Khabar Dabali Logo
  April 8, Wed

प्रधानमन्त्रीबाट अनिवार्य निकास हुन्छ, अहिल्यै विकल्प खोज्नु हुन्न

  • चैत ३ गते, २०७६ - १५:२१
  • Uncategorized

प्रधानमन्त्रीको स्वास्थ्य समस्या व्यक्तितग चाहनाभन्दा पनि बाध्यात्मक परिस्थितिको उपज हो । स्वास्थ्य प्रतिकुल हुँदा उहाँलाई अनावश्यक प्रेसर, टर्चर दिने काम गर्नु हुँदैन । यस्तो अवस्थामा स्वास्थ्यलाभको कामना बाहेक अरु केही पनि गर्न सकिँदैन । चिकित्सकहरुको चाहनाअनुसार उहाँलाई केही समय बेड रेष्ट गर्नु पर्ने हुन्छ । नेपालकै सरकारी अस्पतालमा उच्च व्यक्तिको, जीवनको उत्तर्राधमा दोस्रो पटक मृर्गौला प्रत्यारोपण सफल हुनु देशकै लागि गर्वको विषय पनि हो । अब उहाँको स्वास्थ्यले कति दिन्छ, त्यो अहिले नै भन्ने अवस्था छैन । यसको लागि केही समय पर्खिनुपर्ने हुन्छ । त्यसपछि उहाँले कुनै विकल्प दिनु होला । त्यसबेलासम्म उहाँको स्वास्थ्य लाभको कामना बाहेक केही पनि गर्न सकिँदैन ।

प्रचण्डलाई पार्टीको सम्पूर्ण निर्णय लिन कुनै समस्या छैन् । तर पनि कतिपय कुराहरु दुईजना अध्यक्षबीचमा छलफल र सल्लाह गरेरमात्र अगाडि बढ्ने गरिएको थिए र छन् । एकजना अध्यक्ष बिरामी भएको बेलामा अस्वभनीय तरिकाबाट निर्णय गर्दै जाँदा राम्रो म्यासेज जाँदैन । प्रधानमन्त्रीले सामान्यतया सरसल्लाह गर्ने अवस्थासम्म प्रचण्डले पनि कुरेर बस्नुभएको छ । क्याविनेटले गर्ने कतिपय निर्णयहरु प्रधानमन्त्रीको टिमबाट भइरहेको छ ।

देशमा त्यस्तो विषम परिस्थिति उत्पन्न हुने अवस्था आए त्यतिबेला कुनै विकल्प सुल्झिएला । नेकपाभित्र पनि तीन–तीन जना पूर्वप्रधानमन्त्री हुनुहुन्छ । सबै जना नेतृत्व लिन सक्षम पनि हुनुहुन्छ । पार्टीको महासचिवको जिम्मेवारी सम्हालेका नेताहरु हुनुहुन्छ । नेतृत्वको क्षमतामा कुनै समस्या छैन । प्रधानमन्त्री आफैं गम्भिर रोगको उपचारमा रहेको हुँदा पद र नेतृत्व छोड्नोस सबै काम हामी गर्छाैं भन्नु त्यति उपयुक्त हुँदैन । त्यहि कारणले पार्टीमा अलमल भएको हो । केही समयपछि निकास निस्कन्छ ।

बामदेवलाई राष्ट्रियसभा पठाउनेबारे सचिवालयले निर्णय गरेको छ । अहिले प्रधानमन्त्रीलाई तनाव दिनु ठिक हुँदैन । पार्टीभित्र समिकरण बन्नु र भत्किनु सामान्य कुरा हो । पार्टीमा विभिन्न नेतासँग बहस, छलफल भेटघाट हुनु स्वभाविक हो । जीवित पार्टीमा बहस, छलफल र आआफ्ना पक्षमा मत दायर हुनुलाई अस्वभाविक मान्नु हुँदैन ।

चैत ३ गते, २०७६ - १५:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल । बुटवल धागो कारखानाको भवनमा बनाइएको काेरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव...   
४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं । विगत ४ दिनदेखि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले...   

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक...   
चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

काठमाडाैं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर...   
लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

पृष्ठभूमि यतिबेला विश्व कोरोना भाईरस महामारिको चपेटामा परेको छ । लगभग संसारका सबै जसो मुलुकहरु कोरोनासँग...   

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top