Khabar Dabali Logo
  August 10, Mon

हामीभित्रकाे आन्तरिक मतभेदकै कारण प्रदेश राजधानी हेटौंडा पुगेकाे हाे

  • पुस २९ गते, २०७६ - १३:४३
  • Uncategorized

बिगत तीन बर्षदेखि लामो छलफल, बहसबाट आइतबार प्रदेश ३ को नाम बागमती प्रदेश र राजधानी हेटौंडा स्थायी रुपले कायम भएको छ । नाम र राजधानीको विषयमा मलगायत धेरै साथीहरुको केहि विमति भएपनि अन्ततः यस प्रदेशले निकास पाएको छ । प्रदेशसभाको दुईतिहाइ सदस्यको मत प्रकृयाबाट कायम प्रदेशको नाम र राजधानीलाई स्वीकार्नुको कुनै विकल्प छैन । लामो समयदेखिको अन्यौलता चिर्दै जे जस्तो भए पनि प्रदेशले स्थायी राजधानी र नाम पाएको छ ।

यसमा धेरै साथीहरुले प्रदेशको अधिकार क्षेत्रमाथि केन्द्रको हस्तक्षेप भयो भन्ने गुनासा रहेका छन् । हस्तक्षेप ठिक थियो या थिएन, दलीय व्हीप लाग्छ या लाग्दैन भन्ने सवाल उठेको छ । हामी दलीय व्यवस्थामा रहेपछि पार्टीको निर्देशन, सुझाव नमान्ने भन्ने हुँदैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसमेत दलीय प्रणालीबाटै आउने हो । पार्टीले नै निर्णय गर्ने हो । पार्टीको निर्णयअनुसार नै संसदको दुई तिहाइले अनुमोदन गराउने हो । दलीय व्यवस्थामा यहि नै कुरा लागु हुन्छ ।

जहाँसम्म प्रदेशको नाम र राजधानी तोक्ने सवालमा दलीय निर्देशन या ह्वीप लागु गर्न मिल्छ कि मिल्दैन भन्ने सवाल उठेको छ । विगतमा यस बिषयमा धेरै बहस, छलफल भएको थियो । सबैले आफ्नो तर्क राख्नु भएको छ । हाम्रो संस्कार नै कस्तो भयो भने शुरुवात नकारात्मक टिप्पणीबाट गर्ने प्रबृत्ति हावी रहेको छ । सकारात्मक सोचबाट काम हुँदैन । त्यसैले सबैले तर्क वितर्क गर्ने अधिकार छ । अन्ततः यी सबै प्रकृया संसदबाट नै अनुमोदन हुने हो ।

प्रदेशको राजधानी र नामको विषयमा बालुवाटार छलफलमा पनि हामीले सचिवालयको निर्णयको असहमति राखेको हो । तपाईको निर्णयले प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको छ । यो हुँदैन, राजधानी हेटौंडा हुँदैन भनेर अडान राखेको हो । यो अपायक छ, कुनै पनि हिसाबले वैज्ञानिक छैन । बहुमत सदस्य हेटौंडाको विपक्षमा थिए र छन् । प्रदेशको नाम पनि वैज्ञानिक खालको छैन् भनेर हामीले अडान राखेका थियौं । उहाँहरुले गल्ति रियलाइज गर्नुभयो । निर्णयमा पुर्नविचार नहुने तर्क राख्नुभयो । पार्टीले नै निर्णय गरेपछि हामी मान्य बाध्य भयौं ।

प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा चाडै निष्कर्षमा पुग्न पार्टीले हामीलाई पटकपटक निर्देशन दिएको थियो । सुझाव नदिएको होइन । दिएको हो । यसलाई हामीले टुंग्याउन सकेनौं । हामीबीचमा एकरुपता हुन सकेन । प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्यहरु, पार्टीका नेताहरु फरकफरक इन्ट्रेसका कारण तीन बर्षसम्म सहमति जुट्न सकेन । हामीनै मिल्न नसकेपछि पार्टीले हस्तक्षेप गरेको हो । कस्तो स्थिति बन्यो भने काभ्रेको पक्षमा पनि दुई तिहाइ पुर्याउन नसक्ने र हेटौंडाको पक्षमा पनि दुईतिहाइ पुर्याउन नसक्ने अवस्थामा मत विभाजन भयो । संघीयता कार्यान्वयन, संविधान कार्यान्वयनको शुरुको अवस्था भएकोले समयमै कार्यान्वय गर्नु पर्ने नैतिक दवावमा हामी थियौं । हामी आन्तरिक रुपमै विभाजित भएर बस्दा ५ बर्षमा समेत प्रदेशको स्थायी नाम र राजधानीको विषय टुंग्याउन नसक्ने अवस्था सिर्जना भयो । स्थायी रुपले नाम पनि नटुंगिने, राजधानी पनि नटुंगिने स्थिति पैदा भयो । अन्त्यमा केहि सिप नलागेपछि बाध्यताले पार्टीले एउटा सहजिकरण गरिदियो । पार्टीले हामीलाई कुनै लिखित निर्देशन दिएको पनि होइन । कुनै सर्कुलर जारी गरेको पनि होइन ।

जे हुनु भइसक्यो । अहिले धेरै सदस्यहरुको चित्त बुझेको छैन् । यहि नै अन्तिम हो अब सबै सकियो । हामीलाई पार्टीले स्वतन्त्रपूर्वक निर्णय गर्न दिएन भनेर कुडिँएर बस्नुभन्दा पनि यसलाई आत्मसात गरेर जानुपर्छ । संसारमा अन्य मुलुकको अभ्यास हेर्ने हो भने पनि नाम, राजधानी, सीमाङकनलगायत धेरै विषय हेरफेर भएको छ । पायक परेन भने फेर्न पनि सकिन्छ । हाम्रोमा पनि सदरमुकाम धेरै ठाउँमा सारिएको इतिहास छ । अनुपयुक्त लागेमा सार्न सकिन्छ । यसमा आपत्ति जनाउनु पर्ने केहि छैन ।

अहिले कमसेकम प्रदेशले स्थायी राजधानी र नाम पाएको छ । यसमा खुशी प्रकट गर्नुपर्छ । म आफै पनि राजधानी हेटौंडा हुँदैन भनेर अन्तिम अबस्थासम्म अडान कायम राखेकै हो । पछि पार्टीले नै हस्तक्षेप गर्यो । शुरुवातमै प्रदेशको नाम र राजधानी तोक्न नसक्दा त्यसले राम्रो सन्देश नजाने भएकोले अन्त्यमा मैले सहमति जनाएको हो । अस्थायी नै कायम रहेर हाम्रो कार्यकाल सकियो भने त्यसले पार्टीलाई ठुलो क्षति हुने स्थिति आउन सक्छ । अहिले यसैलाई मानौं पछि के कस्तो हुन्छ हेर्दै जाउँ भन्ने निष्कर्षमा हामी पुगेको हो ।

बाहिर कतै २ र ३ नं. प्रदेश टुक्राउने नियतले हेटौंडा राजधानी बनाइएको होे कि भन्ने आशंका व्यक्त गरेका छन् । त्यसमा कुनै सत्यता छैन । बेकारको बखेडा झिकेर बिषयान्तर गर्न खोजिएको छ । त्यो हुनै सक्दैन । अहिलेलाई बागमती प्रदेश र राजधानी हेटौंडा कायम भएको छ । यसलाई आत्मसात गर्नुको कुनै बिकल्प छैन ।

(जमकट्टेल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हुन्)

पुस २९ गते, २०७६ - १३:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top