Khabar Dabali Logo
  August 10, Mon

पार्टीको निर्णयले संविधान मिचियो भन्नु बच्चापन बाहेक केहि होइन

  • पुस २९ गते, २०७६ - १३:४१
  • Uncategorized

प्रदेश सभाको नामभन्दा पनि राजधानी राख्ने विषयले नेकपाभित्र पेचिलो अवस्था बनेकै हो । मुलभुतरुपमा काभ्रे र मकवानपुर कहाँ राख्ने भन्ने विषयमा चर्को बहस भएको थियो । मत विभाजित भएको सत्य हो । यस विषयमा ५ दिनसम्म बैठकमा तिब्र बहस चल्यो । आइतबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधानीको सवालमा टुंगो लगाइसेको छ । अब यसमा विवाद गर्नुको कुनै तुक छैन । राजधानी राख्न ठिक थियो थिएन भन्ने विषयमा मेरो विचारमा यो राजनीतिक निर्णय हो । आजलाई हेरेर राजधानी तोकिने होइन । भविष्यलाई हेरेर राजधानी तोकिने हो । राजधानी कायम गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमाको विषय, सुरक्षाको संवेदनशीलताको बिषय पनि जोडिएको हुन्छ । हाम्रो देशमा विभिन्न जातजाति, धर्म, संस्कृतिमा विभाजित मुलुक हो । त्यसकारण सामाजिक सन्तुलनलाई खलबलिन नदिन हामीले सोच्नु पर्ने हुन्छ । त्यसैले यी सबैलाई मध्यनजर गरी पार्टी सचिवालयले गरेको निर्णय हाम्रो संसदीय दलले स्वीकृति गरेको हो ।

संविधानले कुन विषयमा ह्वीप लगाउने, नलगाउने भन्ने बारे बोलेको छैन । जुन कुरा हाम्रो दलको विधानले बोल्छ । दलको विधानमा राष्ट्रिय एकतालाई अक्षुण राख्न ह्वीप जारी गर्न सक्ने भनेको छ । सामाजिक सद्भाव कायम राख्न ह्वीप जारी गर्नु सम्बन्धित दलको दायीत्व हो । किनभने यो प्रदेशको मात्र विषय नभई राष्ट्रिय बिषय हो ।
यस हिसाबले प्रदेशसभाका कुनै पनि सदस्य स्वतन्त्र छैन । बाहिर हामी जति स्वतन्त्रताको कुरा गछौं, दलका कार्यकर्ता र दलबाट निर्वाचित सदस्यहरु कोहि पनि स्वतन्त्र हुँदैनन् । केहि समय अघि मात्रै निर्वाचन आयोगले स्थानीय प्रतिनिधिको सवालमा दल त्याग गरेमा वा सम्बन्धित दलले स्थानिय तहका कुनै पदाधिकारीलाई कारबाही गरेमा उसको पद स्वत समाप्त हुने भनेर फैसला गरेको छ ।

हामीले अहिलेसम्म बुझेको वा अभ्यास गरेको आधारमा स्थानीय तहको हकमा कुनै दल देखिदैन भन्ने थियो । निर्वाचन आयोगले स्थानिय तहमा त दलीय हक लागु गरेको छ भने प्रदेश वा संघमा त स्वत लागु हुन्छ । यसले कुनै अन्यथा हुँदैन । सम्बन्धित दलले आफ्ना सदस्यहरु छाडा नहुन भनेर नै यो व्यवस्था गरेको हो । मेरो हकमा पनि म निर्वाचत भएको व्यक्तिगत कारणले होइन । दलको कारणले हो । व्यक्तिगत निर्वाचित भएको भए मलाई व्हीपले कुनै फरक पर्ने थिएन । मैले त्यहाँ स्वविवेक लागु गर्थें । त्यसैले हामी दलीय प्रतिनिधि हौं । दलको निर्णय मान्नुपर्छ ।

यो प्रदेशमा ६६ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् । दोस्रो समानुपातिक प्रणालीबाट आएका सदस्यहरु छन् । समानुपातिक भनेको व्यक्तिलाई दिएको भोट होइन । पार्टीलाई दिएको भोट हो । त्यहि भोटको आधारमा निर्वाचित सदस्यहरु ४४ जना रहेका छन् । ताकि उनीहरु भनेको पार्टीको खामबन्दीबाट आएका माननीय हुन् । उनीहरुलाई जनताले छानेका होइनन् । पार्टी अध्यक्षले निर्वाचन आयोगलाई नाम तोकेर प्रदेशसभा सदस्य बनाउन गरेको आग्रहको आधारमा निर्वाचन आयोगले उनीहरुलाई प्रमाणपत्र दिएको हो । पार्टीले नै सबै कुराको जोखिम लिएर निकास दिँदा संविधान उल्लंघन हुने भन्नुको अर्थ बच्पन्ना बाहेक केहि होइन ।

राजधानी र नामको विषयमा नेतृत्वले खुट्टा कमायो भन्नु गलत कुरा हो । यसका कुनै सत्यता छैन । म काठमाडौंबाट निर्वाचित सदस्य हुँ तरपनि हेटौंडाको पक्षमा उभिएको छु । काठमाडौंको २० वटा निर्वाचन क्षेत्रमध्ये १६ वटा हाम्रो पार्टीले जितेको छ । उनीहरुमध्ये एकाद बाहेक बहुसंख्यक सदस्य हेटौंडाको पक्षमा उभिएका थिए ।

मेरो नेतृत्वले बुझाएको प्रतिवेदलाई लिएर साथीहरुले बाहिर अनेकौं हल्ला फिजाए । एक बर्ष अघि दर्ता भएर पनि कुनै निर्णय भएन । छलफल गरिएन । सभामुखले प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरेनन् । दलको नेताले प्रतिवेदन कार्यान्वयन गर्न चाहेन । यस्तै हल्ला फिजाए । वास्तविक कुरा मेरो समतिले बुझाएको प्रतिवेदन एक बर्षअघि सभामुखको सचिवालयमा दर्ता गरेको हो । तर, त्यो प्रतिवेदन विधिसम्मत कतै दर्ता भएकै छैन । गत बर्ष बर्खे अधिवेशनमा राजधानी र नामको विषयमा कार्यविधि बनाएका थियौं । अस्ति भर्खर हिउँदे अधिवेशनले त्यो कार्यविधि पारित गरेको हो । त्यो कार्यविधिमा समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर त्यसलाई विधि र प्रकृयागत रुपमा टुंग्याउने भन्ने थियो । त्यसपछि सभामुखले राजधानी कहाँ राख्ने भनेर जिल्ला र स्थान खुलाएर दर्ता गर्न सभामुखले आव्हान गर्ने भन्ने थियो । त्यसको प्रस्तावक र समर्थकले संसदमा दर्ता गर्ने भन्ने थियो । त्यसैअनुसार संसदमा औपचारिकरुपले छलफल हुने हो ।

तर, यहाँ कुनै कानून, विधि प्रकृयानै नबुझि बाहिर अनेकौं हल्ला चलाइयो । साथीहरुले बिष खान तयार हुनुभयो । वास्तवमा उहाँले कानून नबुझेर यस्तो भएको हो ।
(निरौला तत्कालिन राजधानी सम्भाव्यता अध्ययन समितिका संयाेजक हुन्)

पुस २९ गते, २०७६ - १३:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top