काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले पत्रकारहरूसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको बताए ।
कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने उल्लेख गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको र अब त्यसको नियमनका लागि विशेष पहल गर्ने बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीको माथिल्लो तहमा केही समस्या देखिएकाले त्यसलाई सच्याएर जानुको विकल्प नभएको बताए ।
महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए । प्रधानमन्त्री ‘प्रचण्ड’ले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - १६:४४
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ...
भाद्र २८ गते, २०८१ - १६:३८
काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । जनयुद्धलाई अपमानित ग...
भाद्र २८ गते, २०८१ - १६:२१
काठमाडौँ । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्...
भाद्र २८ गते, २०८१ - १६:१४
बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि...
भाद्र २८ गते, २०८१ - १५:४६
काठमाडौं । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बर्दीया र रौतहटमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको हो । आफ्नै घर आँगनमा रहेको पानी तान्ने विद...
भाद्र २८ गते, २०८१ - १५:४१
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ । र्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका...
भाद्र २८ गते, २०८१ - १५:२०
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही बेसअघिबाट बैठक बसिरहेको छ । बैठकले पार्टीको बार्षिक कार्ययोजना...
भाद्र २८ गते, २०८१ - १५:१९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् । ...
भाद्र २८ गते, २०८१ - १४:५४
काठमाडौं । पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: