Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पुरिए भक्तपुर सडकका खाल्डाखुल्डी

खबरडबली संवाददाता

भक्तपुर ।  जिल्लाका सडककमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएका थिए ।

उहाँको निर्देशनलगत्तै पेप्सीकोटाबाट पुरोना थिमी हँुदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको जीर्ण खडक खाल्डाखुल्डी पुर्नुका साथै यातायातका साधन ओहोरदोहोर गर्न सहज बनाएको छ । सडक मर्मतको सोमबार प्रजिअ शर्मासमेतको टोलीले अनुगमनसमेत गरेको छ ।

स्थानीयवासीको अवरोध र ढल निकासको सहज व्यवस्था नहुँदा हरेक वर्ष डुबानमा पर्ने उक्त सडकखण्ड यस वर्ष पनि वर्षामा ठूला–ठूला खाडर परेर पुरोना बाटो थिमि भएर ओहोरदोहोर गर्ने सार्वजनिक एवं निजी सवारी साधनले निकै समस्या व्यहोर्दै आएका थिए भने वर्षामा पटक–पटक दुर्घटनासमेत भएको थियो । प्रजिअ शर्माले निकोसेरा सडक मर्मत भएजस्तै विभिन्न आयोजनाले अरु सडक पनि मर्मत गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी सडक विस्तारका क्रममा खाल्डाखुल्डी भएको बालकोट सिरुटार बिरुवा सडकखण्डको सिरुटार सडक पनि मर्मत गरी खाल्डाखुल्डी पुरिएको सूर्यविनायक नगरपालिका–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । कमलविनायक खरिपाटी नगरकोट सडक भने मर्मत गरिएको छैन । पन्ध्र किलोमिटर सडक निर्माणको छ पटकसम्म म्याद थप गरे पनि अझै निर्माण सम्पन्न नभएको यो सडकखण्डमा सवारीसाधन आवतजावतमा निकै कठिनाइ भएको छ ।

एकातिर सडकमा खाल्डाखुल्डी र अर्कोतर्फ सडकको दायाँबायाँ महिनौँदेखि ग्राइबेलको थुप्रो राख्दा सवारीसाधन आहोरदोहारो गर्न निकै कठिनाइ भएको स्थानीयवासीले बताएका छन् । नगरपालिकाका अन्य भित्री सडकमा समेत दसैँ अगाडि मर्मत हुन नसक्ने भन्दै मर्मतमा अटेर गरेका छन् ।

दसँैलगत्तै सबै सडकको अनुगमन गर्ने र मर्मत नभएका सडक तिहार अगाडि नै मर्मत गर्न लगाइने प्रजिअ शर्माले बताउनुभयो । जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न उहाँले आफ्नो कार्यालयमा सरोकारवाला निकाय बोलाएर आइतबार दिउँसो निर्देशन दिएका थिए । जिल्ला जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, जिल्लाका चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जीनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ आइपुगे कतारका अमिर थानी

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  थानी चढेको विमान ३ :४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्र...

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार ...

काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षारविषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह ...

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम

काठमाडौँ । काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन ९केसीआरइ० को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अ...

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्र...

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

काठमाडौँ । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्...

कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

रुपन्देही । नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौ...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन्। नेपालले लग...

हिनताबोध नगरौँ, नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँः राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी |(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभा...

चलचित्र 'एक्टर’मा मार्फत दिलिपकि छोरीको डेब्यु, प्रदिप खड्कासँग जोडी बाधियो

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies