Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छुः मन्त्री गिरी

खबरडबली संवाददाता

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएको छन् । 

पर्वतको कुश्मा नगरपालिका,११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन उनले नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै खालका जटिलता रहेको र अब आफूले यसको सुधारमा लाग्ने बताए । मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानमा केन्द्रित हुने स्पष्ट पारे । 

“जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्न सकिने गरी स्वास्थ्य क्षेत्रको सुधार आवश्यक छ”, उनले भने, “यसका लागि नीतिगत,  कानुनी तथा प्राविधिक विषय सच्याएर अघि बढ्नुपर्छ ।”

नेपालका ठूला अस्पतालको क्षमता विस्तार तथा ग्रामीण क्षेत्रमा रहेका अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको उपलब्धतालाई ध्यान दिइने पनि बताए। 

दक्ष जनशक्ति ग्रामीण क्षेत्रमा बस्न नचाहने समस्याले पनि गाउँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न नपाएको बताउँदै अब हरेक सरकारी चिकित्सकलाई न्यूनतम समय तोकेर दूरदराजका स्वास्थ्य संस्थामा परिचालन गरिने पनि बताउनुभयो । 

स्वास्थ्य मन्त्रालय संवेदनशिल मन्त्रालय भएको बताउँदै उनले हरेक वर्ग र समूदायका नागरिक उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे। 

उनले पहुचको आधारमा विदेशी अस्पतालमा गएर राज्यलाई व्ययभार पार्ने प्रचलन रोक्न प्रयास गर्ने बताए । नेपालमै सम्भव हुने उपचार सेवा नेपालकै अस्पतालमा लिनुपर्ने अनिवार्य गरिने बताउँदै सरकारी खर्चबाट विदेशमा उपचार गर्न जाने नीति हटाउनुपर्नेमा जोड दिए। उनले सानातिना रोगको उपचारका लागि सहरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरिने विश्वाससमेत व्यक्त गरे। 

स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य क्षेत्रका समस्या समाधान भने सहज नरहेको बताउँदै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशैभर पु¥याउने दाबी गरे । उनले स्वास्थ्य बीमामा केही समस्या देखिएको चर्चा गर्दै त्यसका लागि कतिपय प्रावधानमा पुनरावलोकन गरेर भए पनि गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताए । आगामी दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरिब जनताले स्वास्थ्य बीमामार्फत् नै सेवा लिनसक्ने व्यवस्था गरिने उनको भनाइ छ । 

उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे। प्राविधिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको रू ३२ लाखको लागतमा निर्माण भएको सूचना तथा सञ्चार प्रविधिमैत्री कक्षाको उद्घाटन गर्दै गिरीले अब गाउँ गाउँमा प्राविधिक शिक्षालाई विस्तार गर्न सरकार सक्रिय रहेकोसमेत बताए।

यस्ता खालका कक्षाले विपन्न तथा दलित समुदायका विद्यार्थीले सर्वसुलधरुपमा ज्ञान र सीप हासिल गर्न सक्ने उनको धारणा थियो । गत बुधबार गृह जिल्ला आएका मन्त्री गिरी गाउँ गाउँमा कार्यकर्ता भेटघाट तथा स्वास्थ्य संस्था निरीक्षणमा सक्रिय रहको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

जसपाले शुक्रबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त, ७ सेल अश्रुग्यास प्रहार

धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।   प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...

मोदी र गान्धीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले जारी गर्याे नोटिस

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...

क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ ...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies