Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कसरी सम्भव भयो ओली र नेपालबीच भेटवार्ता ?

काठमाडौ । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो । माओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र त्यसमा नेपाल पक्षका सांसदले मत दिन सक्ने अनुमानपछि अध्यक्ष ओली उक्त समूहप्रति कडा भएका थिए । दुवै पक्षबीच समूहगतरुपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धुम्रबाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिनको अघिल्लो दिन अध्यक्ष ओली र नेता नेपालबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तापछि उनीहरूले त्यहाँ उपस्थित सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिए पनि दुवै प्रफुल्लित मुद्रामा बाहिरिएका थिए । उनीहरूबीच एकाएक भएको भेटवार्ताको समाचार सङ्कलन गर्न त्यहाँ पुगेका राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यका प्रतिनिधिले आग्रह गर्दा पनि नेता नेपालले प्रतिक्रिया दिन मान्नु भएन भने सुरक्षाकर्मीको घेराका कारण प्रधानमन्त्री ओली निस्कँदा पत्रकार उनी नजिक पुग्न सकेका थिएनन् । वार्तास्थलमा नेतासँगै उक्त होटेलबाट बाहिर निस्किएका प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार मोती दुगडले शीर्ष नेताहरूको संवाद हुनु सकारात्मक भएको उल्लेख गर्दै वार्तामा भएका विस्तृत विषयबारे भने अनभिज्ञता व्यक्त गरे । उनले भने, “मुलुकको विकास र परिवर्तनका लागि त्याग र सङ्घर्ष गरेका दुवै ठूला नेताहरू राजनीतिको क्षेत्रमा परिपक्व भएकाले उहाँहरू मिल्दा देश र जनतालाई लाभ हुन्छ । उनीहरू प्रफुल्लित मुद्रामा बाहिरिनुभएको तपाईँहरूले पनि देख्नुभएको छ । यो सकारात्मक सङ्केत हो ।”

पार्टीविरोधी गतिविधि गरेको आरोपमा नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको थियो भने दुई दिनअघि उनीहरूसहित २७ जना सङ्घीय सांसदलाई प्रतिनिधिसभा सदस्यका हैसियतमा थप स्पष्टीकरण सोधिएको थियो । एमालेका ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरी कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वाको मत दिने एमालेका प्रदेश सांसद प्रकाश ज्वालासहित पाँच जनालाई पनि स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको जवाफ तयार हुँदै गरेको अवस्थामा आज अध्यक्ष ओली र नेता नेपालबीच बेग्लाबेग्लै संवाद भएपछि पार्टीमा हुने सक्ने विभाजन रोकिनसक्ने र मुलुकले राजनीतिक स्थिरता पाउन सक्नेमा नेता–कार्यकर्ता र जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको हो । विवाद बढेपछि अध्यक्ष ओलीले नेपाल पक्षसँग समूहमा वार्ता नगर्ने तर व्यक्तिगत तहमा वार्ता गर्न भने आफू तयार रहेको जनाउँदै आएका थिए भने नेता नेपालले आफू प्रधानमन्त्री ओलीको सरकारी निवासमा वार्ताका लागि नजाने र एक्लै वार्तामा नबस्ने अडान राख्दै आएका थिए । दुवै पक्षका दोस्रो तहका नेताले ‘जनताको बहुदलीय जनवाद’ को विचार र सूर्य चिह्नप्रतिको समान निष्ठा भएका नेता–कार्यकर्ताबीच व्यक्तिगत आवेगका आधारमा विभाजन हुन नहुने भएकाल वार्ताको पहल गर्दै आएका थिए । प्रधानमन्त्री ओलीसँग आजै एमालेका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले बालुवाटारमा भेटी अध्यक्ष ओलीले लचकताका साथ एकता बचाउन विशेष पहल लिनुपर्ने बताएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies