Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?

महोत्तरी । “लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भने, “खै यसपालि त निको चाल छैन ।”

गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी झर्न छाडेपछि यस भेगका आम गृहिणी विलखबन्दमा परेका छन् । खानेपानीका लागि धारा, इनार, खोल्सीको जरुवा र चापाकल स्रोत रहँदै आएका १४ वडामा विभाजित बर्दिवास नगरपालिकाका लगभग सबै क्षेत्रमा अहिले हाहाकार मच्चिएको छ । “हेर्नोस् न, जताततै ढकमक्क कमल फुलेका तलाउ हेर्दाहेर्दै सुके, अहिले त कमल फुल्ने तलाउमा कमिला पो हिँड्न थाले”, बर्दिवास–४ माईस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसरका खरमट्ट सुकेका तलाउका खाल्डा देखाउँदै त्यहीँकै बासिन्दा सोम कार्कीले बताए, “चैत मध्यपछि पानीका मुहान सुक्दै गएका हुन् ।” वन क्षेत्रभित्रको मन्दिर परिसरका तलाउ सुकेपछि वन्यजन्तु पनि खानेपानी नपाएर ठाउँ छाड्न थालेका कार्कीले बताए ।

तराईमा जेठ महिना प्रचण्ड राप र उखरमाउलो गर्मीयाम मानिन्छ । त्यतिखेर पानीको समस्या झेल्दै आइएको भए पनि लाग्दो वैशाखमै पानीको हाहाकार पर्न थाल्नु यसपालि राम्रो सङ्केत नदेखिएको यस भेगका सर्वसाधारण अड्कल काट्दैछन् । जिल्लाको बर्दिवासमात्र नभएर उत्तरी क्षेत्रका भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा पनि खानेपानीको समस्या बढ्दो छ । भङ्गाहा नगरपालिका–४ का रामनगर, प्रेमनगर र टोका बस्तीका इनार एकपछि अर्को सुक्दै गएका र तल्लो भेगका बस्तीमा खानेपानीका लागि चापाकल प्रयोग हुँदै आएका ठाउँमा पनि पानी सुकेर समस्या बढेको प्रेमनगरका जवाहर महतोले बताए ।

“यहाँ १० वर्ष पहिलेका इनार त सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न झारिने डोल डुब्न छाडेको छ”, उनले भने, “बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा समस्या प्रत्येक वर्षजसो हुने गरेको छ ।” लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुकेपछि जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका तीन नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको हो । यसपालि हिउँदे वर्षा नहुनु तथा चुरे र वरपरका नदीमा बालुढुङ्गा उत्खनन गर्नेहरुले गहिरा–गहिरा खाल्डा बनाएपछि वरपरका बस्तीमा इनार र चापाकलको पानीको सतह गहिरिँदै गएको चुरे विज्ञ भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंहको भनाइ छ ।

नयाँ वर्ष २०७८ शुरु भएयता इनार, चापाकल सुक्ने क्रम बाक्लिएको छ । रातु नदी र खोल्साखोल्सीको पानी सङ्ग्रह गरेर धाराबाट पानी वितरण गरिँदै आइएका बस्तीमा मुहान नै सुकेपछि धारामा पानी आउन कम हुँदै गएको हो । बर्दिवास नगर क्षेत्रका धेरैजसो बस्तीमा यस्तै धाराबाट खानेपानीको आपूर्ति हुँदै आएको छ । खोल्सीको जरुवा, इनार र चापाकल खानेपानीका स्रोत रहँदै आएको यस क्षेत्रमा जेठको गर्मी बढ्दै गएपछि पानी सुक्दै जाने पुरानै कुरा भए पनि यसपालि भने लाग्दो वैशाखमै मुहान सुक्दै गएका हुन् । गत चैतभरि छिटो पानी नपरेर खडेरी लागेपछि सबै सुकेका हुन् ।

बर्दिवास वरिपरिका खोल्सीबाटै खानेपानीको धारा व्यवस्थापन गर्दै आइएका बस्तीमा धाराबाट पानी झर्न छाडेर टुटीमा खिया लाग्दै गएको बर्दिवास–१२ बिजलपुरा–२ की बासिन्दा राजनीतिककर्मी प्रतिमा कोइरालाले बताए । धारा सुकेर खिया लागेसँगै बस्तीका पुराना सबै इनार सुकेपछि खानेपानीको जोहोका लागि टाढाटाढा जानु पर्न थालेको बर्दिवास–७ मनहरिपुरकी गृहिणी मुना खत्रीको गुनासो छ । आकाशे पानीको भरमा खेती गर्दै आएका जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका बासिन्दालाई यसपालि हिउँदे वर्षा नभएर खेती गर्न पाइएन भन्ने मात्र नभई अब खानेपानीकै हाहाकार भएको छ । सुक्खायाममा खेती र खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सम्बद्ध पक्ष सधैँ उदासिन रहँदै आएकाले आपूmहरुले कहिल्यै सञ्चोसँग गुजारा गर्न नपाएको यस क्षेत्रका बासिन्दा बताउँछन् ।

यता बर्दिवास, गौशाला र भङ्गाहासहितका तीनवटै नगरपालिका नेतृत्वले भने खानेपानीलाई उच्च महत्व दिँदै काम गरिँदै आइएको जनाएका छन् । प्राकृतिक कारणले पानी नपर्नु र पानीका स्रोतका मुहान सुक्दै गएसँगै तिनको मर्मतसम्भार र नयाँ इनार निर्माणका काम अघि बढाइएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले बताए । चुरे र जलाधार क्षेत्र विज्ञले भने पुराना इनार मर्मत र नयाँ निर्माण गरेर मात्र यो समस्या नटर्ने बताएका छन् । चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण तथा नदीमा हुने अनियन्त्रित दोहन नियन्त्रणको नेतृत्व स्थानीय तहले नलिएसम्म समस्या झन्झन् बढ्दै जाने चुरेविज्ञ डा सिंहको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies