Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वर्षात्ले सामुदायिक वनको डढेलो निभाउँदै, स्थानीयवासी खुशी

डोटी । जिल्लामा लामो समयपछि वर्षा भएको छ । वर्षा भएसँगै यहाँका सामुदायिक वनमा लागेको आगो पनि निभ्दै गएको छ । वर्षासँगै यहाँका किसान खुशी भएका हुन् ।

पानी परेसँगै खेतीबाली सप्रिने, केही दिनअघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको शिखर नगरपालिका–२ का चेतबहादुर बोगटीले बताए । उनले भने, “आगलागीले पूरै वन सखाफ भएको थियो, वातावरणीय प्रदूषण पनि खराब थियो, अहिले पानी परेपछि राम्रो हुँदै गएको छ ।”

बिहीबार, शुक्रबार तथा शनिबार लगातार तीन दिन पानी पर्दा यहाँका बाँझो जमिन खनजोत गर्न तथा मकै छर्नका लागि निकै सहज भएको किसानले बताए । डिभिजनल वन कार्यालय डोटीका अनुसार यहाँका सयौँ वन क्षेत्रमा लागेको आगो लगातार पानी पर्दा नियन्त्रणमा आउन थालेको छ । यस वर्ष गएको एक महिनाको अवधिमा जिल्लाका कम्तीमा पनि ३६० सामुदायिक तथा अन्य सरकारी वनमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए ।

डढेलोका कारण आगलागी हुँदा दर्जनौँ घरसमेत जलेका छन् । गएको असोज महिनायता पानी नपरेपछि यस वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थियो भने बर्खेखेती लगाउन पनि असर परेको किसान बताउँछन् । जिल्लामा लागेको डढेलो निभाउन नसकिँदा सयौँ हेक्टर जमिन तथा त्यहाँ उम्रिएका जडीबुटी नोक्सान भइरहेको बेला एकाएक परेको पानीले आगो नियन्त्रणमा आउन निकै सहज भएको डिभिजनल वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies