काठमाडौं । केही दिनयता दुई देशबीच तनाव चुलिएको भए पनि अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ।
तर संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ।
इरानले सो हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ।
सुलेमानी इरानमा धेरै शक्तिशाली मानिन्थे। उनलाई इरानको नीतिनिर्माताका रूपमा हेरिन्थ्यो।
उनको अन्तिम संस्कारमा दशौँ लाख इरानीहरू सहभागी भएका थिए।
इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन्।
कसिम सुलेमानीको अन्तिम संस्कारमा दशौँलाई इरानीहरू सहभागी भएका थिए । सुलेमानीसँग इराकी विद्रोही समूहका नेता पनि मारिएको र इरानसमर्थित ती समूहले पनि बदला लिने बताएका छन्।
तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आक्रमण नगर्न भनेको बताएका छन्।
अमेरिकी संसद्को तल्लो सदनमा बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ।
अमेरिकी पत्रमा के छ ?
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ुअन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानक कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्युले वार्ता गर्न तयार रहेको बताएकी छन्।
सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ।
सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ।
उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ।
इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमणलाई उचित ठहर्याएको छ।
इरानका दूत माजिद तख्तले तेहरानले युद्ध नचाहेको बताएका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: