काठमाडौं । कञ्जुमर आई नेपालद्वारा आयोजना गरिएको केराउ ,मरिच, छोगडा लगायतका वस्तुमा लगाईएको प्रतिवन्ध र उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । सोमवार उद्योग ,वाणिज्य श्रम तथा उपभोक्ता संवन्ध संसदीय समितिका सभापति माननीय विमल श्रीवास्तव ज्यूको प्रमुख आतिथ्यता एवं कञ्जुमर आई नेपालका अध्यक्ष श्री विमला खनालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपाने,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका साखा अधिकृत विरेन्द्र वहादुर माझी, विभिन्न उपभोक्ता अधिकार कर्मी संस्थाका प्रतिनिधि र संचार कर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले केराउ, मरिच, छोकडालगायतका वस्तुमा लगाएको प्रतिवन्ध र उपभोक्ता अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेकि थिक्इन् । संसदीय समितिका सभापति माननीय विमल श्रीवास्तवले संसदीय समितिको निर्देशनलाई सरकारमा वस्नेहरूले अपमान गरि पालना नगरेको गुनासो राख्दै स्वईच्छाचारी निर्णय गर्ने गरेको खुलासा गरेकि थिइन् ।
त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले अनुगमनका क्रममा बजारमा खाद्य स्वच्छता कायम नभएको खाद्य ऐन अनुसारको लेवल पनि नराखिएको पाईएको बताएका थिए ।
त्यसैगरी वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका विरेन्द्र वहादुर माझीले बजारमा थुप्रै विकृति र विसंगति देखा परेकाे सुनाए । उनले भने 'त्यसैले गर्दा उपभोक्ता मारमा परेका छन्'। केराउ मरिच छोकडा पैठारी समस्या समाधान गर्न यस कार्यक्रमले बाटो खुल्न सक्ने धारणा उनकाे थियोे ।
कार्यक्रममा विभिन्न संचार कर्मीहरूले आफ्नो जिज्ञासा राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कञ्जुमर आई नेपालका महासचिव रञ्जन शर्माले उपभोक्ता सरकारविहिन राज्य विहिन अवस्थामा पुगेको गुनासो राख्दै केराउ मरिच छोकडाको प्रतिवन्ध तत्काल हटनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रमको संचालन कञ्जुमर आई नेपाल काठमाडौं जिल्ला अध्यक्ष भुपराज न्यौपानेले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: