Khabar Dabali Logo
  January 27, Mon

राज्यले संरक्षण गरेकै कारण मेडिकल माफियाले मनपरी गरेका हुन्

  • मंसिर १० गते, २०७६ - १७:०१
  • Uncategorized

अतिरिक्त शुल्क फिर्ता नगरेसम्म मेडिकल कलेजविरुद्ध हामीले व्यापक विरोध प्रदर्शनको कार्यक्रम जारी राख्छौं । सरकारलाई पनि व्यापक दबाब दिने हिसावले आन्दोलन चलिरहेको छ ।

राज्यले गरेको निर्णयसमेतलाई मेडिकल कलेजले ठाडै अस्वीकार गरेको छ । उनीहरुले विद्यार्थी, अविभावकलाई डर, धाक धम्की दिने काम गर्दै आएका छन् । विभिन्न तरिकाबाट ब्ल्याकमेलिङ गरेर विद्यार्थीबाट रकम असुल गरेका छन् । यो आर्थिक अपराध हो । एमबिबिएस पढ्न आउने विद्यार्थीहरु चरमरुपले ठगिएका छन् । प्रत्येक विद्यार्थीबाट सात लाखदेखि २२ लाखसम्म अतिरिक्त शुल्क असुल गरेका छन् । चितवन मेडिकल कलेजले झण्डै ५६ करोड ठगि गरेको छ । यिनिहरुले ४४ करोड फिर्ता गर्नुपर्छ । २२ करोड समायोजन गर्नु पर्छ ।

मेडिकल माफिया तथा यस क्षेत्रमा देखिएको चरम बिकृतिको अन्त्य गर्न पहिला ठगिको आरोपमा उनीहरुलाई राज्यले कारवाहि गर्नु पर्छ । मेडिकल कलेजका संचालकले जानाजानी अपराध गरेकोले तत्काल कारबाही गर्नुपर्छ । यसलाई दिर्घकालीनरुपमा समाधान गर्न राज्य बलियो ढँगले प्रस्तुत हुनु पर्छ । राज्य जति बलियो भयो यिनिहरु त्यतिनै निरुत्साहित हुन्छन् ।

मेडिकल क्षेत्रमा बिक्रृति आउनुमा राज्य र मेडिकल माफिया दुवैको मिलेमतो रहेको छ । यसमा कोहि घटि बढि छैनन् । राज्यले संरक्षण गरेरै माफियाहरु यसरी मौलाएका हुन् । यसमा कसैको पनि दुईमत छैन ।

यदि प्रधानमन्त्रीले भनेको जस्तो साँच्चै समाजवादतर्फ राज्य उन्मुख हुन खोजेको हो भने माफियालाई तत्काल कारवाही गर्नुपर्छ । र, दिर्घकालीनरुपमा शिक्षा र स्वास्थ्यलाई राज्यले निशुल्क गर्नु पर्छ । उहाँहरुले विगतमा भएका भुलहरुलाई सच्याइ जनताले महशुस गर्ने गरी समस्याको समाधान गर्नुपर्छ ।

मंसिर १० गते, २०७६ - १७:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

काठमाडौं । सि.जी.इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी.को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा...   

एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न हुँदैन् : साझा पार्टी

काठमाडौं । साझा पार्टीले एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न नहुने बताएको छ । एमसीसी सम्झौताबारे...   
युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

काठमाडौं । यूरोपेली संघका १५० भन्दा बढि सांसदले भारतीय नागरिकता संशोधन कानूनको विरोधमा प्रस्ताव...   

निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने

काठमाडौं । निर्भया हत्या मुद्दाका ४ दोषीमध्येका एक मुकेश सिंहले गरेको निवेदन भारतको सर्वौच्च अदालतले...   
इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

काठमाडौं । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी...   

कोरोना भाइरसको महामारी : ८० को मृत्यु, २५ सय हाराहारी संक्रमित

काठमाडाैं । चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । जसमध्ये हुबेई प्रान्तमा सबैभन्दा...   

२३ करोड राजस्व छलीको आरोपमा मुद्धा दायर

काठमाडौं । राजस्व अनसन्धान विभागले नक्कली र झुटा बिल तथा बिजक को आधाारमा राजस्व चुहावट गरेको भन्दै...   
के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराको बहिर्गमनसँगै लामो समय रिक्त भएको प्रतिनिधिसभाले आइतबार...   
नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको...   

एमसीसीका प्रावधान संशोधन नगरी पास गर्नु हुन्न : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top