काठमाडौँ । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरूलाई बैठकमा बोलाएका थिए ।
बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल सहभागी थिए । झलनाथ खनाल भने भर्चुअल माध्यमबाट सहभागिता जनाएका छन् ।
समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थिति भएनन् ।
लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेकाले त्यसमा लाग्न सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताए । ‘उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी छ’, सभामुखलाई तपाईंहरुले के सुझाव दिनुभयो भन्ने पत्रकारको प्रश्नको जवाफमा भट्टराईले भने, ‘लोकतन्त्रको रक्षाका लागि लाग्नुहोस्, हाम्रो सहयोग रहन्छ, भन्यौँ । कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’
सभामुखको भनाइ उद्धृत गर्दै बाबुरामले थपे, ‘संविधानभित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्छु भन्नु भएको छ ।’ बाबुरामले अर्को चुनाव नहुँदासम्म सभामुखको पद रहने हुँदा समसामयिक विषयमा छलफलको आयोजना गर्नु स्वभाविक भएको बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न चुरेको गिटी, बालुवा निकासी गर्ने तयारी गरेकोप्रति नेताहरुले आपत्ति जनाएका छन् । यो गलत निर्णय भएकाले यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा छलफलमा जोड दिएको उनले बताए ।
दोस्रो पटक प्रतिनिधिसभा विघटन गलत र असंवैधानिक भएको भन्दै बाबुरामले यसलाई निरंकुशताको परकाष्टाको संज्ञा दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: