Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एमालेको प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम, रावलले दिए उजुरी

खबरडबली संवाददाता

काठमाडौं । सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ। विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने निर्णय स्थायी कमिटीले बिहीबार गरेको छ। स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोट मापदण्ड शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने भएको छ।

स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा भूगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुने बताए। उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने र त्यो ३३ प्रतिशत हुने जानकारी दिए। 

प्रवक्ता ज्ञवालीका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन्।‘अहिले एमालेसँग ७ लाख २१ हजार सदस्य छन्। तीमध्ये १ हजार ५ सय ३६ प्रतिनिधि १०औं महाधिवेशनका निम्ति चयन गर्नेछौं’, उनले भने।

ज्ञवालीका अनुसार ३३ प्रतिशत महिलासहित दलित, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम र पिछडिएको क्षेत्रलाई समावेशी कोटा छुट्याइएको छ। प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हरेकबाट १५ सय पार्टी सदस्यबराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् भने जिल्लाबाट एकजना दलित प्रतिनिधि अनिवार्य गरिएको छ। केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २ सय ६२ जना पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् भने प्रवासबाट २० जना छानिनेछन्।

केन्द्रमा महाधिवेशन प्रतिनीधि छनोटको मापदण्ड तय भइरहँदा सुदूरपश्चिम प्रदेश सदस्यतालाई लिएर विवाद उत्पन्न भएको छ। सुदूरपश्चिमका धेरैजसो वडा र पालिकामा अधिवेशन हुन सकेको छैन। एमाले केन्द्रीय कार्यालयले बाढीपहिरोको कारण अधिवेशन नभएको जनाए पनि त्यहाँ विवाद देखिएपछि अधिकांश वडा र पालिकाको अधिवेशन रोकिएको हो।

यसेबीच कैलालीका जिल्ला इन्चार्ज झपट रावलले पार्टी निर्देशनविपरीत नयाँ सदस्यता वितरण भएको दाबी गर्दै संगठन विभागमा उजुरी गरेका छन्। केन्द्रीय कमिटीको भदौ १० गतेको बैठकले २०७७ चैतसम्म सदस्यता प्राप्त गरेको व्यक्तिले मात्र चुन्ने–चुनिने अधिकार राख्ने निर्णय गरेकोमा त्यसविपरीत जिल्लामा बैठक नबसी नयाँ सदस्यता वितरण गर्ने, त्यस्ता सदस्यलाई पनि चुन्ने–चुनिने अधिकार दिइने भनी जिल्ला कमिटीका नाममा सर्कुलर जारी भएको उनले उजुरीमा उल्लेख गरेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending