कमी भएको परिवार संग काठमाण्डौ पुग्ने रकम छैन् । सार्वजनिक बसमा लैजाने अवस्था छैन् । यस अगाडी कपिलवस्तु जेसीजको एम्बुलेन्स सहयोगमा काठमाण्डौ पुर्याईएको थियो । हाल उक्त एम्बुलेन्स पनी केही खराबी आएका कारण काठमाण्डौ पुग्न नसक्ने अवस्थामा रहेको जेसीजका अध्यक्ष अमित घिमिरेले बताए ।
टंकका बाबु फेरि छोरा जाईलाग्ने डरले केही दिन देखि आफन्तको घरमा आश्रय लिईरहेका छनभने यतिवेला टंकका आमा पति संगै छोराको उपचारका लागि विभिन्न निकायसंग हार गुहार विन्ति विलौना गरेकी छन् । यसमा नगरले चासो दिनुपर्ने स्थानीयहरु बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: