सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएको छन् ।
प्रतिनिधिसभाको बैठक आगामी आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँले आगामी बजेटबाट आश गर्ने ठाउँ नभएको बताए । सांसद विष्टले भने “जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने झैँ, यो बजेटले समस्याको समाधान गर्न सक्दैन । विद्यमान आर्थिक सङ्कट र मन्दीबाट माथि उठाउन आगामी बजेटबाट आशा गर्ने ठाउँ छैन ।”
उनले अहिलेको बजेटबाट दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताए । “दिगो विकासको लक्ष्यको वर्तमान अवस्था र मार्गचित्र सन् २०१६/२०३० ले १७ वटा मुख्य लक्ष्य प्राप्ती गर्न वार्षिक रू १७ खर्ब ७० अर्ब लगानी गर्नुपर्छ भनेको छ । वार्षिक सात प्रतिशत आर्थिक वृद्धि हुनुपर्ने बताएको छ”, सांसद विष्टले भने, “न्यून राजस्व सङ्कलन र घट्दो वैदेशिक सहायतामा रू १७ खर्ब ७० अर्ब लगानी गर्ने परिस्थिति निर्माण होला ? यसले दिगो विकासका लक्ष्य पूरा गर्ने सम्भावना देखिँदैन । यो बजेट कता हिँडिरहेको छ, स्वयंले नै बताइरहेको छ ।” उनले आगामी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताए ।
छलफलका क्रममा सांसद विष्टले अर्थतन्त्रमा देखिएको समस्याप्रति चर्चा गर्दै नेपालले ३१ वर्षदेखि अभ्यास गर्दै आएको बजारमुखी अर्थतन्त्रबारे समीक्षा एवं पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “बजारमुखि अर्थतन्त्रको अभ्यास गरेको ३१ वर्ष पुगिसकेको छ । तर जिडिपीमा ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र र देशको आर्थिक अवस्थामा समस्या नै समस्या छन् ।”
सांसद विष्टले वैदेशिक सहायता कटौती हुँदै गर्दा प्राप्त सहायताप्रतिसमेत सरकारको ध्यानाकर्षण गराए । “हामीले प्राप्त गरिरहेका वैदेशिक सहायता आवश्यकता, प्राथमिकता र राष्ट्रिय स्वार्थ अनुकूल प्राप्त भइरहेका छन कि दाताको चाहना र स्वार्थअनुसार परिचालन भइरहेका छन् ?” उनले भने । सांसद विष्टले पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापमा धेरै खर्चको व्यवस्था गरिएको भन्दै आगामी बजेटले आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८० - १४:२१
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका ...
आश्विन ११ गते, २०८० - १३:५०
काठमाडौँ । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज साप...
आश्विन ११ गते, २०८० - १३:३६
भरतपुर । पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई...
आश्विन ११ गते, २०८० - १३:२३
रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्र...
आश्विन ११ गते, २०८० - १३:०६
काठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घ...
आश्विन ११ गते, २०८० - १३:००
कोरिया । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक ...
आश्विन ११ गते, २०८० - १२:५२
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा अराजकताको संकेत देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्...
आश्विन ११ गते, २०८० - १२:२६
जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाकामा जलाउन लागिएको एक विवाहित युवतीको शव चिताबाट बरामद गरिएको छ । प्रहरीले सुनिल साहकी श्रीमती २१ व...
आश्विन ११ गते, २०८० - १२:०८
फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि स...
आश्विन ११ गते, २०८० - ११:२७
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले चितवनकी डा मान्यता थापासँग प्रगतिशील विवाह गरेका छन् । ...
प्रतिकृया लेख्नुहोस्: