काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो ।
संसदीय टोलीले स्थलगत निरीक्षणका साथै आयोजनाका अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल र निर्माण व्यवसायी तथा प्राविधिकलाई निर्देशन दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
अनुगमनपछि राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाइका बारेमा ध्यानाकर्षण भएको र सम्बन्धित निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिएको बताए । “चीनले गरेको तयारीले हामीलाई सडक, भन्सारलगायत पूर्वाधार निर्माणलाई तीव्रता दिन दबाब परेको छ”, उनले भने, “कोरला नाकामा पूर्वाधार निर्माण र सुरक्षा उपस्थिति बढाएर नाका सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ ।”
टोलीले कोरला नाकादेखि १३ किलोमिटर नेपालतर्फ छोसेरमा रहेको सिमा सुरक्षा पोष्टलाई नाकाको नजिकै स्थानान्तरण गर्न सरकार, गृह, परराष्ट्र मन्त्रालयमा प्रस्ताव गर्ने बताए। बिहीबार जोमसोम हुँदै कोरला नाकासम्म पुगेर फर्किएको टोलीले शुक्रबार जोमसोमदेखि लेतेसम्म निर्माणाधीन सडक अवलोकन गरेको थियो ।
आयोजना प्रमुख प्रजापतिले जोमसोम–कोरला खण्डको सातमध्ये छवटा प्याकेज निर्माण सकिएको, जोमसोम–कागबेनी सडक कालोपत्रे हुन लागेको, बेनी–जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्रे अन्तिम चरणमा रहेको र तीन वटा प्याकेजको काम भइरहेको जानकारी गराएका थिए । उपसमिति सभापति देवकोटाले राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गर्ने सिलसिलामा मुस्ताङ आएको बताइन् ।
यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन ९वैकल्पिक० सडक बनाउन लागिएको छ । कालीगण्डकीले कटान गरेर यसअघि बनाइएको सडक भााँसिएर साँघुरिदा सवारी साधन आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले करिब २०० मिटर नयाँ ट्रयाक खोलेर डाइभर्सन बनाउन लागिएको हो ।
ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको दुईवटा स्काभेटरसहितका उपकरण परिचालन भएको हो । नयाँ सडक निर्माण भएपछि साँघुरो र उकालो सडकमा गाडी फसेर यात्रु घण्टौँ जाम बस्नुपर्ने समस्या हट्ने बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...
मंसिर २४ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...
मंसिर २४ गते, २०८२ - १४:१०
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...
मंसिर २४ गते, २०८२ - १४:०१
पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...
मंसिर २४ गते, २०८२ - १३:४१
पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...
मंसिर २४ गते, २०८२ - १३:३१
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...
मंसिर २४ गते, २०८२ - १३:१५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...
मंसिर २४ गते, २०८२ - १२:४३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...
मंसिर २४ गते, २०८२ - १२:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...




प्रतिकृया लेख्नुहोस्: