काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटिन प्रतिनिधिसभा (संसद) पुर्नस्थापना हुने बताएका छन् ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुर्नस्थापना हुने बताएका हुन् ।
‘अदालतले पनि अन्तत हेर्ने भनेको संविधान हेर्ने हो ।’ प्रचण्डले त्यसअघि भने, ‘५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिए, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुर्नस्थापना हुन्छ ।’
पहिलोचोटी गरिएको संसद विघटनको बेला कांग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थिए, अहिले त कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छन् । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै छौँ, अडिराख्नुभएको छ । जनमोर्चा पनि साथमा छौँ ।’
केही दिनभित्रै अदालतबाट संसद पुनस्र्थापना हुने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गरे । उनले भने, ‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ ।’
संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि प्रचण्डले सुनाए ।
त्यस्तै केपी ओली र उनीसँग सम्बद्ध विदेशी शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाई थियो । त्यसअघि प्रचण्डले भने, ‘हामीलाई एक्लो पारेर सिध्याउन खोज्नेहरु नै क्षतविक्षत पारेर सिद्धिने ठाउँमा पुगेका छन् ।’
संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजानका लागि पनि प्रचण्डले निर्देशन दिएका छन् ।
त्यस्तै अहिलेको जारी लडाईमा आफूहरुको जित हुने भन्दै उनले थपे, ‘तपाईहरु निराशा हुनुपर्ने कारण केही छैन, यो ब्याटल हामीले जित्छौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: