Khabar Dabali Logo
  January 25, Sat

नेकपाभित्र बहस : प्रदेश सभा अधिकारमाथि पार्टी हस्तक्षेप ठिक कि बेठिक ?

  • पुस २९ गते, २०७६ - १३:२९

काठमाडौं । प्रदेशसभा गठन भएको झण्डै तीन बर्षपछि प्रदेश ३ ले औपचारीक रुपमा आफ्नो नाम र स्थायी राजधानी पाएको छ । आइतबार हेटौंडामा बसेको प्रदेशसभा बैठकले मतदान प्रकृयाबाट प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो ।

देशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले राखेको प्रस्तावमा नेकपा प्रमुख सचेतक रामेश्वर फुयाँल, विवेकशील साझाका रमेश पौडेल र शोभा शाक्य, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थक थिए । प्रस्तावको पक्षमा १ सय ८ मत परेको थियो भने विपक्षमा कुनै मत परेको थिएन ।

यस्तै, स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाइ बढि मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेस र राप्रपा घटकले समर्थन गरेका थिए । प्रस्तावको पक्षमा १ सय ४ मत परेको थियो भने विपक्षमा तीन मत परेको थियो । विवेकशीलका तीन सदस्यले काभ्रेको धुलीखेललाई राजधानी बनाउने प्रस्ताव गरेका थिए ।

यसअघि राजधानी सम्भाव्यता अध्ययन गर्न प्रदेश सांसद दिपक निरौलाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदनसमेत बनाएको थियो । निरौलाको संयोजकत्वमा बनेको समितिले प्रदेश सभामुखलाई बुझाए पनि प्रतिवेदनमाथि कुनै बहस भएन । समितिले बुझाएको प्रतिवेदनमाथि कुनै छलफल नभई दलहरुभित्रै प्रदेशको नाम र राजधानीको विषयमा अनेकन बहस सिर्जना भएको थियो ।

काभ्रेको पक्षमा पनि दुई तिहाइ पुर्याउन नसक्ने र हेटौंडाको पक्षमा पनि दुईतिहाइ पुर्यान नसक्ने अवस्थामा मत विभाजन भयो । संघीयता कार्यान्वयन, संविधान कार्यान्वयनको शुरुको अवस्था भएकोले समयमै कार्यान्वय गर्नु पर्ने नैतिक दवावमा हामी थियौं । हामी आन्तरिक रुपमै विभाजित भएर बस्दा ५ बर्षमा समेत प्रदेशको स्थायी नाम र राजधानीको विषय टुंग्याउन नसक्ने अवस्था सिर्जना भयो । स्थायीरुपले नाम पनि नटुंगिने, राजधानी पनि नटुंगिने स्थिति पैदा भयो । अन्त्यमा केहि सिप नलागेपछि बाध्यताले पार्टीले एउटा सहजिकरण गरिदियो ।

मुख्यत: एक सय १० सदस्य रहेको प्रदेश सभामा सत्तारुढ दल नेकपाभित्रै यस मुद्दा पेचिलो बन्दै गएको थियो । प्रदेशको नाम बागमती राख्ने सवालमा खासै अन्र्तविरोध नभएपनि स्थायी राजधानी तोक्ने सवालमा धेरै पापड बेल्नु परेको थियो ।

बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुबीच राजधानी काभ्रे वा हेटौंडा कसलाई बनाउने भन्नेमा मत विभाजन भएपछि करिब तीन बर्षसम्म प्रदेशसभा अनिर्णयको बन्दी बन्यो । सत्तारुढ दल नेकपाकै अधिकांश सदस्य हेटौंडाको विपक्षमा उभिएपछि गत पुष १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो ।

नेकपाको सो निर्णयपछि नेकपा नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाई, शालिकराम जमकट्टेल, केशव स्थापित, युवराज दुलाल लगाय अधिकांश सदस्यहरुले तिब्र असन्तुष्टि जायर गर्दै पार्टी छोड्नेसम्मको धम्की दिएका थिए । उनीहरुले प्रदेश सभाको अधिकारमाथि केन्द्रले ठाडो हस्तक्षेप गरेको भन्र्दै सो निर्णय नसच्याए पार्टीले ठुलो मुल्य चुकाउनु पर्ने धम्कि दिएका थिए । तर, बालुबाटारमा शिर्ष नेतृत्वसँग छलफल पछि नेताहरु एकाएक आफ्नो निर्णयबाट व्याक भए ।

उनीहरुलाई साथ दिएका अधिकांस सदस्यहरुले नेतामा आएको एकाएक परिवर्तनले आश्चर्यचकित भएका थिए । पार्टी नेतृत्वले गैह्रन्यायीक निर्णय गर्दा दोस्रो तहका नेता चुक्क नबोले पछि पद जोगाउनको लागि नेताहरु खुट्टा लरबराएको आरोप लगाएका थिए । यसै बिषयमा खबर डबलीको तर्फबाट बागमती प्रेदशका आन्तरिक मामिला मन्त्री एंव नेता शालिकराम जमकट्टेल, सम्भाव्य राजधानी अध्ययन समितिका संयोजक दीपक निरौला र प्रदेश सभा सदस्य हिरानाथ खतिवडासँग गणेश पाण्डेले कुराकानी गरेका थिए । जमरकट्टेल, निरौला र खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :

पुस २९ गते, २०७६ - १३:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन...   

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास...   

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका...   

सापकोटालाई गिरफ्तार गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा सर्वौच्चमा रिट

काठमाडौं । सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...   
बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो...   
सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका...   
दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गुरुङ्गलाई...   
प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

काठमाडौं । अंग्रेज दमनविरुद्ध स्वतन्त्रताका निम्ती लडेका भरिया क्रान्तिविर भगत सिंहलाई मृत्युदण्ड...   
खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

काठमाडौं । नेकपाका नेता तथा संगठन विभागका प्रमुख वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा पार्टीका अध्यक्ष...   

एमसीसीका अमिल्दा बुँदा सच्चाएर अनुमोदन गर्दा समस्या हुन्न : डा. सुर्यराज आचार्य

काठमाडौं । साझा पार्टी नेपालका प्रवक्ता एंव पूर्वाधारविद् डा. सुर्यराज आचार्यले एमसीसीका केहि अमिल्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top